जिल्लास्थित गाउँ विकास समितिका सचिवहरुले स्थानीय निकाय छिटो गठन गरी कर्मचारीबाट बहन गनर्ुपनर्े थप भारको अवस्थालार्इ अन्त्य गर्न माग गरेका छन् । जेठ १० गते गाविस सचिव हक हित संरक्ष्ाण्ा केन्द्र जिल्ला तदर्थ समिति लमजुङले प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलार्इ एक एक ज्ञापनपत्र पेश गर्दै यस्तो माग गरेको हो । सचिवहरुले निजामति सेवामा कार्यरत रही पदीय दायित्वको कुनै सिमाÍन नगरिकन स्थानीय निकायमा सम्पादन गनर्ुपनर्े जुनसुकै कार्यको जिम्मेवारी गाविस सचिवलार्इ तोकिने दुखेसो ज्ञापनपत्रमा पोखेका छन् । कार्यसम्पादन गनर्े सिलसिलामा हुने अपजस सचिवहरुलार्इ दिने र जस अन्य निकाय र कर्मचारीले लिने प्रव ृत्त िप्राक ृतिक न्याय सिद्धान्त विपरितको काम भएको पनि उनीहरुले बताएका छन् । सचिवहरुले राजनीतिक दल, संघसंस्था र व्यत्तmिहरुबाट अनुचित दवाव दिने, आर्थिक सहयोग माग्ने, कुटपीट, अपहरण्ा र ज्यान लिने धम्की लिने समेत आउने गरेको बताएका छन् । ज्ञापनपत्रको साथमा ३२ सुत्रिय मागहरु समावेश गरिएका छन् । समाविष्ट मागहरुमा १० लाख रुपैयाँ बराबरको दुर्घटना विमा उपलब्ध गराइनुपनर्े, तलब भत्ता व ृद्धि, र ध्वस्त भएका भौतिक संरचना पुननिर्माण्ा हुनुपनर्े तथा गाउँ फर्कन पाउनुपनर्े वातावरण्ाको मागसमेत गरेका छन् । उनीहरुले देशब्यापी रुपमा यही जेठ २२ गते कालो पट्टी बाँधेर काम गनर्े, ३० र ३१ गते १ घण्टा काम बन्द गनर्े र त्यसपछि पनि माग पुरा नभए कडा आन्दोलनका साथ अगाडि बढ्ने बताएका छन् ।
No comments:
Post a Comment