यतिबेला लमजुङको राजनीतिको केन्द्रविन्दु मस्र्याङदी नदी र त्यसमा बन्ने मोटरेवल पुल बनेको छ । जिल्लालार्इ दुर्इ चिरामा विभाजित गरी बहेको मस्र्याङ्दीमा मोटर चल्ने पुल निर्माण्ा गरी दुर्इ भागमा विभाजित लमजुङलार्इ एक गराउनु अहिलेको प्रमुख दायित्व हो । तर पुल बन्ने तरखर भइरहकै बेला विभिन्न पार्टी, समुदायबीचको खिचातानीले गर्दा बष्र्ाौ पछि साकार हुन लागेको पूर्वी लमजुङका बासीन्दाको सपना चकनाचुर हुने संकेत देखा परेको छ । केही समय अघि पाउँदीमा बन्न लागेको पुलमा भाँजो हालेर यसको सुरुवात गरिएको हो । अहिले यो रोग भोटेओडारमा सरेको छ । भोली त्यहाँबाट उदीपुर(चिती, गाउँशहर(बाँभmाखेत(बेसीशहरमा नसर्ला भन्न सकिन्न । पुलको विष्ायलार्इ लिएर केही समय अघि पाउँदी र पूर्वी लमजुङका विभिन्न गाविसका बासीन्दा आन्दोलनमा उत्रिए । उनीहरुको गतिविधिले आन्दोलनको रुप लियो, सडक जाम भयो र आखिर विवादको विष्ायले केन्द्रबाट छिनोफानो हुने अवसर पायो, जनताको सास्तीले विश्राम लियो । विभिन्न महत्वपूर्ण्ा काम लिएर सवारी साधनबाट आवत जावत गनर्े सर्वसाधारण्ादेखि ठूलाबडासम्म सडकजामले प्रभावित बनेका थिए । अहिले आन्दोलन र सडकजामको रोग भोटेओडारमा बल्भmेको छ । स्थानीय बासीन्दाले भोटेओडार(बेलघारीलार्इ जोड्ने गरी मोटरेवल पुलको माग गरेर आन्दोलन गरेका छन् । भोटेओडारको बगैंचा र सिउँडीबारमा बाधा उत्पन्न गराएर सदरमुकामबाट छुट्ने र आउने सवारी साधनलार्इ रोक्ने काम भइरहेको छ । स्थानीय बासीन्दाले बेलघारी पुल निर्माण्ा सरोकार तथा संघर्ष्ा समिति गठन गरेर सवारी आवागमनमा बाधा उत्पन्न मात्र गराएका छैनन्, बजार समेत बन्द गरेका छन् । दीर्घकालीन रुपमा समस्याको समाधान गर्न, अधिकांश पूर्वी लमजुङेलाइ लाभान्वित तुल्याउन र भोटेओडारको व्यापारलार्इ प्रवर्द्धन गर्न पनि सो पुलको माग गरिएको छ । उनीहरु राजनीतिक पार्टीहरुप्रति रुष्ट देखिएका छन् । राजनीतिक असहमतिका कारण्ा नै पुलको भविष्य अन्यौल भएको ठान्ने उनीहरुले दलका नेता विरुद्ध चर्का नाराबाजी गरेको पनि सुनिन्छ । जिल्लाका ठूला दल भन्ने एमाले र कांग्रेस भोटेओडार(बेलघारी पुल भन्दा पाउँदीमा पुल निर्माण्ा गर्न जोड दिइरहेका छन् । दुर्इ सांसदहरुसमेत पूर्ववत् सहमति अनुसार पाउँदीमै पुल बन्नुपनर्े तर्क गरिरहेका छन् । यसबाट भोटेओडार र मस्र्याङ्दी पारी केही गाविसका जनताहरु रुष्ट छन् । दल र तिनका नेताहरु पाउँदी वा भोटेओडार दुबै ठाउँमा मोटरेवल पुल चाहिन्छ भन्ने पक्ष्ामा छन् तर प्रथामिकताको आधारमा पहिलो पुल पाउँदीमा बन्नुपनर्े उनीहरुको मत छ । उता भोेटेओडार र आसपासका गाविसका बासीन्दा भने ताकर्ुघाटमा मोटरेवल पुल बनिरहेको ेहुनाले नजिकैको पाउँदीमा भन्दा भोटेओडारमा पुल बन्नुपनर्े तर्क राखिरहेका छन् । संघर्ष्ा समितिका संयोजक शरदकुमार श्रेष्ठ आफूहरु पाउँदीमा बन्न लागेको पुलको विरोधी नभएको बताउँछन् । उनी भन्छन्( '२०५६ सालमा केन्द्रय योजनामा परेको भोटेओडार(बेलघारी पुलमा राजनीति गरी ताकर्ुघाटमा सारियो, अहिले ताकर्ुघाटमा पुल बनिनसक्दै पुन: २ किलोमिटरको पाउँदीमा अर्को पुल निर्माण्ा गरिँदैछ भने भोटेओडार क्ष्ोत्रमा पुलको आवश्यकता किन देखिँदैन ?' पुलको माग गर्दै भोटेओडारमा गत जेठ ७, ८ र ९ गते त्रmमश: ३, ४ र ५ घण्टा यातायात र बजार पनि सोही अनुसार बन्द गरिएको थियो । शुत्रmबारबाट बजार र यातायात समेत अनिश्चितकालसम्मका लागि पूर्ण्ा रुपमा ठप्प बनाइएको छ । सरोकारवाला आन्दोलनकारीले प्रतिष्ठाको लडार्इका रुपमा यसलार्इ लिएका कारण्ा केन्द्रीय पहल नभै समस्या समाधान नहुने संंकेत देखिएको छ । यसबाट सर्वसाधारण्ा मर्कामा परिरहेका छन् । पुलको विष्ायलार्इ लिएर बन्द, हड्ताल र चक्काजाम गरेर स्थितिलार्इ भयावह बनाउनु भन्दा आपसी समभmदारीले यसलार्इ टुंग्याउनुपनर्े सर्वत्र आवाज आउन थालेको छ । निर्माण्ााधीन पाउँदी हर्राबोट पुलमा लगानी भइसकोले त्यसलार्इ अवरुद्ध पार्न नहुने एउटा तर्क छ भने भोटेओडारमा पनि मोटरेवल पुलको आवश्यकता रहेकाले आवश्यक पूर्वाधार तयार गरी निर्माण्ामा जोड दिनुपनर्े अर्को तर्क छ ।
No comments:
Post a Comment