scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, March 4, 2007

अन्नपूर्ण्ा पदयात्रा मार्गमा साइकल दौड प्रतियोगिता शुरु-रामजी राना


लमजुङ बेसीशहर( विश्वकै उत्कष्ट र उच्च हिमाली भेग अन्नपूर्ण् पदयात्रा मार्गमा पर्यटन प्रवर्द्धनका लागि पहिलो पटक साइकल दौड प्रतियोगिता शुरु भएको छ । लमजुङ सदरमुकाम बेसीशहरको शेराबजारबाट शनिवार विहान ८.३० बजे शुरु भएको हो । अन्नपूर्ण् पदयात्रा मार्ग अन्तर्गतका मनाङको चामे, जोमसोम र म्याग्दीको बेनी हुँदै पोखरासम्मको ३ सय ४ कि.मीको बाटो सहभागीहरुले १० दिनमा पूरा गनर्ेछन्‍ । प्रतियोगितामा ७ नेपाली र ४ वेलायती गरी ११ जना सहभागी छन्‍ । यसबाहेक ६ जना म्याराथन धावकले समेत भाग लिएका छन्‍ । कार्यत्रmम अन्नपूर्ण् पर्यटन विकास समिति र नेपाल माउण्टेन बाइक एशोसियशनले संयुत्तm रुपमा गरेका हुन्‍ । उच्च हिमाली भेगमा साइकल दौड प्रतियोगितामा भाग लिँदै आएका खेलाडी ५३ बष्िय सोनाम गुरुङले अन्नपूर्ण्ा पोष्टलार्इ भन्नुभयो ('मैले विभिन्न मुलुकका उच्च हिमाली भागमा साइकल कुँदाउन थालेको २० बर्ष्ा भयो । अन्नपूर्ण्ा पदयात्रा मार्गमा यसअघि एक्लै १३ पटक साइकल कुँदाएको थिएँ ।' उनले नेपाल माउण्टेन बाइक एशोशियसन र वेलायतका साथीहरु प्रतियोगितामा सहभागी भएका बताउँदै भने(' बाटोको ३० प्रतिशत भागमा साइकल डोर्‍याउनुपनर्े, २० प्रतिशत भागमा बोक्नुपनर्े र बाँकी ५० प्रतिशत भागमा मात्र साइकल कुँदाउन सकिन्छ । मलार्इ लाग्छ, यो कठीन प्रतियोगितामा विदेशी खेलाडी भन्दा नेपालीहरुले जित्नेछन्‍ ।' यस अघि सोनामले अल इण्डिया, साउथ एशियाको मलेशिया, थाइल्याण्ड, सिंगापुर लगायतका विभिन्न मुलुकका उच्च हिमाली भागमा साइकल कुँदाइसकेका छन्‍ । एभरेष्ट म्याराथनमा स्वर्ण्ा इतिहास कोदर्े गिनीज बुक अफ वल्र्ड रेकर्डस्‍मा नाम लेखाउन सफल नेपालकै पहिलो खेलाडी हरिबहादुर रोकाय पनि अन्य ५ जना खेलाडीका साथ अन्नपूर्ण्ा पदयात्रा मार्गको साइकल दौड प्रतियोगितामा साथै दौडने बताउनुभयो । उहाँले भन्नुभयोे( हामी प्रतियोगिताका लागि आएका हैनौं, हाम्रो दौडमा प्रतियोगिता र पुरस्कार हुँदैन । हामी उनीहरुसंगै १० दिनमा पोखरा पुग्नेछौं । उनले सन्‍ २००५ मा हाइएस्ट म्याराथन शिर्ष्ाकमा किर्तीमानी धावक बनेर आफू र देशको नाम गिनीज बुकमा लेखाउन पाएकोमा खुशी ब्यत्तm गर्दै भन्नुभयो('मलार्इ पैसा भन्दा पनि देश र आफ्नो नाम गिनीज बुकमा लेखाउन पाएकोमा अन्त्यन्तै खुशी लागेको छ ।' साइकल दौड तथा म्याराथनमा भाग लिने १७ जना खेलाडीलार्इ हौसला तथा शुभकामना दिँदै बाजागाजा र फूलमालाका साथ उनीहरुको विदाइ गरिएको थियो । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद शर्माले प्रतियोगिताका सहभागीहरुलार्इ टीका र माला लगाइदिएपछि प्रतियोगिता शुरु भएको थियो । प्रतियोगितामा प्रथम हुनेलार्इ १ हजार र åितीय हुनेलार्इ ५ सय युरो पुरस्कार दिइने आयोजक अन्नपूर्ण्ा पर्यटन विकास समितिका महासचिव सुदर्शन प्रधानले बताउनुभयो ।

No comments:

Post a Comment