scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Monday, April 23, 2007

सम्बन्ध विच्छेदका मुद्दा बढे-अर्जुन् पाण्डे,बेसीशहर

जिल्ला अदालतमा लेनदेन र सम्बन्ध विच्छेदका मुद्दाहरु अन्य मुद्दाको तुलनामा अत्याधिक रहेको जिल्ला अदालतले जनाएको छ । अदालतको तथ्याÍ अनुसार गएको फागुन मसान्तसम्म विभिन्न ९८ वटा मुद्दाहरु फछ्‍र्यौट हुन बाँकी छन्‍ । फागुन मसान्तभित्र ८५ देवानी मुद्दा परेकामा २७ वटा फछ्‍र्यौट भएका थिए । त्यस्तै ७२ फौज्दारी मुद्दा परेकामा ३२ वटा फछ्‍र्यौट भएका छन्‍ । अन्य जिल्लाको तुलना गर्दा लमजुङमा कम मात्रामा मुद्दा परे पनि परेकामध्ये लेनदेन र सम्बन्ध विच्छेदका मुद्दा अत्याधिक रहेका अदालतका श्रेस्तेदार दीपक ढकालले बताए । उनका अनुसार ०६३ साउनदेखि फागुन मसान्तसम्म ३१ वटा लेनदेन र २५ वटा सम्बन्ध विच्छेदका मुद्दाहरु अदालतमा परेका थिए । त्यसो त जिल्लामा लेनदेन र श्रीमान्‍ श्रीमतीको भmगडा अत्याधिक हुने गरेको छ । ती मध्ये अधिकांश सामुदायिक सेवा केन्द्रले हल गर्दै आइरहेको छ । त्यस्तै लोग्ने स्वास्नीको भmगडा, बहुविवाह, लेनदेन मुद्दा माओवादीको पार्टी कार्यालयमा समेत पनर्े गरेका छन्‍ । माओवादी पार्टी कार्यालयका अनुसार पार्टीले मुद्दाको छिनोफानो नगरे पनि त्यस्ता मुद्दाहरु मिलापत्र गराइदिन पिडितहरु पहिलेभmैं आउने गरेका छन्‍ । सरकारी वकिल कार्यालयमा सरकारवादी मुद्दा अत्यन्त कम परेको बताउँदै जिल्ला न्याधिवत्तmा तोयानाथ पौडेल भन्छन्‍( म लमजुङ आएको ५ महिना भयो तर बलत्कार र ज्यान मुद्दाका ६ वटा मुद्दा मात्रै दर्ता भएका छन्‍ ।'

No comments:

Post a Comment