बेसीशहर, ढिलै भए पनि जिल्लाका सबै गाउँ विकास समितिहरुमा टेलिफोन सुविधा पुग्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा गत मंगलबार बसेको सर्वपक्ष्ाीय बैठकले सबै गाविसमा टेलिफोन पुर्याउन सहमति गरेको छ । जिल्लामा सीडीएमए टेलिफोन सञ्चालन भएपछि भोटेओडार र सुन्दरबजारका ब्यापारीहरुले टेलिकमको पोखरा कार्यालयमा धर्ना कसी त्रmमश: ६० र८० सेट टेलिफोन ल्याएका थिए । जिल्ला का अन्य भागका बासीन्दाले त्यसको विरोध जनाएपछि प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद शर्मा पंगेनीको अध्यक्ष्ातामा सर्वपक्ष्ाीय वैठक बसेको हो । उत्तm बैठकले आइन्दा सर्वदलीय सहमति बेगर टेलिफोन वितरण्ा नगनर्े निर्ण्ाय गरेको छ । सो वैठकले भोलर्ेटार, उदीपुर र ताकर्ु गाविसलार्इ ६ सेट, गाउँशहर, र चिती गाविसलार्इ ४/४ सेट, र अन्य गाविसको हकमा भूगोल र जनसंख्याको आधारमा कहीँ ३ र कहीँ २ सेट टेलिफोन वितरण्ा गनर्े निर्ण्ाय गरेको छ । त्यस्तै सुरक्ष्ाा निकायलार्इ ९, सञ्चारकर्मीहरुलार्इ ४, गैससलार्इ १ थान सीडीएमए फोन बाँड्ने सहमति पनि वैठकमा भएको छ ।सुन्दरबजारमा ब्यापक विरोधसुन्दरबजारमा ८० लार्इन सीडीएमए फोन ल्याइए पनि त्यहाँ यस विष्ायमा चर्को विरोध उठेको छ । त्यहाँका व्यापारीहरुले सवै क्ष्ोत्र, वर्ग र संघसंस्थाहरुलार्इ पनि टेलिफोन उपलब्ध गराइने भनेपनि भने अनुसार नभएको भनि विरोध भएको हो । व्यापारीहरुले आफूखुशी फोन ल्याएपनि गाउँ विकास समितिको कार्यालयले भने टेलिफोन पाएको छैन । त्यहाँका अन्य सामाजिक संघसंस्थाहरुले पनि फोन पाएका छैनन् । यसैगरी बेसीशहरसंगै जोडिएको गाउँशहरको भकुण्डेका व्यापारी तथा बुद्धिजीविहरुले समेत टेलिफोन माग गरी दूरसञ्चार कार्यालय घेराउ गरेका छन् ।
No comments:
Post a Comment