पटक पटक विवादित मस्र्याङदी नदीमाथिको मोटरेवल पुल सम्बन्धमा भोटओडारमा भइरहेको आन्दोलन हाललार्इ
स्थगित भएको छ । भौतिक योजना तथा निर्माण्ा मन्त्री हिसीला यमीले पाउँदी( हर्राबोट जोड्न निर्माण्ा गर्न लागिएको पुल रद्द गरी त्यसलार्इ भोटओडारमा सानर्े आदेश दिएपछि हाललार्इ आन्दोलन स्थगित भएको हो । मन्त्री यमीले यससम्बन्धी विभागीय निर्ण्ाय गरी सो को तोक आदेश सडक विभागमा तुरुन्त कार्यान्वयनका लागि पठाएको पत्र प्राप्त भएपछि भोटओडारबासीले शुत्रmबार साँभmबाटै आन्दोलन स्थगित गरेका हुन् । मन्त्रीको तोक आदेश अनुसारको परिपत्र तयार पार्दै सडक विभागले डिभिजन सडक कार्यालय दमौलीलार्इ एक पत्र पठार्इ उत्तm निर्ण्ाय तत्काल कार्यान्वयन गर्न निदर्ेशन दिएको छ । पत्रमा 'पाउँदी ढिक पुलको ठेक्का रद्द गरी भोटओडार(बेलघारीमा पुल निर्माण्ा कार्य सुचारु गनर्े र सो को जानकारी यथाशक्य छिटो विभगलार्इ गराउन' भनिएको छ । विभागका महानिदर्ेशक तुलसीप्रसाद सिटौलाåारा हस्ताक्ष्ारित पत्रमा अर्थर् मन्त्रालय, योजना आयोग, योजना महाशाखा सडक विभाग र पश्चिमाञ्चल सडक निदर्ेशनालय पोखरालार्इ बोधार्थ पठाइएको छ । यस अघि राष्टि्रय योजना आयोगले गत असार ४ गते पाउँदीमा निर्माण्ााधीन मोटरेवल पुलको काम सुचारु गनर्े र भोटओडार(बेलघारीमा स्थानीय सहमति अनुसार पुलको निर्माण्ा कार्य अघि बढाउने निर्ण्ाय गरेको थियो । तर त्यो निर्ण्ाय भएको ११ दिन नवित्दै असार पन्ध्रमा मन्त्री हिसिला यमीले पाउँदी पुल रद्द गर्न तोक आदेश गरेकी छन् । योजना आयोगको असार ४ को निर्ण्ाय पछि पाउँदी र भोटओडारमा छुट्टा छुट्टै पुल बन्ने आशाले उत्साहित भएका पाउँदी(हर्राबोट पुल संग सम्बन्धित पक्ष्ा मन्त्री यमीको पछिल्लो निर्ण्ाय पछि रुष्ट भएका छन् । भोटओडारबासीले आन्दोलनको रुपमा स्थानीय सडकमा भोटेओडार(बेलघारी मोटरेवल पुलको विरोध गनर्े नेता तथा सरकारी गाडीलार्इ प्रवेश निष्ोध गरेका थिए । उनीहरुले मध्यमस्र्याङदीका सवारीलार्इ समेत चल्न नदिएपछि परियोजना तीन दिन बन्द भयो । मस्र्याङदी नदीमाथि मोटरेवल पुल निर्माण्ा गर्ने सम्बन्धमा जिल्लाका राजनीतिक दलहरुबीच मतैक्यता नहुनाले मस्र्याङदी नदीमाथिको मोटरेवल पुल भकुण्डो बन्न पुगेको छ । जसले जोडले जता हान्छ, पुल उतै सनर्े गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेको नेत ृत्व पाउँदीमा पुल बन्नुपनर्े अडानमा छ । नेकपा माओवादी भोटओडारमा बन्नुपनर्े तर्क राख्छ भने कांग्रेस प्रजातान्त्रिक ताकर्ुघाटमा पुल बनिरहेकोले भोटओडारको समर्थन जनाउँछ । विकास निर्माण्ामा सबै पक्ष्ा सर्वसम्मत हनुपनर्ेमा यसरी चिरा चिरा हुनुले वेफाइदा आखिर जिल्लालार्इ नै हुने हो । यसमा पनि पूर्वी लमजुङे त्यसबाट प्रत्यक्ष्ा प्रभावित बनेका छन् । खुलेर कांग्रेस एमाले पाउँदी पक्ष्ा, माओवादी भोटओडार पक्ष्ा र कांग्रेस प्रजातान्त्रिक ताकर्ुघाट पक्ष्ाधर हुँदा सहमतिको राजनीतितफ उपहास गरिरहेको विश्लेष्ाकहरुको राय छ । यसरी आन्दोलनको चल्दो रुप र मन्त्रालयको निर्ण्ाय क्ष्ामताले गर्दा पुल फेरि यता न उता हुने हो कि भन्ने आशंकालार्इ बल पुर्याएको छ । कुनै प्रभावमा परेर पुलको विष्ाय फेरिनुभन्दा असार ४ को योजना आयोगको निर्ण्ायलार्इ कार्यान्वय गरे उचित देखिन्छ । यसबाट कुनै पक्ष्ाको पनि हार र जीतको सवाल रहँदैन ।

No comments:
Post a Comment