कोही सोखले कान, आँखा, गालामा मुन्द्रा लगाउँछन्, कोही कपाल रंग्याएर पाल्छन् । यो आधुनिक जमानामा क्याजुअल ड्रेसअप, हिपपप डे्रसमा हिँड्ने युवापुस्तालार्इ हेर्दा यस्तो लाग्छ शहरमा मात्रै होइन हाम्रै गाउँघरमा पनि केटाकेटीहरुले फेसनमा आफूलार्इ समाहित गर्दैछन् । अब भने त्यस्ता फेसन र त्यसको उन्मादले जन्माएको त्रिmयाकलापप्रति युवा युवतीहरु सचेत हुनै पनर्े भएको छ । भोटेओडारस्थित इलाका प्रहरी कार्यालयले तत्संग सम्बन्धीत आवारा केटाहरुलार्इ नियन्त्रण्ामा लिने र सचेत गनर्े काम अभियानको रुपमा थालेको छ । प्रहरीले फेसनको नाममा मुन्द्रा लगाउने आवारगर्दी, गुण्डागर्दी गने, गाँजा भाङ खाने युवाहरुलार्इ रातीको २ बजेपनि खोजी खोजी कारबाही गनर्े गरेको इलाका प्रहरी कार्यालयका इञ्चार्ज तेजबहादुर थापाले बताए । यस्तै फेसनमा रमाउने र आवारागर्दी गनर्े भोटेओडारका विकास गुरुङ,, लोकराज गुरुङ, घण्टा गुरुङ लगायतबाट प्रहरीले खुकुरी समेत बरामद गरेको प्रहरीले जनाएको छ । चौकीका इञ्चार्ज थापाले अब भोटेओडार क्ष्ोत्रमा, गुण्डागर्दी गनर्े, केटी जिस्काउने, होहल्ला गनर्ेलार्इ कडा कारबाही गनर्े जनाएका छन् ।
No comments:
Post a Comment