बेसीशहर फागुन १३, लामो समयको प्रतिक्ष्ाा पछि अन्तत: लमजुङमा सीडीएमए टेलिफोन सञ्चालन भएको छ । अबको पाँच महिनाभित्रै लमजुङबासीले मोवाइलसमेत उपयोग गर्न पाउने भएका छन् । देशमा शान्ति स्थापना पश्चात विगतमा माओवादीले क्ष्ाति पुर्याएको उदीपुरको रिपिटर टावर मर्मत भएपछि जिल्लाका ३ सय ६० लाइन टेलिफोन सञ्चालन भएका थिए । त्यसको लगत्तै सीडीएमए टेलिफोनको काम शुरु भएको थियो । केहीदिन अघिमात्र ताकर्ु गाविस अन्तर्गतको गहतेडाँडामा बनाइएको सीडीएमए टेलिफोनको टावरको सम्पूर्ण्ा काम सकिए पछि जिल्लाका अधिकांश भागमा सीडीएमए टेलिफोन सहजै सञ्चालन हुन थालेको छ । यद्यपी टावरको काम सकिएको धेरै दिन नै भए पनि टावरलार्इ बिहीबारदेखि मात्र सत्रिmय गराइएको हो । नेपाल टेलिकम, दूरसञ्चार कार्यालय लमजुङका प्रमुख रुद्रकुमार श्रेष्ठका अनुसार अब केही दिनभित्रै सीडीएमए टेलिफोन वितरण्ा गरिनेछ । जिल्लाभर ३ सय ६० सेट सीडीएमए फोन बाँडिने छ । नगोन्मूख गाविसहरु सुन्दरबजार र भोटेओडारलार्इ प्राथामिकताका आधारमा त्रmमश: ८० र ६० सेट छुट्याइएको टेलिकमले जनाएको छ । त्यस्तै बेसीशहर
का लागि १५, उदीपुर १०, भोलर्ेटार १० र खुदी गाविसमा ५ सेट छुट्याइएको छ । अन्य गाविसहरुमा हाललार्इ १/१ सेट र टावर राम्रो देखाए पछि पुन १/१ सेट थप गरिनेछ । त्यस्तै विगतम २९ को लाइनबाट टेलिफोन सञ्चालन भएका स्थानहरुमा पनि १/१ सेट उपलब्ध गराइने बताइएको छ । टावरको क्ष्ामता ५ सय सेट धान्ने भए पनि सर्किट व्यस्त हुने हुनाले हाललार्इ क्ष्ामता अनुसार गर्न नसकिएको श्रेष्ठले बताए । टेलिकमका अनुसार हालसम्म जिल्लामा भmण्डै ३ हजार ५ सयजनाले टेलिफोनका लागि आवेदन गरेका छन् । तीमध्ये अधिकांश सदरमुकामका बासीन्दा रहेका छन् । तीमध्ये २०५२ सालसम्म आवेदन दिनेहरुलार्इ सम्भवत यही फागुनभित्र टेलिफोन वितरण्ा गरिनेछ । टेलिकमले क्ष्ामता ब ृद्धि गरी बेसीशहरमा १ हजार लार्इन पुर्याउने भएको छ ।मोवाइल सेवा साउनमा आगामी साउन महिनासम्म लमजुङभर मोवाइल सेवा पनि सञ्चालन हुने भएको छ । टेलिकमका अनुसार देशभर ३५ लाख मोवाइल सेट वितरण्ा गनर्े लक्ष्य अनुसार टेण्डर आह्वान भएको छ । उत्तm टेण्डर स्वीक ृत हुनासाथ जिल्लामा मोवाइल टावर निर्माण्ाको काम शुरु हुने बताइएको छ । देशका अधिकांश जिल्लामा मोवाइल सेवा पुगेको छ । मनाङबाहेक अन्य छिमेकी जिल्लामा मोवाइल सेवा सञ्चालित भएको अवस्थामा लमजुङमा पनि यथाशिघ्र सेवा सञ्चालन गर्नुपनर्े आवाज बेला बेलामा उठेकै हो । ढिलै भए पनि मोवाइल सेवा सञ्चालन हुने खबरले सेवाग्राहीहरु हष्ाित भएका छन् ।

No comments:
Post a Comment