scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, March 18, 2007

पुराना गायक सम्मानित

बेसीशहर,लमजुङका पुराना लोक तथा आधुनिक गायक युत्तm गुरुङ पहिलोपटक ग ृहजिल्लामा सम्मानित भएका छन । लामो समयदेखि गीत संगीतमा लागेपनि ग ृह जिल्लाले युत्तm गुरुङलार्इ सम्भिmएको यो पहिलोपटक हो । बाल स्वास्थ्य र वातावरण्ा बचाउ समाज (चेस नेपाल) ले दशौ बाष्ािक उत्सवको अवसर पारेर मंगलबार गुरुङलार्इ लमजुङमा सम्मान गरेको हो । चेस नेपालका अध्यक्ष्ा राजकुमार पाण्डे, लमजुङका सांसद रामबहादुर गुरुङ र प्रजिअ ज्ञानप्रसाद शर्मा पंगेनीले दोसल्ला ओढाउंदै सम्मान पत्र प्रदान गर्दा गुरुङ हर्ष्ाविभोर भए । सम्मान ग्रहण्ा गनर्े त्रmममा आंखामा आंशु टप्काउंदै उनले भने( 'आफ्‍नो जिल्लामा सम्मान पाउंदा मलार्इ उर्जा मिलेको छ । जिल्लाको विकासका लागि सदा सहयोग गर्न तयार छु ।' रेडियो नेपालको बरिष्ठ मुख्य कार्यत्रmम प्रबन्धक युत्तm गुरुङ लमजुङका पुराना गायक हुन । २०३२ सालदेखि संगीत सिर्जनामा लागेका उनी २०४९ सालदेखि रेडियो नेपालमा कार्यरत छन । बेसी बेलघारी, मैना चरीले, दार्इ त मेरो लाहुर जाने र ठाडो भाकाको यसै माया जाल जस्ता गीत गाएर एक जमनामा ख्याति कमाएका गुरुङ पछिल्लो समयमा आफ्‍नै जिल्लामा छांयामा परेका थिए । ५३ बसन्त पार गरेका उनीे राष्टि्रय गीत देखि लोक, आधुनिक र ठाडो भाकाका गीत गाउन खप्पीस छन । पूर्वी लमजुङको सानो व्यापारिक केन्द्र बेलघारीबाट सामाजिक जागरण्ाको नारा लिएर जन्मिएको स्थानीय युवाहरुको संस्था चेस नेपालका लागि सांगीतिक कार्यत्रmम गरेर १० बर्ष्ा अघि रकम जुटार्इदिएका थिए, उनले । बेलघारीबजारबाट जन्मिएर अहिले पश्चिम नेपालको ९ वटा जिल्लामा कार्यत्रmम संचालन गरिरहेको चेस नेपालले विगतको गुन तिरेको हो, युत्तm गुरुङलार्इ । समारोहमा तनहूँका मगरहरुको कौरा नाचले दर्शकहरुको मन जितेको थियो । सम्मान पाएका युत्तm गुरुङ तथा तनहूँ र पोखराका बालबालिकाको गीत र नाच देखेपछि मख्ख भएका कार्यत्रmमका प्रमुख अतिथि सांसद रामबहादुर गुरुङ आफै मञ्चमा उभिएर गीत गाएपछि सहभागीहरु निकै खु ृशी भए ।

No comments:

Post a Comment