लमजुङ,सांसद डिल्लीराज शर्माको आइतबार यहाँ हृदयाघातबाट निधन भएको छ । ५८ वषर्ीय शर्मा कारागारको स्थिति मूल्यांकन गर्न टोलीसहित शनिबार आएका थिए । सदरमुकाम बेसीसहरको होटल टुकुचे पिकमा बास बसेका शर्मालाई आइतबार सबेरै छातीमा सिकायतपछि सामुदायिक अस्पताल लगिएको थियो । उपचारका लागि ल्याउँदाल्याउँदै उनको निधन भएको अस्पतालले जनाएको छ । उनी कारागार सुधार उच्चस्तरीय सुझाव समितिका अध्यक्ष थिए । उनको टोली पर्सा, मकवानपुर, चितवन, गोरखा र तनहुँ कारागारको निरीक्षणपछि शनिबार दिउँसो लमजुङ आइपुगेको थियो । टोलीमा सांसदद्वय लालबाबु पण्डित र उमा भुजेल, कारागार व्यवस्थापन विभागका महानिर्देशक स्थानेश्वर देवकोटा र मानव अधिकार आयोगका पूर्वसदस्य सुदीप पाठक थिए । सहकर्मीहरूले शर्मालाई कांग्रेसका सिद्धान्तनिष्ठ योद्धाका रूपमा स्मरण गरेका छन् । ुउहाँ सिद्धान्तनिष्ठ प्रजातान्त्रिक योद्धा हुनुहुन्थ्यो,ु कांग्रेस महामन्त्री एवं शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेलले कान्तिपुरसँग भने । शर्माको संघर्षशील जीवनको स्मरण गर्दै पौडेलले सिद्धान्तमा अविचलित नेता गुमाएको बताए । शर्मा संसद्मा लामो समयसम्म सार्वजनिक लेखा समिति सदस्यका रूपमा सक्रिय थिए । ुउहाँ सज्जन र इमानदार हुनुहुन्थ्यो,ु समिति सचिव सोमबहादुर थापाले कान्तिपुरसँग भने( ुविषयवस्तुमा गहन अध्ययन र काममा जिम्मेवार हुनुहुन्थ्यो ।ु पर्वत समाचारदाताका अनुसार २००६ मा पर्वतको देवीस्थान गाविस(३ मा जन्मेका शर्मा विद्यार्थी राजनीति हुँदै २०३१ देखि कांग्रेसमा सक्रिय थिए । २०३२ मा गठित कांग्रेसको पहिलो जिल्ला समितिमा उनी सचिव थिए । २०५६ को आमनिर्वाचनमा पर्वत(२ बाट निर्वाचितपछि उनले प्रभावकारी सांसदका रूपमा भूमिका निर्वाह गरेका थिए । उनी २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री समेत भएका थिए । पार्टी र संसद्मा उनले स्पष्टवक्ताको पहिचान कमाएका थिए । शाही सत्ताविरुद्ध शान्तिपूर्ण जनआन्दोलनमा पनि उनी सक्रिय थिए । शर्माले पर्वतको नारायण उच्चमावि कुस्मा, विद्याज्योति मावि मल्लाज माझफाँट, नेपालतारा मावि रानीपानी र चितवनको पञ्चकन्या माविमा गरी २० वर्ष शिक्षण गरेका थिए । सेवानिवृत्तिपछि २०४८ देखि पार्टीमा पूरै खटिएका थिए । उनका श्रीमती, ४ छोरी र १ छोरा छन् । शर्माको आइतबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि कांग्रेस कार्यालय सानेपामा राखिएको पार्थिव शरीरमा सभामुख, मन्त्रीहरू, प्रमुख दलका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले श्रद्धाञ्जलि अर्पेका थिए । अन्तरिम संसद् बैठकले शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै निर्धारित कारबाही स्थगन गर्यो । उनको निधनमा पर्वतका दुवै कांग्रेसले दुःख व्यक्त गरेका छन् ।
No comments:
Post a Comment