नेपाली कांग्रेसका महामन्त्री तथा अन्तरिम सरकारका शान्ति तथा पुननिर्माण्ा मन्त्री रामचन्द्र पौडेलले कांग्रेसको एकिकरण्ा छिट्टै हुने बताएका छन् । नेपाली कांग्रेस लमजुङ इलाका नं. ४
åारा मंगलवार सोतिपसलमा आयोजित आमसभालार्इ सम्वोधन गर्दै प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका पौडेलले भने('वर्तमान अवस्थामा देशमा थुप्रै चुनौतिहरु छन् र ती चुनौति थेग्न कांग्रेसको एकीकरण्ा अनिवार्य छ ।' उनले प्रजातन्त्रवादीहरु एक ठाउँमा गोलबन्द हुनुपनर्े आवश्यकता आैंल्याए । 'तपार्इँहरु ढुक्क हुनुहोस्, कांग्रेसको एकता छिट्टै हुन्छ, दुर्इ कांग्रेस नमिली सुखै छैन'( पौडेलले भने । सरकारको मूख्य एजेण्डा भनेको संविधान
सभाको चुनाव भएकाले त्यो सम्पन्न नभएसम्म विकास निर्माण्ाका कार्यहरुप्रति आशावादी नबन्न उनले आग्रह गरे । राजनीतिक विकास नभइ भौतिक विकास सम्भव छैन भन्दै पौडेलले नेपालमा राजनीतिक विकास हुन नसकेकाले विकास निर्माण्ाका काममा बाधा पुगेको स्पष्ट पारे । सशस्त्र åन्द्धका त्रmममा ध्वस्त भएका भौतिक संरचनाहरुको पुन:निर्माण्ा तथा नयाँ विकास निर्माण्ाका कार्यहरु गनर्ु अहिलेको चुनौति हो' ( पौडेलले भने । नेपाली कांग्रेस इलाका नं. ४ का सभापति वद्रीनाथ कोइराला
को अध्यक्ष्ातामा सम्पन्न कार्यत्रmममा अन्तरिम संसद्का सांसद रामवहादुर गुरुङ र हरिभत्तm अधिकारी, नेपाली काँग्रेस तनहँूका सभापति रघुनाथ पौडेल, लमजुङका सभापति क ृष्ण्ाप्रसाद कोर्इराला, उपसभापति शुभनाथ मिश्र, सचिव अजर्ुन पराजुली, पूर्व सभापतिहरु शंकर कान्त जोशी, चन्द्रबहादुर कुँवर, क्ष्ोत्रीय सभापतिहरु विष्ण्ाु
प्रसाद धिताल, गण्ोश न्यौपाने, महिला संघका केन्द्रीय सदस्य पार्वती राना महिला संघका जिल्ला अध्यक्ष्ा ज्ञानु शाह, दलित संघका अध्यक्ष्ा घोइरो कामी, महासमिति सदस्य डिकेन्द्र कँडेल, शिक्ष्ाक संघका अध्यक्ष्ा विष्ण्ाुहरी बास्तोला, नेविसंघका आनन्द त्रिपाठी, शैलेन्द्र घिमिरेलगायतका नेपाल सहितका वत्तmाहरुले समसामयिक राजनीतिका बारेमा प्रकास पारेका थिए ।




No comments:
Post a Comment