scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Monday, April 9, 2007

संविधानसभा चुनाव नभए दुर्घटना हुन्छ: देव गूरुङन--वीनराज कुइकेलबेसीशहर

लोकतान्त्रिक गण्ातन्त्रका निम्ति तोकिएको समयमा संविधानसभाको चुनाव सम्पन्न हुन सके राजतन्त्रको समाप्ति निश्चित रहेको अन्तरिम सरकारका स्थानीय विकास मन्त्री देव गुरुङले बताएका छन्‍ । बुधबार बेसीशहरमा आयोजित माओवादी निकट तमु राष्टि्रय मुत्तmि मोर्चाको तेस्रो जिल्ला सम्मेलनको उद्‍घाटन गर्दै मन्त्री गुरुङले तोकिएको समयमा संविधानसभाको चुनाव सम्पन्न भएमा सामन्त राजतन्त्रको सामूल नष्ट हुन्छ भन्दै चुनाव हुन नसके देश दुर्घटनामा पनर्े चेतावनी दिए । मन्त्री गुरुङले संविधानसभाको चुनाव हुन नदिन राजावादी, हिन्दू अतिवादीका साथै देशीविदेशी प्रतिगामी शत्तmिहरुले आठ दलको गठवन्धनलार्इ फुटाउन खोजेको बताए ।'विभिन्न नियोजित घटना घटाएर दोष्ा माओवादीलार्इ थुपार्दै जंगल फर्काउन खोजिएको छ्‍' उनले भनेे( राजा ज्ञानेन्द्र र सिमाबर्ती
हिन्दु अतिवादीहरुको मिलिमोतोमा तरार्इमा नर संहार मच्चाएर तरार्इलार्इ सिक्कीम बनाउन खोजिएको उनको आरोप थियो । गौर घटना भारतीय अतिवादीहरुले नेपालको सार्वभौमसत्तामाथि गरेको आक्रमण्ा भएको उनले बताए । अहिलेको मूख्य समस्या राजनीतिक निकास हो भन्र्दै मन्त्री गरुङले लोकतान्त्रिक गण्ातन्त्र स्थापना नभएसम्म आर्थिक सामाजिक विकास सम्भव नरहेको बताए । छोटो समयको अन्तरिम कालमा सम्पूर्ण्ा विकास सम्भव छैन भन्दै मन्त्री गुरुङले मुलुकमा शान्ति सुरक्ष्ाा कायम गरी संविधान सभाको निर्वाचन गनर्ु सरकारको मुख्य काम हो भने । विभिन्न जातजाति र वर्गका आन्दोलन जायज छन्‍, समस्या ज्यू का त्यूँ छन्‍ भन्दै मन्त्री गुरुङले आत्मनिर्ण्ायको अधिकार, संघीय राज्य जस्ता समस्या संविधानसभाबमे निर्वाचन पछि मात्र समधान हुने स्पष्ट पारे । सम्मेलनमा माओवादी केन्द्रीय सदस्य हितराज पाण्डे, तमु राष्टि्रय मुत्तmि मोर्चाका अध्यक्ष्ा अमर तमू, अन्तरिम व्यवस्थापिकाका विधायिका सावित्रा तमू, तम" राष्टि्रय मुत्तmि मोर्चाका केन्द्रीय महासचिव रामकाजि तमु लगायतले मन्तव्य दिएका थिए । सम्मेलनले हरिप्रसाद तमुको अध्यक्ष्ातामा नयाँ ३९ सदस्यीय जिल्ला समितिको चयन गरेको छ । समितिको उपाध्यक्ष्ामा सिंहबहादुर तमु र टकमाया तमु, सचिवमा श्यामकुमार तमु, कोष्ााध्यक्ष्ा देवी तमु र सह सचिवमा टकबहादुर तमु रहेका छन्‍ ।

No comments:

Post a Comment