scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, February 27, 2007

सर्बत्र लोकपि्रय सुन्दरबजारको दालमोठ-सन्तोष पौडेल

सुन्दरबजार, बाहिर सानो पसल, भित्रपट्टी ५/६ जना कामदारहरु काममा व्यस्त छन्‍ अनि त्यसैको आडमा कुटानी, पिसानी र भुटानीको काम हुँदैछ । भmट्ट हेर्दा घरयासी कुनै चाडपर्व जस्तो लाग्ने त्यो द ृष्य अरु केहि घरयासी कामको नभएर स्थानीय वतास दालमोठ उद्योगको हो । ठूला उद्योगको भिडमा विभिन्न उत्पादनहरु प्रतिस्पर्धाका साथ बजारमा आइरहेको अवस्थामा घरेलु उद्योगले त्यति साह्रै बजार पाउला भन्ने अनुमान सायदै कसैको थियो तर सुन्दरबजारको वतास दालमोठ उद्योगले धेरै लोकपि्रयता प्राप्त गरेको छ । अहिले लमजुङका प्राय किराना पसलमा त्यहाँको दालमोठ बढी मात्रामा विक्ने गर्दछ । हुनत बजारमा नारायण्ागढ, पोखरा र दमौलीबाट उत्पादित दालमोठ नआउने होइनन्‍ तर वतास दालमोठले बढी बजार पाएको छ । तनहूँसुरबाट व्यापारको शिलशिलामा दमौली, वेसीशहर हुँदै सुन्दरबजारमा स्थापित भएका मिनराज बतास मेहनत, पेशाप्रतिको निष्ठा र लगनशीलताकै कारण्ा आजको अवस्थामा आइपुगेको वताउँछन्‍ । बाहिरी मान्छेसँग खुलेर कुरा गर्न नचाहने उनी व्यवसायसँग सम्बन्धित यथार्थ बुभm्‍न खोज्दा अलि अन्कनाए । पत्रिकामा छापिन्छ भन्ने थाहा पाएपछि त भmन्‍ उनी अभm पछि हट्‍न खोजे । पत्रिकामा छाप्दा पैसा दिनुपर्छ भन्नेमात्र उनको मानसिकता रहेछ । शुरुमा वेसीशहरमा नमकिनको व्यापार गर्दा वतासले २० के.जी मैदा र १० ली. तेलबाट व्यापार शुरु गरेका थिए । त्यतिखेर नमकिन विद्यालयको होस्टेल र पसल पसलमा पुर्‍याउने गथर्ें तर पछि त्यसको व्यापार हुन छोडेपछि सुन्दरबजार आएर दालमोठको उद्योग शुरु गरेको उनले बताए । खासै तालिम नलिए पनि अरु कम्पनीको दालमोठ खाँदै त्यो भन्दा गुण्ास्तरको बनाउदै गरेको र यसको प्रेरण्ाा दमौलीका माइलोबुबा बाट पाएको उनी बताउँछन्‍ । सुन्दरबजारमा व्यापार शुरु गर्दा १ बोरा मैदा र २ टीन तेलबाट साधारण्ा प्रविधिले उत्पादन गरी साइकलमा पसल पसलमा गर्इ दालमोठ बेच्थे उनी । तर अहिले उनीले आधुनिक प्रविधि भित्र्‍याएर १२/१३ जना कामदारलार्इ रोजगार दिएका पनि छन्‍ । आफ्नो व्यवसायबाट पूर्ण्ा सन्तुष्ट रहेको बताउने बतास घरेलु प्रविधिका अन्य वस्तुहरु उत्पादन गनर्े चाहना रहे पनि समय दिन नसकेकोले यस्ता काम गर्न चाहनेलार्इ आफूले जानेको सिप सिकाइदिने बताउँछन्‍ । उनी भन्छन्‍('ब्यवसाय गर्न लगनशिलता र निरन्तरता चाहिं चाहिन्छ ।' दैनिक २०० के.जी दालमोठ उत्पादन र वित्रिm गर्दै आएको वतास दालमोठ उद्योगको दैनिक कच्चा पदार्थमा लगानी १० देखि ११ हजार सम्म र उत्पादित दालमोठ प्रति केजी ८० रुपैयाँसम्ममा वित्रिm हुने गर्दछ ।

No comments:

Post a Comment