scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, April 24, 2007

नेपालको राष्ट्रिय गान-आशा सेढाई,अमेरिका

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेची-महाकाली
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल


ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।

बहुल जाति,भाषा, धर्म, संस्कृति छन्
विशालअग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।


नोट:-कुनै दिन् गीतकार लाई मन्डले को आरोप लागेर शन्का को घेरामा रहेको यो प्रस्ताबित राष्ट्रिय गान आज सम्सद ले पारीत गरेको छ नेपाली सेना लाई संगीत भर्न को लागि पठाइसकेको छ बिगत लग्भग एक बर्ष देखि नवजेको राष्ट्रिय गान अब नयाँ शब्द,धुन र संगीत को साथ बझ्नेछ

अमेरिकामा नेपाल -राजेन्द्र सेढाई,अमेरिका

अचेल अमेरिकाका शहरहरूका टोलटोलमा नेपालीहरूको वासना आउ“छ, कतै गुन्द्रुक र कतै तामाको गन्धका रूपमा । अविकसित मुलुकका मानिसहरूका लागि स्वप्न संसार बनेको अमेरकिामा आफ्ना लक्ष्य र सपनाहरू बोकेर आउने नेपालीहरूको सङ्ख्या बढ्न थालेपछि अमेरकिाका गल्लीहरूमा नेपालका यी दर्ुइ सनातनी तिहुनको वासना वा गन्ध फैलिनु अस्वाभाविक होइन । एक दशक पहिलेसम्म नेपाल पुगेका अमेरकिीहरूको आतिथ्य र सत्कारमा चर्ुर्लुम्म डुबेका हुन्थे पहु“चवाला नेपालीहरू । नेपाली घरको आतिथ्य स्वीकार गर्दा यी सनातनी तिहुनको बेढङ्गे स्वादमा कतिपय अमेरकिीहरू अलमलिन्थे । शिष्टाचारवश तिहुनको तारपिm पनि गर्ने गर्दथे । तिहुनले करामत देखाउ“थ्यो र पहु“चवालाका छोराछोरी शिक्षा आर्जनका लागि अमेरकिा पुग्ने गर्दथे । अहिले समय र परििस् थति त्यस्तो छैन । डीभी खुलेपछि पहु“च नभएका नेपालीहरू पनि अमेरकिा भित्रिएका भित्रिएकै छन् । अमेरकिीहरू पनि पहु“चवाला नेपालीहरूस“ग होइन, नन गभर्मेण्ट अर्गनाइजेसन्सका नेताहरूस“ग उठबस गर्न थालेका छन् । नेपालीहरू सुखको खोजमा देश छाडे पनि स् वाद र संस्कार छाड्दैनन् भन्ने कुरा अमेरकिीहरूले राम्ररी बुझेका छन् । सम्भवतः यसैकारण उनीहरू नेपाली समाजमा हुन थालेको सामाजिक र राजनीतिक रूपान्तरणको प्रक्रियालाई यथावत् स् वीकारहिाल्ने मनस्थितिमा देखि“दैनन् । शताब्दीयौ“देखि सांस्कृतिक जटिलताहरूमा जेलि“दै आएको पारम्परकि समाज यति सहज ढङ्गले परविर्तित होला भन्ने विश्वास उनीहरूमा देखि“दैन । त्यसैले पनि, अमेरकिीहरू नेपाली परविर्तनलाई असहज ढङ्गले हेररिहेका छन् । त्यसो त, सामान्य अमेरकिीहरूका लागि इराक नै कुहिरोमा छोपिएको कागजस्तो छ भने नेपाल त कता हो कता † तर, ह्वाइट हाउसका नीति-निर्माताहरू नेपाली समाजमा अहिले भइरहेको राजनीतिक प्रयोगको प्रामाणिकता कतिसम्म टिक्ने हो, त्यसको पर्यवेक्षण गर्दैछन् । राजा र राजनीतिक दलका नेताहरूको अलिकति पनि शाख बा“की नरहेकोमा अमेरकिी बुद्धिजीवीहरू द्विविधामा छैनन् । तर, माओवादीहरूको राजनीतिक आधिकारकितालाई सरलतापर्ूवक स्वीकार गर्ने पक्षमा पनि उनीहरू छैनन् । वामपन्थी राजनीतिको आधिकारकितालाई स्वीकार गर्ने राजनीतिक संस्कृति अमेरकिी संस्थापनमा छैन । त्यसो भयो भने यो अर्को आर्श्चर्य हुनेछ । वामपन्थी राजनीतिस“गको प्रतिस्पर्धा नै अमेरकिी राजनीतिको मूल तत्त्व हो । त्यसैले, अमेरकिीहरू नीतिगत रूपमा नै वामपन्थ र वामपन्थस“ग जोडिएको मध्यमार्गको विपक्षमा खडा हु“दै आएका छन् । वामपन्थलाई शासनमा स्वीकार नगर्ने तर वामपन्थी विचारलाई मौलाउन अविच्छिन्न आधार दिने अमेरकिी समाज र संस्थापनको एउटा विशिष्टता हो । अमेरकिाले वामपन्थी वैचारकि आन्दोलनहरूलाई ऊर्जाका रूपमा प्रयोग गर्दै आएको छ । अमेरकिी विश्वविद्यालयहरूमा देखिने तिखो वामपन्थी वैचारकि रुझान र हरेक विषयलाई आलोचनात्मक हिसाबले हर्ेर्ने बौद्धिक पद्धति अमेरकिाको मौलिकता नै बनिसकेको छ । यो कुरा बुझियोे भने नेपाली माओवादीप्रति अमेरकिी संशय र शङ्का त्यति अस्वाभाविक लाग्नु पर्दैन । नेपाली समाजमा अहिलेसम्म आएका मौलिक परविर्तनहरू र अब हुने परविर्तनका बारे अमेरकिी बुद्धिजीवीहरूको विश्लेषण सूचनाहरूको अपर्याप्तताका कारणले मात्र हो । अमेरकिी मात्रै किन - देशका भाग्य विधाताका रूपमा रहेका देशी नेताहरूले नै पनि नेपाली समाजमा आएको परविर्तनका आयतनहरूको अनुमान गर्न सकेका छैनन् । २०६३ वैशाख आन्दोलनको राप जति फैलिएको थियो र जति बाक्लो थियो, त्यसको श्रेय अहिलेका आठै राजनीतिक दलहरूले सम्पर्ूण्ामा लिन सक्दैनन् । कति आन्दोलनहरूको सङ् गमपछि जनआन्दोलनको महासागरको निर्माण हुन्छ, यो मानिसको सहज अनुमानले थेग्ने विषय नै होइन । नेपाली समाजमा आएका परविर्तनहरूका बारे अमेरकिी बौद्धिक जनमतस“ग सञ्चार र संवादको अवस् था बन्नु अब देशको ठूलो आवश्यकता बनेको छ । जबसम्म सीमित स्वार्थहरूको सानो वर्गद्वारा सञ्चारति सूचनाहरू मात्र अमेरकिी समाजमा पुग्दछन्, तबसम्म अमेरकिी दृष्टिकोणमा परविर्तन ल्याउन सकि“दैन । नेपालमा कार्यरत एनडीआईदेखि कार्टर सेन्टरसम्मका संस्थाहरूमा एउटा सानो र असजिलो वर्गको मात्र पहु“च देखिएको छ । यो वर्गले नेपालमा भएका परविर्तनहरूलाई सहज रूपले ग्रहण गर्न नचाहने अनुदारवादीहरूको प्रतिनिधित्व गर्दछ । अहिलेको आवश्यकता सानो नेपालका उपलब्धिहरूलाई अमेरकिाको विशाल वैचारकि फा“टस“ग जोड्नु हो । यसो नगरेसम्म न नेपालको महत्त्व स्थापित हुन्छ, न त सही परप्रिेक्ष्यमा यसको उज्यालो तस्वीर नै प्रस्तुत हुन सक्दछ ।

No comments:

Post a Comment