scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, April 8, 2007

सितास्मा चन्द बनिन् मिस नेपाल २००७---------------------बबी सेढाई/आशा सेढाई(ओली),अमेरिका

१८ सुन्दरीहरुलाई उछिन्दै ललितपुरकी २३ वर्षीया सितास्मा चन्दले यस वर्षको मिस नेपाल २००७ उपाधि जितेकी छिन्। मिस नेपालको उपाधिसँगै चन्दले यस वर्षको मिस वर्ल्ड प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन्।


यसैगरी फर्स्ट रनर अपको उपाधि बन्दना शर्मा र सेकेण्ड रनर अपको उपाधि श्वेता शाहले जितेकी छिन्। प्रतिस्पर्धामा रिचा शर्माले उत्कृष्ट मुस्कान, सितास्माले व्यक्तित्व र हिंडाइ, रश्मि केसीले बनौट, नानीमाया खड्काले कपाल, वन्दनाले फोटोजेनिक, सावित्रा श्रेष्ठले उत्कृष्ट प्रतिभाको उपाधि हात पारेका छन्। नयाँ मिस नेपाल सितास्मालाई पूर्व मिस नेपाल सुगरिका केसीले ताज पहिराइदिएकी थिइन्।
सुन्दरी प्रतियोगीता मा भाग लिने सुन्दरी हरु
















































































































सुन्दरी प्रतियोगिताविरुद्ध प्रदर्शन

माओवादी र जनमोर्चानिकटलगायत विभिन्न महिलावादी संगठनले सुन्दरी प्रतियोगिताको विरोधमा शनिबार पर््रदर्शन गरेका छन् । प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेेको छ ।
उनीहरूले सुन्दरी प्रतियोगिता भइरहेको वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन भवनबाहिर दिनभरजसो नाराबाजी गरे । प्रहरीको लाठीचार्जबाट १२ भन्दा बढी पर््रदर्शनकारी सामान्य घाइते भए ।
प्रतियोगिता सुरु हुनुअघि बानेश्वरका विभिन्न चोकबाट प्रतियोगिताविरुद्ध नाराजुलुस गर्दै महिला अधिकारकर्मीहरू पश्चिम गेटमा पुगेका थिए ।
आयोजकविरुद्ध नाराबाजी गर्दै माओवादी विधायिका देवी खडकाको नेतृत्वमा पर््रदर्शन गरिरहेका महिला अधिकारकर्मीले सम्मेलन केन्द्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । स्थिति तनावपर्ूण्ा भएपछि आयोजकले केहीबेर सम्मेलन केन्द्रका पर्ूव र पश्चिम गेटमा तालाबन्दी गरी प्रवेशमा कडाइ गरेका थिए । तनावका कारण कार्यक्रमका सहभागी केहीबेर बाहिरै बसेका थिए ।
पर््रदर्शनकारी महिलाहरूले आयोजकले नारी अस्मिताको अपमान र बिक्री गरेको आरोप लगाउ“दै चर्को नाराबाजी गरे । नारबाजीका कारण उक्त क्षेत्रको सडकसमेत केहीबेर अवरुद्ध भएको थियो । पर््रदर्शनमा माओवादीको सहायक संगठन बाईसीएलका कार्यकर्तासमेत सहभागी थिए । उनीहरूले हात बा“धेर माओवादी महिला नेतृको सुरक्षा गरेका थिए ।
प्रहरीले केही पर््रदर्शनकारीले केन्द्रको प्रवेशद्वार तोडफोड, भीडबाट ढुंगा प्रहार गरेपछि तितरबितर पार्न बल प्रयोग गरेको बताएको छ । पर््रदर्शनकारीले बानेश्वरमा निर्माण गरेको मूलगेट र सम्मेलन केन्द्रको पश्चिम गेटमा सजाइएका बोर्डमा आगो लगाएका थिए । यसैगरी माओवादीनिकट जनसांस्कृतिक महासंघले शनिबार विज्ञप्ति जारी गरी प्रहरी दमनको भर्त्सना गरेको छ । महासंघले पर््रदर्शनकारीलाई घेरा हालेर लाठीचार्ज गर्नु अमानवीय र निन्दनीय कार्य भएको बताएको छ । विज्ञप्तिमा प्रहरीको लाठीचार्जबाट महासंघका केन्द्रीय सदस्य विष्णु भण्डारी, इन्द्रबहादुर थिङ, प्रदीप देवानसहित १२ जना गम्भीर घाइते भएको बताएको
छ । महासंघका अध्यक्षर् इश्वरचन्द्र ज्ञवालीद्वारा जारी विज्ञप्तिमा पर््रदर्शनमा प्रहरीले गिरफ्तार गरेका मोहनलाल श्रेष्ठको रिहाइ र लाठीचार्ज गर्ने शुरक्षाकर्मीमाथि कारबाहीको माग गरेको छ । यसैबीच नेकपा मसालले पनि सा“झ प्रतियोगिताको विरोध गर्दै सम्मेलन केन्द्रको मूलगेटमा नाराबाजी गर्‍यो । उक्त पार्टर्ीीे महिला संघकी अध्यक्ष सर्ूया थापाको नेतृत्वमा गठन गरिएको 'सुन्दरी प्रतियोगिता विरोध समिति' ले पनि नारीको क्षमताको आधारमा कदर गरिनुपर्ने माग गर्दै पर्ूव गेटमा राखिएको बोर्ड तोडफोड गरी आगो लगाएको थियो । पछिल्लो पर््रदर्शनमा राजा र दरबारविरुद्धसमेत चर्को नाराबाजी गरेका थिए ।


No comments:

Post a Comment