अन्तरिम सरकारका स्थानीय विकास मन्त्री देव गुरुङले जनताका समस्या तुरुन्त हल गर्न कर्मचारीलार्इ निदर्ेशन दिएका छन् । बुधबार बेलुका जिल्ला विकास समितिको सभाहलमा आयोजित एक कार्यत्रmमा जिल्लास्थित कार्यालयका प्रमुखहरुलार्इ निदर्ेशन दिँदै मन्त्री गुरुङले हालसम्म कर्मचारीतन्त्रमा देखिँदै आएको ढिलासुस्ती, विक ृति र विसंगतिको अन्त्य गरेर जनताको मन जित्न आग्रह गरे । उनले भने(' धेरै होइन, कमसेकम जनतालार्इ राहत दिन उनीहरुको काम छिटो छरितो, र विगतमा तजर्ुमा भएका योजनाहरुको प्रभावकारी ढंगले कार्यान्वयन गनर्ेतफ अग्रसर हुन जरुरी छ ।' उनले आर्थिक बर्ष्ा करीब समाप्त भैसक्दा लागेको तफ सचेत गराउँदै आएको विकास बजेट पि्रmज हुन नदिन सजगता अपनाउन पनि कार्यालय प्रमुखहरुलार्इ निदर्ेशन दिए । एकले अर्कालार्इ आदेश दिनुपनर्े कर्मचारी तन्त्र (ब्युरोत्रmेसी) को नियमका कारण्ा जनताका काममा ढिलासुस्ती हुँदै आएको यथार्थ हो भन्दै उनले विगतका कमजोरी सच्याएर व्यवहारिक र कानुनी जटिलतालार्इ ध्यान दिइ काम सम्पन्न गर्न निदर्ेशन दिए । भ्रष्टाचार, ढिलासुस्ती, बेरुजु र चुहावटलार्इ कम गर्दै लैजानपर्छ भन्दै उनले भने('आमूल हैन, कमसेकम सुधार गर्न सकिए पनि जनताको लागि ठूलो राहत हुन्छ ।' अन्तरिम सरकारको मूख्य उद्देश्य नै देशमा स्वतन्त्र र भयरहित वातावरण्ामा संविधान सभाको निर्वाचन सम्पन्न गनर्े भएकाले त्यसमा सहयोग गर्न कर्मचारीहरुलार्इ उनले आग्रहसमेत गरे । निर्वाचनका लागि अवश्यक नियम कानुन सरकारले बनाउन लागेकाले चुनावको तयारी गर्न पनि मन्त्रीलेे निदर्ेशन दिए । शान्ति सुरक्ष्ााको स्थिति मजबुत बनार्इ निर्वाचन अवरुद्ध हुने खालका कुनै गतिविधि हुन नदिन पनि मन्त्रीले सो अवसरमा निदर्ेशन दिएका थिए । 'सानो कामले पनि निर्वाचन अवरुद्ध हुन सक्छ त्यसैले त्यसमा सचेत रहनुपर्छ'( उनले भनेे । जिल्लामा आइपनर्े समस्याहरु सर्वदलीय वैठक बोलार्इ समाधान गर्न सुभmाव दिँदै मन्त्री गुरुङले राजनीतिक र विकास निर्माण्ाका कार्यहरु ८ दलसंग समन्वय गरेर मात्र गर्न निदर्ेशन दिए । मन्त्री गुरुङले बिहीबारै निर्माण्ााधीन बेसीशहर चामे सडकको निरिक्ष्ाण्ा पनि गरे । सदरमुकाम बेसीशहरबाट मनाङ सदरमुकाम चामे जोड्ने कूल ६२ किलोमिटर सडकको हालसम्म करीब ३० किलोमिटर दूरीसम्म मोटर पुगेको छ ।
No comments:
Post a Comment