scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Monday, July 9, 2007

मध्यमस्र्याङदी ८६ प्रतिशत सम्पन्नसन्‍ २००८ मा पनि नसकिने संकेत--मिलन शर्मा

बेसीशहर,मध्यमस्र्याङदी जलविद्युत परियोजनाको निर्माण्ा कार्य निर्धारित समयमा नसिकने खुलासा भएको छ । परियोजनाको निदर्ेशक माधवप्रसाद खकुरेलले यस कुराको खुलासा गरेका हुन्‍ । विभिन्न समयमा भएका बन्द, हड्‍ताल, ठेकेदार, नेपाल विद्युत प्राधिकरण्ा र सरकारको व्यवस्थापन कमजोरीका कारण्ा यो परियोजना सन्‍ २००८ सम्म पनि सकिने नसकिने कुराको टुंगो लाग्न सकेको छैन । परियोजनाका निदर्ेशक खकुरेलले लमजुङ आवाजसंगको कुराकानीमा भने( '२००७ को अन्तसम्ममा परियोजनाको निर्माण्ा कार्य सक्न पाए हुन्थ्यो भन्ने हो तैपनि अहिले नै भन्न सकिने अवस्था छैन ।' सन्‍ २००१ मा शुरु भइ सन्‍ २००४ सम्ममा सम्पन्न गनर्े लक्ष्यका साथ शुरु भएको यो परियोजना विभिन्न बन्द, हड्‍ताल, कफ्यर्ू आदिको कारण्ा २००७ को अन्त्यसम्म सक्ने लक्ष्य राखिएको थियो । तर परियोजना प्रमुख खकुरेलको भनार्इबाट परियोजना २००८ मा पनि सकिने लक्ष्ाण्ा देखिएको छैन । åन्द्धका बेला नराम्ररी प्रभावित मध्यमस्र्याङ्‍दी सोही समयमा निकै लामो समयसम्म बन्द हुन पुग्यो । åन्द्ध, प्राधिरण्ा(ठेकेदारबीचको विवादका कारण्ा त्यसबेला निर्माण्ामा ढिलार्इ भयो । तर लोकतन्त्र बहाली हुँदा पनि विभिन्न खाले आन्दोलनको मारबाट यो जोगिन सकेको छैन । परियोजनाका अनुसार एक दिनको बन्दले सरकारलार्इ भmण्डै १ करोडको नोक्सान पर्छ । नेपाली पक्ष्ाबाट परियोजनाको काम बन्द हुँदा एउटा ठेकेदारलार्इ २५ लाख रुपैयाँ हर्जाना तिनर्ुपर्छ । परियोजनासम्बद्ध साना ठूला गरी ८ ठेकेदार रहेका परियोजना प्रमुख खकुरेलले बताए । परियोजना शुरु भएको साँढे पाँच बर्ष्ा वितिसक्दा जम्मा ८६ प्रतिशत काम मात्र सम्पन्न भएको छ । हाल बाँधको सिभिल कार्यको निर्माण्ा कार्य अन्तिम चरण्ामा पुगेको छ । हाल सुरुङको कंत्रिmट लाइनिङ्गको काम भइरहेको परियोजनाले बताएको छ । फलियासाँघुस्थित बाँधबाट ५.२ किलोमिटरको सुरुङ्ग खनेर भोटेओडार गाविसको सिउँडीवारस्थित विद्युत ग ृहमा लगि पानी खसालिने छ । उत्तm विद्युत ग ृहमा ३५ मेघावाटका दुर्इ वटा टर्वाइन जडान भैसकेका छन्‍ भने छिट्टै नै जेनेरेटर जडान हुने खकुरेलले बताए । परियोजनाको निर्माण्ा कार्यमा ढिलार्इ त भएकै छ, यसको अलवा परियोजनाको लागत पनि उत्तकिै बढेको छ । शुरुमा १३ अर्ब ६५ करोडको लागतमा सकिने अनुमान गरिएको यो परियोजनाको लागत अहिले भmण्डै २४ अर्ब पुगेको छ । परियोजना प्रमुख खकुरेलले भने( 'युरोको मूल्य व ृद्धि भएका कारण्ा यसको लागत ब ृद्धि भएको देखिएको हो । परियोजनाको सम्भmौता हुँदा १ युरो बरावर ६५ रुपैयाँ थियो भने अहिले १ युरो बराबर १ सय रुपैयाँ भएको छ । यसैकारण्ा लागत ब ृद्धि भएको देखिएको हो ।'

No comments:

Post a Comment