scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, March 30, 2007

नृशंस नरसंहार-- ऋषिकेश दाहाल र शिव पुरी/गौर

अन्तरिम संविधानमा संशोधनपछि मौन रहेको मधेशी जनअधिकार फोरमले शान्तिपर्ूण्ा नाममा हिं“सात्मक गतिविधि बढाएपछि रौतहटमा नृशंस नरसंहार भयो
राइस मिलको चौर । फुटबलका दर्ुइ गोलपोष्टझै“ लाग्ने रङ्गीविरङ्गी दर्ुइ मञ्च । ठूलै सङ्ख्यामा मानिसहरूको चहलपहल । एक ठाउ“मा एकत्रित प्रहरीहरू । एकाएक शुरू भएको हिंसाको खेल । २०६३ चैत ७ गते रौतहटको इतिहासमा नृशंस नरसंहारको वीभत्स पाना थपियो ।
एकैछिनअघिसम्म सजाउन होडबाजी गरएिका मञ्चहरू केही क्षणमै ध्वस्त भइसकेका थिए । मञ्च तोडफोड भयो, कर्ुर्सर्ीीा“चिए । मधेशी जनअधिकार फोरमले पहिले नै कार्यक्रमको घोषणा गरेको भए पनि माओवादीको मञ्च भत्काएर उसले भिडन्तको निम्तो दिइसकेको थियो । तर, मध्याह्नदेखि नै फोरम र माओवादीका अलग-अलग जुलुस नगर परत्रिmमामा व्यस्त थिए । साढे १ बजे दुवै समूहको जम्काभेट पनि भयो । दुवैले एकअर्कालाई ताली बजाएर स्वागत गरेको देख्दा कसैले पनि उनीहरू रगतको होली खेल्ने मनस्थितिमा रहेको अनुमान गर्न सक्दैन थिए ।
तर, हिंसात्मक भिडन्तको पर्ूण्ा तयारी भइसकेको थियो । "चौर वरपिरकिा घरका छतमा गोली लिएर फोरम पक्ष्ँधर बसिसकेका रहेछन् । झडप हुनासाथ फायरङि् भइहाल्यो," एक प्रत्यक्षदर्शीले बताए । फोरमबाट गोलीको वषर्ा हुन थालेपछि माओवादीबाट पनि गोली बर्सन थाल्यो । घटनामा बचेका एक माओवादी भन्छन्, "हामीले प्रतिकारमा गोली चलाए पनि उनीहरूका अगाडि टिक्न सकेनौ“ । आधा घण्टासम्म भागाभाग चलिरह्यो ।" माओवादी नेता कृष्णबहादुर महराको भनाइमा, "दोरम्बा घटनाको झल्को गराइदियो ।"
अप्रत्याशित गोलीबारीपछिको वातावरण निस्सासि“दो बन्न पुग्यो । भागदौडमा धेरै घाइते भए । "दोषी खोज्नुभन्दा पनि उद्धार गर्नु नै हाम्रो दायित्व बन्यो," एक प्रहरी अधिकृतको भनाइ छ, "हिंसात्मक भइसक्दा पनि प्रशासनले कुनै निर्देशन दिएन ।" घटनास्थलमा भएको हिंसाले त्यतिखेर विकराल रूप लियो, जब गाउ“गाउ“मा माओवादीहरू खोज्दै मार्ने क्रम बढ्यो । माओवादी सेल्टर लिएर बसेका घरहरू घेरएि । उनीहरूलाई घरबाहिर निकाल्दै बा“धेर कुट्ने क्रम तीव्र भयो । जसको ज्वलन्त उदाहरण बन्यो हजमनिया । भिडन्तबाट भागेर ज्यान जोगाउन गौरदेखि छ किलोमिटर उत्तरतिर पुगेका १७ माओवादी हजमनिया गाउ“ पार गर्दै थिए । उनीहरूलाई गौ“डामा कुररिहेका फोरमका कार्यकर्ताले जिउ“दै अगाडि बढ्न दिएनन् । आत्मरक्षा गर्दागर्दै ११ जना त्यही“ मारएि ।
प्रत्यक्षदर्शीका अनुसार, अपराह्न करीब साढे चार बजे माओवादीहरूलाई फोरमका कार्यकर्ताहरूले घेरा हालेका थिए । उनीहरूले शुरूमा माओवादीका तीन महिला कार्यकर्तालाई केही पर घिच्याउ“दै लगेका थिए ।
मृत अवस्थामा फेला परेका ती महिलाहरू बलात्कारको शिकार भएको प्रस्टिन्थ्यो । बलात्कारपछि उनीहरूलाई आगो लगाएर मारएिको प्रहरीको अनुमान छ । बा“की रहेका माओवादीहरूलाई भालाले घोचेर र भाटाले हिर्काएर मारएिको थियो । मरसिकेपछि पनि उनीहरूको टाउको जलाउने असफल प्रयास गरिएको थियो । हजमनियामा मारएिकाहरू अधिकांशको अनुहार र शरीर जलेको छ । हजमनियाको केही नजिकै थप दर्ुइ लास फेला परेको थियो । "हामीले प्रतिकार गरे पनि सबै बा“च्न सकेनौ“," त्यहा“ ज्यान जोगाउन सफल माओवादी कार्यकर्ता जीवन लामाले सुनाए, "अझै थुप्रै साथीहरू सर्म्पर्कबाट टाढा छन् । भन्न सकिन्न जीवितै छन् कि छैनन् ।"
गौर बजारमा बसेका झण्डै १५ जना माओवादीलाई फोरमका कार्यकर्ताहरूले एउटै खम्बामा बा“धेर जलाउने प्रयास गरेका थिए । प्रहरी हस्तक्षेपपछि उनीहरू बा“चेको प्रहरीको दाबी छ । घटनास्थलमा रगतका टाटा अझै मेटिएको छैन । तर, भिडन्तस्थल राइस मिल वरपिरकिा बासिन्दा यथार्थ बताउन तयार छैनन् । बजारमा मधेशी जनअधिकार फोरमबाहेक कुनै दलका झण्डा देखिन्नन् । सरकारी कार्यालयमा नेपाल सरकार मेटाएर 'मधेश सरकार' लेखिएका छन् । फोरमका जिल्लास्तरीय नेताहरू गौरबाट अलप भइसके पनि हत्याको त्रास घटेको छैन । माओवादीका योङ् कम्युनिष्ट लिग -वाईसीएल) का रौतहट संयोजक हिमालले घटनामा फोरमको एकोहोरो आक्रमण भएको दाबी गरेका छन् । फोरम रौतहटका अध्यक्ष अमर यादवले भने केन्द्रबाट आउने नेताको हत्या गर्ने प्रयास माओवादीले गर्न लागेकाले फोरमले प्रतिकार गरेको दाबी गरे ।

भिडन्तको निह“ु
चैत ७ गते दिउ“सो १ बजेदेखि नै बजारमा माओवादी र मधेशी जनअधिकार फोरमका र्समर्थकहरूको चहलपहल बढिसकेको थियो । दुवै समूहहरू आ-आफ्नो जुलुसमा सक्रिय थिए । ठीक साढे १ बजे फोरम र माओवादीहरूको भेट भयो, मिल चौर छेउमै । फोरमका कार्यकर्ता उनीहरूको निर्धारति कार्यक्रमस्थलतिर मोडिए भने माओवादीहरू नगरतिरै लागे । फोरमको कार्यक्रम शुरू भयो । माओवादीहरू जुलुसमा नगर परत्रिmमा गररिहेको मौका छोपी फोरमका कार्यकर्ताले माओवादीको मञ्च भत्काइदिए ।
राइसमिल चौरमा आइपुग्दा आफ्नो मञ्च भत्किएको देखेपछि माओवादी कार्यकर्ताहरूले पनि फोरमको मञ्च भत्काउन थाले । र, मञ्च नै भिडन्तको कारण बन्न पुग्यो । आफूले माओवादीले भन्दा पहिले कार्यक्रमको घोषणा गरेको भन्दै फोरम नरसंहारको जिम्मेवारीबाट पन्छिन खोजेको छ । त्यति मात्र होइन, आफ्ना केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको माओवादीले हत्या गर्ने षड्यन्त्र गरेको आरोपसमेत फोरमले लगाएको छ ।
फोरमका कार्यकर्ताले माओवादीमाथि आक्रमणको पर्ूवतयारी नगरेको भए, माओवादी मात्र मारनिे थिएनन् । दोहोरो गोली चलेको बताइएको भए पनि फोरमका कार्यकर्ता मारएिको वा घाइते भएको विवरण छैन ।

फितलो प्रशासन
फोरमले रौतहटमा हिंसात्मक आन्दोलन गरेको यो पहिलोपटक होइन । माघ १२ गते जिल्ला प्रशासन कार्यालयमा तोडफोड र आगजनी गरेको फोरमले निर्वाचन कार्यालय र नेकपा -एमाले) का महासचिव माधवकुमार नेपालको घरसमेत जलाएको थियो । फोरमको आन्दोलनबाट स्वयम् जिल्ला प्रशासन कार्यालय नै ध्वस्त भइसकेको अवस् थामा पनि माओवादी र फोरमको कार्यक्रमप्रति र्सतर्कता देखाउन सकेन, प्रशासनले । भिडन्तका पर्ूवसङ्केतहरू देख्दादेख्दै पनि प्रशासन कमजोर रह्यो । झडप भएका स्थलबाट प्रहरीहरू एक सय मिटरको दूरीमा तैनाथ थिए । अझ पुनःस्थापित प्रहरीहरू पनि एकीकृत गराइएको थियो । तर, झडपस“गै प्रहरीहरू घटनास्थलबाट टाढिए ।
गोली चलेपछि पनि प्रशासनले कुनै कदम चाल्न सकेन । प्रमुख जिल्ला अधिकारी सर्म्पर्कबाहिर रहेकाले जिल्लाको प्रहरी प्रमुख आफै“ले कफर््र्युको माइकिङ् गराउन निर्देशन दिएका थिए । समाचार स्रोतका अनुसार, त्यतिखेर प्रमुख जिल्ला अधिकारी सेनाको ब्यारेकमा थिए । राजधानीबाट हेलिकप्टर झिकाउने प्रयासबाहेक उनीबाट कुनै पहलकदमी हुन सकेन । यद्यपि, त्यसको कारण खुलाइएको छैन । घटनाको भोलिपल्ट संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तका अधिकारीहरू गौर पुगेका थिए । उनीहरूले समेत प्रशासनको कमजोरीमाथि औ“ला ठड्याए । "प्रशासन र सुरक्षा निकाय यस्तो अवस्थामा किन मौन रहे - आर्श्चर्यको कुरा हो," उच्चायुक्त कार्यालयका एक अधिकारीले नेपाल स“ग भने, "माओवादी मात्र मारनिुले पनि घटना प्रतिशोधको कारण भएको सङ्केत गर्छ ।"

मृतकहरूको सङ्ख्या अनिश्चित
चैत ९ गते मध्यरातीसम्म गौर हत्याकाण्डमा मारिनेमध्ये २९ जनाको लास फेला परेको छ । भिडन्तस्थलभन्दा बाहिर मारनिेको सङ्ख्या अधिक भएकाले मर्नेको सङ्ख्या अझ थपिने देखिन्छ । भिडन्तस्थलमा पा“च जना माओवादी कार्यकर्ता मारएिका थिए । बा“की सबै लास विभिन्न गाउ“मा फेला परेका हुन् ।
कतिपय गाउ“बाट मारएिका लास भेटिएको हल्ला फैलिने क्रम यथावत् छ । ८ गते गृहमन्त्री कृष्णप्रसाद सिटौला, एमाले महासचिव माधवकुमार नेपाल, माओवादी नेता कृष्णबहादुर महरालगायतका नेता गौरबाट फर्केपछि पनि ज्यान जोगाउन लुकेर बसेका माओवादीहरू फेला परेका छन्, घाइते अवस् थामा । माओवादीहरूले उनीहरूको उद्धार गरेका थिए । कार्यक्रममा गएका कति मानिस हराएका छन् भन्ने थाहा नभएकाले पनि मारएिको सङ्ख्या अन्योलमै छ ।
घाइतेहरूको अवस्था मात्र होइन, मारएिका माओवादीकै पनि पहिचान हुन सकेको छैन । प्रहरीहरूले गाउ“मा मारएिका लास भेट्न सक्ने अनुमानमा खोजी बढाएका छन् । गहु“बारी र मकैबारी फा“डिएको क्षेत्रमा मारएिका थप लास मिल्नसक्ने अनुमान प्रहरीको छ । किनभने, हिंसा कहा“-कहा“ भयो भन्ने यकिन जानकारी प्रशासनले बाहिर ल्याउन सकेको छैन । मृत्यु हुनेहरूमध्ये १९ जनाको मात्र सनाखत भएको छ । सनाखत भएकाहरूमा सञ्जोग -दाङ), प्रभा तामाङ
-मकवानपुर), सञ्जु, अर्जुन -गोरखा), रामविश्वास यादव -रौतहट), लफ्फा -मकवानपुर), राजन पोखरेल -मकवानपुर), गोविन्द अधिकारी
-मकवानपुर), उषा थापा -बारा), सरस्वती उपे्रती -रौतहट), प्रतिमा परयिार -रौतहट), छोटेलाल साह -रौतहट), नागेश्वर उपाध्याय -रौतहट), रामाकान्त चौधरी -रौतहट), चुन्नु -रौतहट), प्रवीण अन्सारी
-रौतहट), प्रतिमा खातुन -रौतहट) र देवेन्द्र अधिकारी -रौतहट) छन् । फेला परेका अधिकांश लास हर्ेदा नियन्त्रणमा लिई मारएिको देखिन्छ । मरेकाहरू सबै आफ्ना कार्यकर्ता भएको दाबी माओवादीको छ । अझै मारएिका मानिस फेला पर्न सक्ने माओवादीले जनाएको छ ।

तनावमा गौरवासी
चैत ८ गते । कफर््र्यु सकिन दर्ुइ घण्टा बा“की भए पनि बाटोमा केही युवाहरू खुलमखुला बसेका थिए । प्रहरीको गाडी देखिएपछि केही मानिस पन्छिए । तीन जना केटाहरू भने टसका मस भएनन् । कफर््र्युको आदेशबारे र्सइ बाबुराम झा बुझाउ“दै थिए । त्यत्तिकैमा उनीस“गै गएका प्रहरी जवानले एउटा युवकको कम्मरमा खुकुरी फेला पारहिाले । "कसले मार्न आउने हो के थाहा †" पक्राउ परेका युवक आफ्नो प्रतिरक्षा गर्दै थिए, "यो -खुकुरी) त पसल जोगाउन पो बोकेको †" चैत ७ को घटनापछि कसैले पनि आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन् ।
कफर््र्युपछि सुरक्षा अवस्थामा सुधार भए पनि गौरवासी भयमुक्त छैनन् । हिंसाको यति भयानक रूप नदेखेका स्थानीय बासिन्दाहरू कुनै पनि घटनाको पुनरावृत्ति हुनसक्ने आशङ्काले भयभीत छन् । "कतिखेर के हुने हो भन्ने ठेगान छैन," स् थानीय व्यापारी ओम अधिकारी भन्छन्, "घरबाहिर निस्कनसमेत डर लाग्छ ।" कफर््र्युको अवधिमा बजार बन्द रहनु स्वाभाविक भए पनि कफर््र्यु नलागेको समय पनि असामान्य नै छ । मानिसहरू बाहिर निस्कनसमेत डराउ“छन् । कफर््र्यु हटे पनि त्रास नहटेकाले यस्तो अवस्था रहिरहेको हो ।

घुसपैठको आशङ्का
माओवादीहरूले रौतहट घटनामा फोरमले भारतीय आपराधिक गिरोहको प्रयोग गरेको आरोप लगाएको छ । घटनास्थलदेखि भारतीय सीमा पुग्न एक किलोमिटरको दूरी मात्र रहेका कारण पनि माओवादी आशङ्का सही हुनसक्छ ।
अझ त्यसमाथि चैत ४ गते भारतीय सीमा नजिकको बजार बैरगनियामा भएको एक कार्यक्रममा भारतीय जनता पार्टर्ीी पर्ूवसांसद आनन्द मोहनले सम्बोधन गरेका थिए । उनले नेपालको तर्राई आन्दोलनलाई बढाउने आशयको वक्तव्य दिएका थिए । तन, मन र धनले तर्राई आन्दोलनलाई सघाउने उनको अभिव्यक्ति आएको एक साता नबित्दै हिंसा भड्केका कारण माओवादी आशङ्कालाई थप बल दिएको छ । उक्त कार्यक्रममा मधेशी युवा फोरमका अध्यक्ष नन्दकिशोर साहलगायतका नेताहरू संलग्न रहेको माओवादीको दाबी छ । माओवादी समर्थित मधेशी राष्ट्रिय मुक्ति मोर्चाका महासचिव प्रभु साहले विज्ञप्तिमार्फ भारतीय आपराधिक समूह परचिालन भएको आरोप लगाएका छन् । दर्ुइ समूहबीच भिडन्त हुनुपर्ूव नै दक्षिणी भेगमा भारतीय नम्बर प्लेटका गाडीहरू र एम्बुलेन्स राखिएको दाबी माओवादीको छ ।

खेतमा लासको खोजी
७ गते गौर बजारबाहिर गाउ“गाउ“मा हिं“साले ठाउ“ लियो । प्रशासन निरीह भएकै कारण कुन-कुन गाउ“मा भिडन्त भए, पत्तो रहेन । त्यसैले चैत ८ गते बिहानदेखि नै लास खोज्ने क्रम शुरु भयो । कति मारिए - कसैस“ग तथ्याङ्क नभएपछि बजारमा हल्लाहरु फैलिने क्रम बढिरह्यो । कति ठाउ“मा लास फेला परे पनि कतै भने हल्लाकै कारण प्रहरीले सास्ती भोग्नुपर्‍यो ।
त्यस्तै अवस्था भयो सिसवामा । मकैबारीमा लास छ भन्ने खबर पाएपछि प्रहरी टोली झण्डै तीन किलोमिटर टाढाको गाउ“मा पुग्यो । छ किलोमिटरभन्दा टाढाबाट लास ल्याउने क्रम बिहानदेखि नै शुरु भइसकेकाले थप लास भेटिने प्रहरीको अनुमान थियो । प्रहरीहरु लामो समय मकैबारीमा भौ“तारिरहे । मकैबारी र गहु“का खेतमा लछारिएको स्थान थुप्रै भेटिए । हिं“सा भएको अनुमान गरे पनि खेतमा लास भेटिएन । "मरेको छ भनेपछि खोज्नु दायित्व हो । हामीलाई अलमल्याउन पनि यसो भनेको हुनसक्छ," लास खोजीमा हि“डेका र्सइ बाबुराम झाको गुनासो थियो ।
'आक्रमण सुनियोजित'


सङ्कटमा शान्ति प्रक्रिया-- तिलक पाठक
तर्राईमा फोरम र माओवादीबीच शुरु भएको भिडन्तले संविधानसभा निर्वाचन र शान्ति प्रक्रियामै असर पुर्‍याइरहेको छ
निर्वाचन आयोगले चैत ५ गते डाकेको भेलामा प्रधानमन्त्री गिरजिाप्रसाद कोइराला, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपाललगायत आठै दलका शर्ीष्ास्थ नेताहरूले जेठभित्रै संविधानसभा निर्वाचन गराउने प्रतिबद्धता जाहेर गरे । नेताहरूले संविधानसभाका लागि प्रक्रिया छोट्याएर भए पनि युद्धस्तरमा काम गर्न निर्वाचन आयोगलाई सुझाव दिएका थिए । आठ दलको प्रतिबद्धतापछि जेठभित्रै निर्वाचन हुने आशा पलाएको पनि थियो । तर, चैत ७ गते रौतहटको गौरमा भएको नृशंस नरसंहारका कारण निर्वाचनको वातावरण बिथोलिने सङ्केत देखिएको छ । माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडपमा कम्तीमा २९ जनाको ज्यान गएको छ, जसले मुलुकको जारी शान्ति प्रक्रियालाई समेत असर पार्ने सम्भावना बढेको छ ।
गौरको घटनाले राजनीतिमा आपराधिक प्रवृत्ति घुसेको सङ्केत गर्दछ । विश्लेषकहरूका अनुसार, तर्राईमा फोरम र माओवादीबीच देखिएको अन्तरद्वन्द्व एवम् आफू उदीयमान शक्ति भएको फोरमको दम्भकै परण्िााम हो, गौर नरसंहार । यसैगरी, माओवादीले पहाडलाई र फोरमले तर्राईलाई प्रतिनिधित्व गर्ने प्रतीकात्मक प्रवृत्ति पनि तर्राईमा बढ्दै गएको छ, जुन खतरनाक भएको विश्लेषकहरूको धारणा छ । फोरमले पनि तर्राईको प्रतिनिधि शक्तिका रूपमा प्रस्तुत गर्दै माओवादीविरुद्ध प्रचार गर्न थालेको छ । "यसले भोलिको दिनमा पहाड र तर्राईको सम्बन्धलाई समेत नकारात्मक रूपमा प्रभावित गर्न सक्छ," मधेशको विषयमा जानकार विजयकान्त कर्ण्र्ाान्छन्, "यो राजनीतिको खतरनाक प्रवृत्ति हो ।"
माओवादीबाट अलग भएर गएका उपेन्द्र यादवले नै यतिखेर फोरमलाई नेतृत्व दिइरहेका छन्, जसलाई माओवादीहरूले भगौडाको संज्ञा दिइसकेका छन् । माघ ५ मा फोरमले आह्वान गरेको बन्दलाई माओवादीले अवज्ञा गर्‍यो । लहान झडपमा स् थानीय युवक रमेशकुमार महतोको मृत्युपछि चाहि“ माओवादी र फोरमबीचको सम्बन्ध निकै तनावपर्ूण्ा बनेको हो । त्यसयता यी दर्ुइ पक्ष्ँबीच ठाउ“-ठाउ“मा झडपहरू हु“दै आएका छन् । फागुन ११ मा भैरहवामा यी दर्ुइ पक्षबीच झडप हु“दा नौ जना घाइते भएका थिए । त्यसको भोलिपल्ट नारायणगढ, नेपालगन्ज, भैरहवालगायतका स्थानमा फोरम र माओवादीबीच घम्साघम्सी हु“दा ४० जना घाइते भएका थिए । फागनु १५ गते नेपालगन्जमा भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने भोलिपल्ट फोरम र र्सवसाधारणबीच नेपालगन्जमा नै भएको अर्काे मुठभेडमा एक जनाको मृत्यु भएको थियो ।
गौर घटना पनि त्यही शृङ्खलाको एउटा कडी भएको स्पष्ट देखिन्छ । रौतहटको गौरस् िथत राइस मिल चौरमा चैत ७ गते कार्यक्रम गर्ने घोषणा फोरमले एक साताअघि नै गरेको थियो । यता माओवादीले पनि दर्ुइ-तीन दिनअघिदेखि त्यसै स् थानमा सोही दिन कार्यक्रम गर्ने भनी प्रचार गर्दै आयो । माओवादीले पनि कार्यक्रम गर्ने थाहा पाएपछि फोरमले प्रतिशोध लिन राम्रै तयारी गरेको स्रोतको दाबी छ । माओवादीले भने फोरमको तयारी बुझ्न सकेन, बरु आफ्नो तयारीलाई नै पर्याप्त ठान्यो । खुला रूपमा हतियार लिएर हि“ड्दा विभिन्न स्थानबाट प्रश्न उठ्ने भएकाले पनि माओवादीको तयारी फोरमको जस्तो नभएको देखिन्छ । यता फोरमलाई भने तर्राईमा हतियारबन्द राजनीति गररिहेका जनतान्त्रिक तर्राई मोर्चाका जयकृष्ण गोइत र ज्वाला सिंह गरी दुवै समूहहरूको र्समर्थन थियो । यसैकारण पनि फोरमका गतिविधिहरू हिंसात्मक हु“दै गएको विश्लेषकहरूको धारणा छ ।
घटनास्थलबाट छ-सात किलोमिटर टाढा माओवादी कार्यकर्ताको लाश भेटिनुले पनि नरसंहार योजनाबद्ध भएको स्पष्ट हुन्छ । घटनास्थलको निरीक्षण गरेर फर्किएका गृहमन्त्री कृष्ण सिटौलाले हिंस्रक तरकिाले हत्या भएको बताए । "यो घटनाको जति भर्त्सना गरे पनि कम हुन्छ," रौतहटवासीलाई धर्ैय गर्न आग्रह गर्दै गृहमन्त्री सिटौलाले भने, "त्यसैले यसमा संलग्न दोषीलाई कुनै पक्षले पनि संरक्षण दिनुहु“दैन ।" अन्य राजनीतक दलका नेताहरूले समेत घटनाको भर्त्सना गरेका छन् । घटनास्थल पुगेका एमाले महासचिव माधवकुमार नेपालले यसलाई जघन्य अपराधको संज्ञा दिएका छन् । भन्छन्, "सभ्य मानिसले यस्तो घटनाको कल्पना पनि गर्न सक्दैन ।"
दोहोरो गोली चलेको बताइए पनि फोेरमका कार्यकर्ता मारएिका छैनन् । त्यस हिसाबले घटना सुनियोजित भएको माओवादीको दाबी छ । माओवादीको भ्रातृ सङ्गठन मधेशी राष्ट्रिय मुक्ति मोर्चाका महासचिव प्रभु साहले मारएिका र घाइते भएका सबै जना माओवादीका कार्यकर्ता भएको दाबी गरे । "अनि, यस्तोलाई झडप भन्न मिल्छ -" माओवादीका विधायकसमेत रहेका साह प्रश्न गर्दै भन्छन्, "झडपमा त दुवैतर्फक्षति हुन्छ नि † त्यसैले पनि आवेशमा होइन, योजनाबद्ध ढङ्गले घटना गराइएको छ ।" फोरमलाई प्रतिक्रियावादीहरूको जमातको संज्ञा दि“दै उनले उनीहरूको सशक्त प्रतिरोध गरनिे बताए ।
उता, घटनामा गृह प्रशासनको पनि दोष कम नभएको आरोप छ । भिडन्तको आकलन गर्दागर्दै त्यसलाई नियन्त्रण गर्ने नाममा प्रशासन कमजोर देखियो । घटनामा गोली चले पनि त्यसलाई नियन्त्रण गर्न प्रशासनले कुनै कदम चालेन । यसअघि माघ १२ गते फोरमका कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय जलाएका कारण प्रमुख जिल्ला अधिकारी माधव ओझाले आफ्नो निवासबाट काम-कारबाही गर्दै आएका थिए । उनी सेनाको ब्यारेकमा रहेकाले सर्म्पर्कमा नै रहेनन्, जसका कारण जिल्लाको प्रहरी प्रमुख आफै“ कफर््यु लगाउन अघि र्सर्नुपर्‍यो । उनलाई सरकारले दायित्व निर्वाह गर्न नसकेको कारण जनाउ“दै काठमाडौ“ फिर्ता बोलाएको छ ।
रौतहटमा भएको अकल्पनीय र त्रासदीपर्ूण्ा घटनाको निष्पक्ष छानबिन गर्न माओवादीलगायत सबै पक्ष्ँको जोड छ । जेनेभाबाट जारी विज्ञप्तिमा मानव अधिकार उच्चायुक्त लुइस आर्वरले रौतहट घटनाको छानबिन गरी यथार्थ र्सार्वजनिक गर्न आग्रह गरेकी छन् । यता उच्चायुक्तको नेपालस् िथत प्रतिनिधि लेना सुन्धले भनेकी छन्, "यस्तो अस्वीकार्य हिंसाको अन्त्य गर्न तत्काल कदमहरू उठाउन र शान्तिपर्ूण्ा संवादमार्फ मतभेद समाधान गरयिोस् भन्ने सुनिश्चित गर्न म फोरम र नेकपा -माओवादी) का केन्द्रीय तथा स्थानीय स्तरका नेताहरूलाई आह्वान गर्दछु ।"
त्यसो त मन्त्रिपरष्िाद्को चैत ९ गतेको बैठकले पाटन पुनरावेदन अदालतका न्यायाधीश हरप्रिसाद घिमिरेको संयोजकत्वमा एउटा उच्चस् तरीय समिति गठन गरेको छ । समितिका अन्य सदस् यहरूमा राष्ट्रिय र्सतर्कता केन्द्रका कामु सचिव रामसरोवर दुवे, सह-न्यायाधिवक्ता टीकाबहादुर हमाल र प्रहरी नायवमहानिरीक्षक निरज पुन छन् । समितिलाई प्रतिवेदन तयार पार्न १५ दिनको समयावधि दिइएको छ । यता माओवादीले भने त्यो समिति आफूहरूलाई स्वीकार्य नहुने बताइसकेका छन् । माओवादीका नेता डा बाबुराम भट्टर्राईले सरकारले आफूहरूस“ग सल्लाह नै नगरी समिति गठन गरेकाले त्यो समिति आफूहरूलाई स्वीकार्य नभएको बताए । यसले पनि गौर घटनामा सरकार संवेदनशील हुन नसकेको बताउ“दै माओवादी नेता डा भट्टर्राईले भने, "यदि सरकार न्याय दिन असफल भएमा गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माओवादी बाध्य हुनेछ ।"
यता प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाले भने चैत ९ गते नै गृहमन्त्रीलाई देशमा शान्ति सुरक्षाको स्थिति मजबुत पार्न कुनै कसर नरहने गरी काम गर्न निर्देशन दिएका छन् । उनले कानूनको उल्लङ्घन गर्ने जो-कोहीलाई पनि कारबाही गर्न निर्देशन दिइसकेका छन् । अन्तरमि संसद्मा माओवादी विधायक कृष्णबहादुर महराले राजनीतिक सहमतिका आधारमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका थिए । साथै, हत्यारालाई कारबाही, मृतकलाई शहीद घोषणा, सीमा क्षेत्र सील गर्नुपर्ने तथा प्रतिकार समितिका नाममा विगतमा वितरण गरिएका हतियार जफत गरिनुपर्ने मागसमेत उनको थियो ।
फोरमको आन्दोलन जायज मागका साथ उठान भए पनि उनीहरूको नियत सफा नभएको आरोप पनि लागेको छ । तर, माओवादीले भनेझै“ फोरममाथि प्रतिबन्ध लगाउ“दैमा समस्या समाधान हुने आधार पनि छैन । त्यसैले यी सबै समूहहरूस“ग वार्ताको माध्यमबाट नै समस्याको समाधान खोज्नर्ुपर्ने तर्क विज्ञहरूको छ । यस्तो स्  िथतिमा राज्यले माओवादी र फोरम दुवैस“ग कस्तो व्यवहार गर्दै अघि बढ्छ, त्यही कुराले भावी नेपाली राजनीतिलाई निर्देशित गर्नेछ । यो घटनालाई उचित हिसाबले सम्बोधन गर्न नसकेको स्थितिमा फोरम र माओवादीबीच मात्र होइन, सात दल र माओवादीबीच पनि असमझदारी बढ्न सक्छ । यता माओवादीहरूले जनआन्दोलन-३ को घोषणा गर्ने कुरा बताउ“दै आएका छन् ।
अझ, तर्राईको राजनीतिलाई प्रभाव पार्ने हिसाबले विभिन्न समूहहरू अघि आउने र ती समूहहरूबीच गठबन्धनसमेत हुनसक्ने प्रशस्त सम्भावना देखिएको छ । त्यसैले पनि भावी दिनमा राज्य सशक्त ढङ्गबाट प्रस्तुत हु“दै सरोकारवाला समूहहरूबीच वार्ताको प्रक्रिया पनि अघि बढाउनर्ुपर्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ । "तर, वार्ताका लागि मात्रै वार्ता गर्नुहु“दैन," मधेशबारे जानकार विजयकान्त कर्ण्र्ाान्छन् । यसअघि सरकारले वार्ताका लागि फोरमलाई आह्वान गरी वार्ताका लागि कमिटी गठन गरे पनि फोरमले वार्ता प्रक्रियालाई अस्वीकार गर्दै आएको थियो । फोरमले वार्ताका लागि गृहमन्त्री कृष्ण सिटौलाको राजीनामा न्यूनतम शर्त भएको अडान लिएपछि वार्ता प्रक्रिया अघि बढ्न सकेको थिएन । तर, वार्ता कमिटीका संयोजक र प्रधानमन्त्रीस“ग समेत अनौपचारकि रूपमा वार्ता भएको स्रोतको दाबी छ । वार्तामा मुद्दाहरूलाई सम्बोधन गर्ने इच्छाशक्ति हुनर्ुपर्ने राजनीतिक विश्लेषक कर्ण्र्ााे भनाइ छ ।
फोरमको आन्दोलन जातीय र क्षेत्रीय बढी अनि राजनीतिक कम भएको देखिएको छ । यस्तो आन्दोलन हिंसात्मक भएमा विभाजन र विखण्डनको रूपसमेत लिन सक्छ । यसअघि माओवादीले उठाइरहेको मधेशको मुद्दालाई अहिले आएर फोरमले अघि बढाउ“दै आन्दोलन अघि बढाएको हो । यस हिसाबले पनि मधेशको मामिलामा फोरमले आफ्नो एजेण्डा चोरेको ठम्याइ माओवादीको छ । त्यसो त जब मूलधारका राजनीतिक शक्तिहरू राजनीतिक मुद्दा उठाउने मामिलामा पछि पर्छन्, त्यतिखेर स् वाभाविक रूपमा वैकल्पिक धारका राजनीतिक समूहहरू अघि आउने गर्छन् । तर्राईको सर्न्दर्भमा पनि त्यही हुन पुगेको छ ।

No comments:

Post a Comment