scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, February 28, 2007

उदाहरण देखाइन संगीताले-अर्जुन पाण्डे

बेसीशहर फागुन १३,हाम्रो समाज पुरुष्ाप्रधान छ । सबै क्ष्ोत्रमा पुरुष्ाकै बर्चस्व छ । समाज नै पुरुष्ाप्रधान भएपछि सबैले छोरीको भन्दा छोराको चाहना गनर्े नै भए । अभm पुरुष्ाहरु भन्दा महिलाहरु नै छोरी भन्दा छोरा नै जन्मोस्‍ भन्ने चाहन्छन्‍ । तर हाम्रो समाजमा संगीता तामाङ जस्ता उदाहरण्ाीय महिला पनि छन्‍ जो छोरा हुँदा हुँदै छोरीको चाहना राख्छन्‍ । आफ्नो छोरी नजन्मेपछि उनले अरुले जन्माएकी नवजात शिशुलार्इ आफ्नी छोरीको रुपमा स्वीकार गरी अङ्गालेकी छन्‍ । संगीताको पूख्र्यौली घर वन्सार गाविसको पुरानो दुवार हो । हाल उनी बेसीशहरमा बस्दै आएकी छन्‍ । उनका श्रीमान्‍ वैदेशिक रोजगारको सिलसिलामा विदेशमा छन्‍ । छोरी जन्माउने रहर हुँदा पनि छोरा जन्मने डरले उनले परिवार नियोजनका साधन प्रयोग गरीन्‍ । दुर्इ छोराकी आमा रहेकी उनलार्इ अहिले भाग्यले छोरी दिएको छ, त्यसैले उनी आैधी खुशी छन्‍ । समाजमा धर्मपुत्र/पुत्री पाल्ने चलन पनि छ । तर संगीता त्यो अबोध बालिकालार्इ धर्मपुत्री भन्न चाहन्नन्‍ । उनी भन्छिन्‍('धर्मपुत्री हैन यो त मेरै छोरी हो । यसलार्इ हुर्काएर, उचित शिक्ष्ाा दीक्ष्ाा दिर्इ समाजमा उभिन सक्ने बनाउनु छ ।' चार महिना अघि विदेश गएका आफ्ना श्रीमान्‍लार्इ पनि उनले छोरीका बारेमा बताइसकेकी छन्‍ । जम्मा तीन हप्ताकी ती बालिकाका बाबु आमा पोखरामा सामान्य मजदुरी गरी निर्वाह गनर्े गर्छन्‍ रे । यसबारेमा संगीतालार्इ पनि राम्रो ज्ञान छैन। तर यस अघि चार छोरी जन्माइसकेका ती दम्पतिले छोराको आशमा पछिल्लो पटक फेरि जुम्ल्याहा छोरी पाएछन्‍ । तनह"ँको डुम्रे निवासी उनकी बहिनी लालीमायाकी नन्द बीबी तामाङमाफत ती नवजात बालिका उनीकहाँ आइपुगेकी रहेछिन्‍ । बच्चाका आमाबाबुको ठेगान नभए पनि आफ्नै जातको हो भन्ने उनलार्इ थाहा छ र छोरी पाएकोमा उनी खुशी छन्‍ ।

1 comment:

  1. Good Job bhanjaa,yakdamai ramro lagyo articles.....keep on writing..............


    mama
    Rajendra

    ReplyDelete