scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, March 30, 2007

फोरमको र्समर्थनमा भारतीयद्वारा धर्ना-अर्जुन पाण्डे

विराटनगर, चैत १४ - मधेसी जनअधिकार फोरमको आन्दोलनप्रति ऐक्यबद्धता जनाउ“दै सीमा जागरण मञ्च बिहारले बुधबार जोगवनीस्थित नेपाल-भारत नाकामा धर्ना दिएर दिनभर आयात-निर्यात ठप्प पारेको छ । धर्नामा फोरम कार्यकर्ता पनि सहभागी थिए ।
मञ्चले विज्ञप्ति जारी गरी फोरमको आन्दोलन क्रममा तर्राईमा भारतीय नागरिकमाथि भएको प्रहरी दमनको विरोधमा धर्ना दिइएको उल्लेख गरेको छ । मञ्चको अवधारणाबाट माघ र फागुनमा विराटनगरमा चर्किएको फोरमको आन्दोलनमा भारतीय नागरिकको घुसपैठ रहेको पुष्टिसमेत भएको छ ।
धर्नाका कारण नेपालबाट भारतलगायत तेस्रो मुलुकमा निकासी हुने औद्योगिक उत्प्ाादन र उताबाट आउने कच्चा पदार्थ आयात हुन सकेन । नाकामा बसेका मञ्चका पदाधिकारीले पैदल यात्रुबाहेक कुनै पनि सवारी साधनलाई भारत जान र नेपाल आउन दिएनन् ।
त्यसले विराटनगर भन्सार कार्यालयको राजस्व असुली बुधबार ठप्प रह्यो । सामान्य अवस्थामा कार्यालयले दैनिक १ करोड ८० लाख राजस्व उठाउ“दै आएको छ भने जोगवनी नाकाबाट सरदर तीन सय मालवाहक ट्रक आउने-जाने गरेका छन् ।
मञ्चको विज्ञप्तिमा भारतीय भूमिमा बसेर नेपाली माओवादीले संगठन विस्तार गरेको तथा प्रहरीको सहयोगमा माओवादीले विराटनगर, गौर, वीरगन्जलगायत स्थानमा भारतीय नागरिकमाथि आक्रमण गरेको आरोप लगाइएको छ ।
सीमावर्ती भारतीय भूमिमा माओवादीले संगठन विस्तार गरेको र त्यसलाई रोक्न दबाबका लागि अन्तर्रर्ााट्रय नाकामा धर्ना दिएको मञ्चका अध्यक्ष भानुप्रसाद रायले बताए । उनले नेपालको तर्राईमा जारी फोरमको आन्दोलनप्रति मञ्चको ऐक्यबद्धता रहेको प्रस्ट गरे ।
तर्राई आन्दोलन क्रममा प्रहरी प्रशासनको सहयोगमा माओवादीले भारतीय मूलका नागरिकलाई कुटपिट गरेको भन्दै त्यस्तो प्रवृत्ति रोक्न नेपाल सरकार र माओवादीलाई मञ्चका प्रदेश मन्त्री घनश्यामप्रसाद यादवले आग्रह गरे । उनले नेपाल सरकार र माओवादीले आफ्ना मागप्रति चासो नदेखाए आगामी दिनमा पनि नाकामा धर्ना दिने चेतावनी दिए । मञ्चले जोगवनीको स्थानीय प्रशासनलाई जानकारी दिएर नाकामा धर्ना दिएको बताएको छ ।
धर्नामा फोरमका कार्यकर्ताको पनि सहभागिता रहेको सीमा प्रहरी रानीको दाबी छ । प्रहरीका अनुसार धर्नामा फोरमका जिल्लास्तरीय नेतासहित बुधनगर-४ का फोरम अध्यक्ष पृथ्वीचन्द्र साह, विराटनगर-२२ का अध्यक्ष्ँ महेश साह र अमडुवाका कार्यकर्ताको पनि सहभागिता थियो । तर फोरमका जिल्ला सदस्य मृत्युञ्जय झाले आफूहरू त्यहा“ निम्त्याएर गएको नभई घुम्दै जा“दा ऐक्यबद्धता जनाउन पुगेको बताए । उनले मञ्चको उक्त कदम स्वागतयोग्य भएको बताए ।
माघ १७ गते सीमा क्षेत्रको मटेरुवामा प्रहरी र फोरम कार्यकर्ताबीच भएको झडपमा प्रहरीको हतियार खोस्ने प्रयास गर्दा भारतीय नागरिक दलवल तिवारी र रुस्तम मिया“सहित आधा दर्जनभन्दा बढी घाइते भएका थिए । त्यसै दिन बुधनगर इलाका प्रहरी कार्यालयमा फोरमको नाममा भएको आक्रमणमा र्सइ नरेशजङ कार्की मारिएका थिए ।
त्यसैगरी माघ २४ गते हाटखोलाको सिंघिया पुलमा भएको झडपमा पनि भारतीय नागरिकको संलग्नता रहेको स्थानीय प्रशासनको दाबी छ ।

No comments:

Post a Comment