काठमाडौं, वैशाख ११, सत्तारूढ प्रमुख दलहरू र नागरिक समाजका प्रतिनिधिले तत्काल गणतन्त्र घोषणाको प्रतिबद्धता जनाएका छन् । राजधानीको वसन्तपुरमा आयोजित नागरिक सभामा उनीहरूले अब गणतन्त्रका दिन आउने बताए पनि कसरी भन्ने प्रस्ट पारेनन् । सभामा जनआन्दोलनमा मुख्य भूमिका निर्वाह गरेका नागरिक समाजका प्रतिनिधि, कांग्रेस, एमाले र माओवादीका शर्ीष्ा नेता सहभागी थिए । लोकतान्त्रिकरगणतान्त्रिक कलाकार र नाट्यकर्मीहरूसमेत सहभागी सभाका सबैले गणतन्त्र घोषणाको माग गरे । राजा ज्ञानेन्द्र दक्ष्ँिणकालीमा मंगलबार भाकल गर्न गएकोतर्फसंकेत गर्दै कांग्रेस महामन्त्री रामचन्द्र पौडेल
ले २०६५ सालमा राजगद्दी नरहने दाबी गरे । ुभाकलले राजगद्दी रहनेवाला छैन,ु उनले भने( ुतपाईंहरूले आगामी २०६५ सालमा राजगद्दी देख्न पाउनुहुने छैन ।ु पौडेलले बोलिरहेका बेला आक्रोशित समूहले होहल्ला गरेको थियो । होहल्लाबीच पौडेलले भने( ुअहिलेको स्थिति आठ दलको एकताले आएको हो । लोकतन्त्र कसैको मुख थुन्न आएको होइन, बोल्ने स्वतन्त्रताका लागि हो ।ु देश गणतन्त्रमय भइसकेको उल्लेख गर्दै उनले भने( ुमुलुकलाई सक्दो चा"डो संविधानसभामा लगेर गणतन्त्र स्थापना गर्र्छौं ।ु पौडेलले बोलिरह"दा पानीको बोतल, कागजका टुक्रा र प्लेकार्डका लाठीले प्रहार गरिएको थियो । उत्तरतिरको उत्तेजित समूहले मञ्चमा आक्रमण प्रयास गरेको थियो । उक्त समूहलाई माओवादीको वाईसीएलले रोकेको थियो । कार्यक्रम सकिएपछि पनि उक्त समूहले मन्त्री पौडेलतर्फचप्पल, लाठी, जुत्ता र पानीको बोतल हानेको थियो । भीड नियन्त्रण गर्न गएको जनसेवाका प्रहरी निरीक्ष्ँकलाई भीडका युवाले आक्रमण प्रयास गरेका थिए । खुलामञ्चमा आयोजित कार्यक्रममा सहिदहरूको तस्बिर नराखेको, राजाको जय जयकार लेखिएको र सहिदप्रति मौनधारण नगरेको सहभागीहरूको गुनासो थियो । टु"डिखेलमै नाराबाजी गर्दा उनीहरूमाथि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । सोही समूह वसन्तपुरमा पुगेपछि बढी आक्रोशित भएको थियो । जनताको शक्तिबाट सबै छिनोफानो हुने उल्लेख गर्दै एमाले महासचिव माधवकुमार नेपालले जनताले गणतन्त्र घोषणाका लागि पात्रो हेरेर नबस्ने बताए । ुनेपाली जनताको संकल्पबाट तत्काल गणतन्त्र घोषणा गर्नुपर्छ,ु उनले भने( ुत्यसका लागि जनताले पात्रो र तिथिमिति हेरेर बस्दैनन् ।ु माओवादी अध्यक्ष प्रचण्डले अहिले विचार र नेतृत्वको अन्तरविरोध बढेको भन्दै अन्तरिम संसद्बाट गणतन्त्र घोषणा गरेर अघि बढ्नुपर्ने दोहोर्याए । ुअन्तरिम व्यवस्थापिकाबाट गणतन्त्र घोषणा गर्नेमा एकमत हुन सकिएन भने तपाईं (जनसमुदाय० बीच आउनेछौं,ु प्रचण्डले भने । गत वर्षवैशाख ११ गते राति साढे ११ बजेको सहमति धोका भएको उनले बताए । ुदर्ुइ दिन आन्दोलन बढाएको भए गतवर्षौ गणतन्त्र आइसक्ने थियो,ु उनले भने( ु११ गते राति धोका भयो । हामीले पनि कमजोरी गर्यौं ।ु नेपाली जनता महान् भएको तर नेताहरू महान् हुन नसक्दा अहिलेको स्थिति आएको उनले बताए । आफूहरूले सञ्चालन गरेको दसवर्षो ुजनयुद्धु लाई बिर्सन खो जिएको उल्लेख गर्दै प्रचण्डले भने( ुअहिलेसम्मको स्थिति दसवर्षो जनयुद्धको जग र शान्तिपर्ूण्ा जनआन्दोलनको पmयुजन हो ।ु जनताले राज्य सञ्चालनका लागि जिम्मा दिए पनि नेताहरूले त्यो भावनाअनुसार काम गर्न नसकेकामा नागरिक समाजका प्रतिनिधिहरूले आक्रोश व्यक्त गरे । ुखोइ जनदमनकारीहरूलाई कारबाही गरेको (,ु बार एसोसिएसनका पर्ूवअध्यक्ष्ँ शम्भु थापाले प्रश्न गरे( ुसंविधानसभा हुन नदिने को हो (ु गणतन्त्रको माग राखी संसद् अवरुद्ध बनाउन उनले आग्रह गरे । ुसंसद्मा कुन सांसद राजतन्त्रको पक्षमा जान्छ जनतालाई चिनाइदिनुहोस्,ु उनले भने । पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीले संसदको शून्य समयमा गणतन्त्रको प्रस्तावलाई र्सार्वजनिक महत्त्वको विषय बनाएर राजतन्त्र समाप्त गर्न आग्रह गरे । गणतन्त्र स्थापना गर्न दललाई अप्ठेरो परेको भए जनता अझै सघाउन तयार रहेको आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शर्ेपाले बताए । ुदललाई गणतन्त्र घोषणा गर्न अप्ठेरो परेको छ भने जनता अझै सघाउन तयार छन्,ु शर्ेपाले भने( ुअसार मसान्तमा बजेट भाषणमा राजालाई के कति रकम दिइन्छ त्यो हर्ेन बा"की छ ।ु राजनीतिक विश्लेषक सीके लालले जनप्रतिनिधिको कानुनको सर्वोच्चता हुनुपर्ने बताए । दलहरूलाई युवाहरूको रगत र भूमिका चाहिएको नेविसंघका पर्ूवअध्यक्ष्ँ गुरुराज घिमिरेले बताए । अखिलकी उपाध्यक्ष रामकुमारी झा"क्रीले नया" मान्यताका आधारमा नया" नेपाल बनाउनुपर्ने बताइन् । लोकतान्त्रिक अँन्दोलन दिवस( २०६४ का संयोजक पद्मरत्न तुलाधरले जनआन्दोलन जारी रहेको बताए । सभामा कलाकारहरू महजोडी, गायकहरू नन्दकृष्ण जोशी, बद्री पंगेनी, मञ्जु गुरुङ, माधव प्रधान, रुवीन गर्न्धबलगायतले गणतन्त्रवादी गीत गाएका थिए । गुरुकुलका नाट्यकर्मीहरूले नाटक र मनोज गजुरेलले व्यंग्य गरेका थिए । झरीका कारण रामेश, रायनले गीत गाउन पाएनन् । समय अभावकै कारण नागरिक समाजका श्याम श्रेष्ठलगायत केही वक्ताले सम्बोधन गरेनन् । सभामा भँैतिक योजना तथा निर्माणमन्त्री हिसिला यमी र सांसदहरू पनि सहभागी थिए । मध्याह्न १२ बजे कलंकीबाट जुलुस सुरु भई वसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । सभामा हजारौं र्सवसाधारण, सहिद तथा बेपत्ताका परिवार र जनआन्दो लनका घाइतेहरू सहभागी थिए । गणतन्त्रबारे गीत र व्यंग्यमा नेताहरूले केही गर्न नसकेकोप्रति आलोचना गर्दा व्यापक हुटिङ र ताली बज्ने गरेको थियो ।

No comments:
Post a Comment