scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Monday, July 9, 2007

ज्ञानेन्द्र शाहको हिरक महोत्सव--मिलन शर्मा

बनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ । राजा ज्ञानेन्द्र शाहको हिरक महोत्सवले पुष्टी गरेको तथ्य यही हो । राजा र सामान्य मान्छेविच पक्कै भिन्नता छ नै । भिन्नता नै छैन भन्ने मेरो तर्क हैन । तर राजाको जन्मोत्सवका विषयमा जुन रुपमा विवादको उठान भएको छ त्यसले आठ दल अझै दरवारसंग त्रस्त रहेका छन् भन्ने देखाएको छ । जसले राजाको मनोवल बढाउने नै काम भएको छ । सरकारले जन्मोत्सव बहिष्कार गर्यो कुटनीतिक निकायहरु प्नि दरवार जाने हिम्मत देखाएनन् । आठ दलका नेता सहभागि भएनन् । यो राज्यले यि पनि चेतनशिल र सम्मानीत नागरिक हुन् है भनेर मान्यता दिएकाहरु कसैको नाम देखिएन यो वर्ष । बुद्ध बालक र जोगिहरुको बाहुल्यता थियो शुभकामना दिन जानेहरुमा । राजाको जन्मोत्सवका बारेमा बाहिर जुन रुपमा प्रचार भएको छ त्यसले घाटा राजाको पक्षमा नै गएको नै हो । विद्यार्थीहरुको जमघटले रत्नपार्कवाटै राजाको जयगान गाउने प्रयास विफल हुन सकारात्मक नै हो । तर जसरी यसले राष्ट्रिय रुपमा चर्चा र बहसको निर्माण भयो त्यो राजतन्त्रको अन्त्यको विपक्षमा रहेको छ नै । विविसिको विष्लेशणमा जन्मदिनको जुन रुपमा विवाद र प्रचार भयो त्यसमा राजाले बादलमा लागेको चांदिको घेराका देख्न सक्छन् ।जन्मदिनको विवाद आजका दिननै पक्कै सिकंदैन । अब निस्कने प्रत्येक दैनिकमा राजनीतिक विष्लेशकहरु भन्नहरुले यस विषयलाई केन्द्रमा राखेर आफ्नो विचारको खेि तगर्नेछन् । अन्तर्वाता लिने पत्रकारले सोध्ने पहिलो प्रश्न यही हुने छ । नेताहरुको भाषणमा पनि यही नै आउने छ नै ।भनेपछि कतै लुप्त भइसकेका राजा फेरी एक महिना नेपालीको दिलो दिमागमा पस्ने प्रयास गर्नेछन् । र यो अरुको कारण हैन गणतन्त्रको पक्षमा वकालत गर्ने हामी जस्तै मुर्खहरुको कारण हो ।राजाले जन्मदिन मनाए
(राजतन्त्र टिकाउनेहरु : जन्मोत्सवमा शुभकामना दिन दरवार पुगेका जोगिको ताती । )
त के भो । अहिले निलम्बीत राजाको रुपमा जन्मदिन मनाए । भोलि भुतपूर्व राजाको रुपमा मनाउनसक्छन् । अब राजा नै नरहने हो भने जन्मदीन मनाउन पाईदैन भन्ने कानुन त छैन नी । कि यस्तो कानुन बनाउनुपर्यो ।नेपालमा राजा छन् र उ संग अझै शक्ति छ भन्ने विसर्िसकेको अवस्थामा राजा अझै छन् र उनी अझै शक्तिशाली नै छन् भन्ने भयंकर गलत शन्देस प्रसार गर्ने माध्ययम आखिर गणतन्त्रबादीहरु नै बनेका छन् । जुन र्दुभाग्यपुर्ण हो भन्नै पर्छ ।जनता कसरी विश्वासमा हुन्छ कि पाँच सयको हाराहारीमा रहेका त्यसमा पनि बालक बृद्ध र जोगीहरुले राजालाई पुन सकि्रय बनाउने सल्लाह दिन्छन् र राजा पुन सकि्रय हुन्छन् भन्ने भ्रम पाल्नेहरुले गणतन्त्र ल्याउनेछन् भनेरपरालको बुख्याचासंग डराउंदा शक्तिहीन र दुर्लभ बन्दै गएका ज्ञानेन्द्रले गणतन्त्रवादीलाइ प्रयोग गरेर आफ्नो शक्ति परिक्षण गर्न सफल भएका छन् । अब यसले के परिणाम ल्याउने हो भोलिका दिनमा पक्कै प्रष्ट हुन्छ नै ।

No comments:

Post a Comment