गिनिज बुकका नाम लेखाउन सफल पहिलो नेपाली खेलाडी हरिबहादुर रोकाय बेसीशहर(लमजुङ) फागुन १९ गते ( गिनिज बुकका नाम लेखाउन सफल पहिलो नेपाली खेलाडी हरिबहादुर रोकाय ११ जना साइकल प्रतियोगितसंगै पाँच जना धावकको साथमा शनिबार विहान त्यसतफ प्रस्थान गरेे । म्याराथन दौडमा जानु अघि लमजुङ आवाजसंग कुरा गर्दै उनले भनेे('गिनिज बुकमा नाम लेखाउन सफल भएँ, मलार्इ अत्यन्तै खुशी लागेको छ । आफू र आफ्नो देशको नाम राख्न म सधैं अन्तराष्टि्रय दौड प्रतियोगितामा भाग लिइरहेको हुन्थें । अहिले म ज्यादै खुशी छु, पैसा भन्दा नाम नै ठूलो हुँदो रहेछ । एभरेष्ट म्याराथनमा एेतिहासिक स्वण्र्ाीम किर्तीमान कायम गर्दै 'हाइएस्ट अल्टिच्युड म्याराथन' शिर्ष्ाकमा धावक रोकायले गिनिज बुकमा सन् २००५ को संस्करण्ामा नाम लेखाउन सफल भएका हुन । रोकायले ५ हजार २ सय १२ मीटरको उचार्इमा सोलुखुम्बु गोरख सेपबाट शुरु भएर नाम्चेबजार (३ हजार ४ सय ४४ मीटर) आएर टुंगिने एभरेष्ट रुटमा सन् १९९९ मा ३ घण्टा ५६ मिनेट १० सेकेण्डमा विश्व रेकर्ड कायम गरेका हुन् । गिनिज बुकमा नाम लेखाएको बारेमा पाँच महिना पछि मात्र नेपाली सेनाका कर्ण्ोले सविनबहादुर मल्ल माफत थाह पाएको उनले बताए । दैनिक ५(६ घण्टा बिहान बेलुका आफ्नै जन्मथलो जुम्ला बजारमा दौडको अभ्यास गनर्े ४१ बष्ािय रोकायले अन्तराष्टि्रय म्याराथनमा विभिन्न मुलुकबाट थुप्रै पदक पनि जित्नुभएको छ् । आफूले १० कक्ष्ाा मात्र पढे पनि उनका दुर्इ छोरा मध्ये जेठा एमबीबीएस पढ्दैछन् भने कान्छा तेक्वान्दोको खेलाडी हुन् । राष्टि्रय खेलाडीलार्इ सरकारले उचित सम्मान गर्न नसकेको गुनासो गर्दै रोकायले भने( 'देशको राजनीतिक अवस्था सधंंै विग्रीरहेको बेला खेल र खेलाडीतफ राज्यले उचित ध्यान दिन सत्तैmन, राजनीतिक स्थिरता भएमात्र नेपालका खेलाडी र खेलको अवस्था सुधि्रने थियो ।' सन् १९८७ नोभेम्बर २ देखि एभरेष्ट म्याराथन दौड प्रतियोगिता प्रत्येक दुर्इ/दुर्इ बर्ष्ामा हुँदै आएको छ । सन् १९९३ र १९९५ मा रोकाय प्रतियोगिताको उपविजेता भए भने १९९७, १९९९ र २००० मा उहाँ एभरेष्ट म्याराथन जिती ह्याटि्रक गरी विश्व रेकर्ड कायम गर्न सफल भए । करीब ५० राष्टि्रय तथा अन्तराष्टि्रय प्रतियोगिताहरुमा सहभागी भसकेका उनी नेपाली राष्टि्रय खेलाडीलार्इ नेपाल ओलम्पिक कमिटी र राष्टि्रय खेलकुद परिष्ाद्लगायतले उचित कदर गर्दै खेल र खेलाडीको विकास गर्न लागिपनर्ुपनर्े बताउँछन् ।
No comments:
Post a Comment