scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, May 1, 2007

आन्दोलनको भावना पूरा होला त ?-नवीनराज कुइकेल

२०५९ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विगटन गरी माओवादी माथि थप आत्रmमण्ा शुरु गरेपछि संसदवादी दलहरु कमजोर बन्दै गएका मौका छोप्दै राजा ज्ञानेन्द्रले असोज १८ मा शाही कदम शुरु गरे । राजाको कदम पछि विजारोपण्ा भएको समनता र संविधानसभाको आकंक्ष्ाामाथि दरवारले संविधानको धारा १२७ को त्यान्द्रो समातेर माग १९ को कुठारघात गरेपछि परिस्थिति थप जटीले बनेको थियो । दरबार हत्याकाण्ड पछि कमजोर बन्दै गएको दरबारका लागि १८ असोजको सो कदम र माघ १९ को घोष्ाण्ाा विस्तारै आत्मघाती सावित हुँदै गयो । सधै दरवार परस्थ दर्शन भेटको राजनीति गर्नै आरोप खेप्दै आएका संसदवादी दलले सडक र डवलीमा संसदको वैठक ताक्न थालेको तीन वर्ष्ा वितेको थियो । २०५९ साल जेठ ८ गते विघटन गरीएको प्रतिनिधि सभामा रहेका सबै दल एउटै विन्दुमा उभ्भिएको थिए र चरम दमनका वावजुत आन्दोलनले उचार्इ लिइरहेकेा थियो । संविधानको मनोगत व्याख्या छाडेर संवैधानिक सर्वोच्चता स्वीकार गर्न पटक पटक राजालार्इ आग्रह गर्दै आएका प्रमुख संसदवादी दलले विद्रोह गरिरहेको माओवादीसँग दिल्ली संम्भmौता गरेपछि परिस्थिति निरासजन्य बन्दै गयो । भ्रष्टचार नियन्त्रण्ा, शान्ति सुरक्ष्ाा, सुशासन र एक्काइसौ शताव्दीको प्रजातन्त्र जस्ता १२ वुदेँ शाही सरकारका प्रतिज्ञा पत्र विफल भएपछि आलोचित वनेका राजालार्इ जन अधिकार र राजकीय अधिकार त्याग्न चौतर्फी दवाव बढ्‍दो थियो । राजालार्इ राजनीतिमा आउने बहाना बनेका माओवादी वष्ौर्ाै लडेेर पाउन नसक्ने उपलव्धि संसदबाटै खोज्ने कुरामा तयार बनिसकेका थिए । संसदवादी दलको आन्दोलनमा विना हातहतियार एेक्यवद्धता जनाउने सार्वजनिक प्रतिवद्धता सहित माओवादीले विना शर्त फौजि कारवाही बन्द गनर्ु राजाका लागि अर्को धक्का बन्यो । बन्दुक, बुट, जनअधिकार र राज्यको ढुकुटी हातमा लिएर बसेको दरवार र जनताको थेगी नसक्नु समर्थन पाएको दलबिच प्रत्यक्ष्ा लडार्इ थियो १९ दिन लोकतान्त्रिक जनआन्दोलन । २०४६ सालको आन्दोलन सफल भएको दिन चैत्र २६ गतेबाटै शुरु भएको लोकतान्त्रिक आन्दोलनलार्इ सम्पूर्ण्ा विश्वले नजिकबाटै निहालिरहेकेा थियो । देश व्यापी दमन, डरलाग्दो वरर्वरता, दिनहूँ जसो थपिदै गएका सहिद र घाइते । राजाले बैशाख ९ गते दिएको सम्बोधनले आन्दोलनलार्इ प्रभावित पार्न सकेन । बन्दुकको वलमा प्रभुत्व देखार्इरहेका राजाको अस्तित्व खुम्चिदै गयो । यस बीचमा १५ जना सहिद भइसकेका थिए भने ५००० हजार आन्दोलनकारी जीवन मरण्ाकोबीचमा उपचार गरार्इरहेका थिए । अनन्त बैशाख ११ गते सोमबार राजाले जनताको नासो जनतालार्इनै सुम्पिएको घाष्ाण्ाा गनर्ुपर्‍यो र २०५९ साल जेठ ८ गते मध्यरातमा भङ्ग भएको संसद २०६३ साल बैशाख ११ गते मध्यरातमै पुन:स्थापित भयो । लोकतान्त्रिक दिवसको यस सुखद क्ष्ाण्ामा बर्चस्वको दौडमा उत्रिएको प्रमुख दलले लोकतान्त्रिक आन्दोलनको भावना पुरा गर्लान्‍ त ? प्रश्न अनउत्तरीत छ ।

No comments:

Post a Comment