scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, March 30, 2007

खड्काविरुद्ध अख्तियार सर्वोच्चमा-राजेन्द्र सेढाई

काठमाडौं, चैत १४ - पूर्वमन्त्री खुमबहादुर खड्कालाई गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सफाइ दिने फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बुधबार पुनरावेदन गरेको छ । रायमाझी प्रतिवेदनका आधारमा अख्तियारले बुधबारै अघिल्ला प्रधानसेनापति प्यारजंग थापालाई बयानका लागि सात दिनभित्र उपस्थित हुन पत्र पठाएको छ ।
खड्काको विषयमा विशेषको फैसला गैरकानुनी र त्रुटिपर्ूण्ा भन्दै बदरका लागि अख्तियारले त्यससम्बन्धी मुद्दा दायर भएको हो । २ करोड ३६ लाख ८७ हजार रुपैया“ गैरकानुनी रहेको अभियोगलाई विशेषले गत कात्तिक २९ गते सफाइ दिएको थियो ।
'पर्याप्त आधार र कारण नखुलेको' भन्दै मुद्दा खारेज गरे पनि त्यसलाई चुनौती दिई सर्वोच्चमा पुनरावेदन दिइएको हो ।
अख्तियारको अनुसन्धानमा खड्काको कुल सम्पत्ति २ करोड ७५ लाख ९८ हजारमा ३९ लाख १० हजार मात्र वैध रहेको देखिएको पुनरावेदन पत्रमा छ । बा“की रकम आफू र परिवारको नाममा गैरकानुनी ढंगले राखिएकाले उक्त रकम जफत, त्यो बमोजिम जरिवाना र कानुनबमोजिम अधिकतम ५ वर्षकैद सजाय माग गरिएको छ ।
बक्राहा नदी नियन्त्रण आयोजनामा अनियमितता गरेको दाबी रहेको अर्को मुद्दामा पनि खड्काले सफाइ पाइसकेका छन् ।

No comments:

Post a Comment