scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Monday, July 30, 2007

माओवादीद्वारा सीडीओमाथि आक्रमण

दोलखा, मुद्दा फिर्ता गर्न नमानेको झोकमा नेकपा माओवादीका कार्यकर्ताहरूको ठूलो समूहले आइतबार जिल्ला प्रशासन कार्यालयमा आक्रमण गरी प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई घाइते बनाएको छ । सयौंको संख्यामा आएका माओवादी कार्यकर्ताहरूले हूलरहुज्जत गर्दै ढुंगामुढासाथ जबर्जस्ती कार्यकक्ष प्रवेश गरी प्रजिअ थापामाथि कुटपिट गनर्ुका साथै कार्यालय तोडफोड गरेका छन् । पूर्ण तयारीसाथ प्रजिअमाथि ओइरिन जिल्लाका गाउँ(गाउँ र काठमाडौंबाट एउटा माइक्रोबस र २५ वटा मोटरसाइकलमा आएका माओवादीले सदरमुकाम चरिकोटलाई तनावग्रस्त बनाए । आक्रमणकारी भीडलाई तितरबितर गर्न प्रहरीले सात राउन्ड हवाईफायर र दर्जनौं सेल अश्रुग्यास प्रहार गर्‍यो । करिब तीन घन्टासम्म लगातार माओवादी र प्रहरीबीच तनाव भएपछि प्रशासनले साँझ ५ बजेदेखि अनिश्चितकालका लागि कफ्यर्ु जारी गरेको छ । जिल्ला नेता विशाल खडकाविरुद्ध सार्वजनिक अपराधको मुद्दा फिर्ता लिन र त्यसबापत प्रजिअलाई माफी मगाउन लाठी र ढुंगासहित माओवादी कार्यकर्ताहरू जबर्जस्ती कार्यालय प्रवेश गरेका थिए । प्रहरी घेरा तोड्दै कार्यालय गेट पस्न खोजेका जिल्ला कमिटी सदस्य किरण दाहाल र फुर्वा शेर्पालाई प्रहरीले रोकेपछि माओवादीहरू प्रहरीमाथि जाइलाग्न थालेका थिए । कार्यालयको तार नाघ्दै, चारैतिरबाट जबर्जस्ती पस्न थालेका सय जनाभन्दा बढी माओवादीलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि लाठीचार्ज गरेको थियो । घटनाअनुसार कार्यकर्ताहरूले ढुंगा हान्न थाले पनि तिनका केही नेताले रोक्न खोज्दा केहीबेर शान्त भएको थियो । तर त्यत्तिकैमा प्रजिअविरुद्ध नाराबाजी गर्दै, उनलाई बाहिर निस्कन चेतावनी दिँदै तिनीहरू ढुंगामुढा गर्दै नेतासहित सबै कार्यालयभित्र प्रवेश गरे । दोस्रो तलामा रहेको प्रजिअ कार्यकक्षको ढोकामा जबर्जस्ती पुगेपछि प्रजिअ थापा आफैं बाहिर निस्के । माओवादीको दोलखा जिल्ला कमिटीका इन्चार्ज ुविश्वु (गंगा कार्की० र जिल्लाका दोस्रा नेता पार्टी सेक्रेटरी कृपाश्वर दाहाल दुवैको अगुवाइमा कार्यकर्ताहरू परिचालित थिए । ुढोकामा निस्केका थापालाई कार्यकर्ताहरूले मुखैभरि धेरैपल्ट हिर्काएको हामीले टाढैबाट देख्यौं,ु प्रत्यक्षदर्शीहरूले भने । दाहिने आँखामुनि निलडाम बस्ने र अनुहारै फुल्ने गरी मुक्का हानिएपछि तिनका नेताले कार्यकर्तालाई रोकेका थिए । त्यसपछि प्रजिअलाई जबर्जस्ती तल ल्याए, माइक समाउन लगाए, मुद्दा फिर्ता लिन र माफी माग्न दबाब दिए । माइकबाट प्रजिअले त्यति भनेपछि फर्केको भीड कार्यालयका सिसा थप तोड्दै, कार्यालयका बोर्ड फाल्दै बाहिरियो । प्रत्यक्षदर्शीहरूका अनुसार नाराबाजी र तोडफोड गर्दै निस्केको भीड करिब सय मिटर परको जिल्ला प्रहरी कार्यालय पस्न तारबाट जबर्जस्ती गरिरहेका कार्यकर्ताहरूलाई तिनका केही नेताले रोकेका थिए । त्यसपछि त्यो भीडले बजारको बीचमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयसमेत तोडफोड गर्‍यो । वाईसीएल कार्यकर्ताको भीड अनियन्त्रित हुँदै सातदोबाटो चोकस्थित प्रहरी चौकीतिर बढेपछि प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले लाठी प्रहार गरेको थियो । माओवादीले स्थानीयवासीका घरका छत, परिसर र कापकापबाट ढुंगा प्रहार गरेपछि प्रहरीले हवाईफायर गर्दै अश्रुग्यास प्रहार गरेको थियो । त्यसक्रममा एक दर्जन गोली र कैयौं सेल अश्रुग्यास छाडिएको थियो । तनाव शान्त हुने सम्भावना नभएपछि प्रशासनले कफ्यर्ु घोषणा गरेको थियो । चारैतिर जाने बजारको मुख्य सातदोबाटो चोकमा भिडन्त भएपछि विद्यालयबाट घर फर्केका केटाकेटीहरू साँझसम्म रुवावासी गर्दै बाटोमै अलपत्र परेका देखिन्थे । भिडन्तका क्रममा कान्तिपुर टेलिभिजनका क्यामेराम्यान केदार शिवाकोटीलगायत बटुवा महिलालाई ढुंगाले लागेको छ । ढुंगाले छ प्रहरी घाइते भएका छन्् । आफ््नो दुई दर्जन कार्यकर्ता घाइते भएको र किरण, मोहन, रोशनलगायत एक दर्जनलाई प्रक्राउ गरेको दाबी माओवादी इन्चार्ज ुविश्वु ले गरेका छन् । प्रजिअ थापाले सार्वजनिक मुद्दा लगाएका विशाल खडका माओवादीको दोलखा क्षेत्र २ का इन्चार्ज तथा माओवादी आबद्ध नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य हुन् । पूर्वजिविस सभापति सुन्दरप्रकाश खड्कालाई मोसो दलेको घटनामा उनलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गराइएको थियो । खडकाविरुद्धको मुद्दा फिर्ता गराउन बसपार्कस्थित माओवादी पार्टी कार्यालयबाट अगाडि बढेको मोटरसाइकलसहितको आक्रोशित जुलुस दिउँसो दुई बजे प्रजिअ कार्यालय पुुगेको थियो । बजार बन्द गर्न दबाब दिँदै बढेको जुलुसलाई माओवादीका जिल्ला नेताहरूले नेतृत्व गरेका थिए । राजाद्वारा मनोनीत पूर्वजिविस सभापति खड्कालाई अघिल्लो आइतबार ६ गते सदरमुकाम चरिकोट सातदोबाटो चोकमा घुमिरहेका बेला मोसो दलेर घुमाउँदै काठमाडौं जाने बसमा चढाई पठाइएको थियो । वाईसीएलद्वारा मोसो दलिएको भनिए पनि राप्रपाको जुलुससहित गएको समूहले गत सोमबार ७ गते माओवादी जिल्ला सदस्य विशाल खडकाविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गर्न निवेदन दिएको थियो । पूर्वसभापति खडकाले दिएको निवेदनबारे प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा सर्वदलीय बैठक गरी सहमति जुटाउने प्रयास हुँदा माओवादी जिल्ला नेता शंकर लामाले मोसो दलेको विषयमा कुनै सम्झौता नहुने भनी अडान लिएपछि बैठकबिना निष्कर्ष टुंगिएको थियो । प्रशासनको प्रयास असफल भएपछि बिहीबार प्रहरीले विशालमाथि मुद्दा दर्ता गरेको थियो ।

No comments:

Post a Comment