
बच्चाहरु रोए भने अक्सर हामी के गर्छौँ ? फकाउँछौँ । तर जापानमा भने रुवाउने पनि प्रतियोगिता हुँदो रहेछ।

अस्ति शनिबार यस्तै प्रतियोगिता जापानको राजधानी टोक्योमा भयो। यो फोटोमा तपाईँ दुई भुस्तिघ्रे सुमो रेस्लरहरु बच्चाहरुलाई रुवाउने प्रयास गरिरहेको देख्न सक्नुहुन्छ। क्राइङ सुमो नामको यो प्रतियोगितामा ७० जना एक वर्ष नपुगेका शिशुहरु सहभागी भएका थिए। यस्तो प्रतियोगिता त्यहाँ वर्षेनी हुने गर्छ। सेन्सो जी मन्दिरमा भएको यो प्रतियोगितामा सहभागी हुने शिशुहरु स्वस्थ हुने मान्यता छ।

No comments:
Post a Comment