बेसीशहर, नेपाल टेलिकमले लमजुङमा मोवाइल फोन सञ्चालनको लागि टावर निर्माण्ाको कार्य शुरु गरेको छ । सदरमुकाम बेसीशहरमा टावरको जडान सकिए पनि आवश्यक उपकरण्ा जडान गर्न बाँकी रहेको छ । त्यस्तै सुन्दरबजारमा पनि टावर जडान कार्य भइरहेको टेलिकमले जनाएको छ । टेलिकमले सदरमुकाम बेसीशहर, सुन्दरबजार र अर्चलबोट गरी तीन ठाउँमा मोवाइलको टावर राख्दै छ । टेलिकमले टावर जडान कार्य शुर गरे पनि सिमकार्ड कहिले वितरण्ा गनर्े भन्ने बारे केही बोलेको छैन । सिमकार्डका लागि १५ हजार भन्दा बढीले फारम भरेका छन् । टेलिकमले आगामी भदौ महिनाभित्रै नमस्ते मोवाइलको सिम र सिडिएमए मोवाइलको रिम बँाड्ने लक्ष्य रहेको बताए पनि व्यापक जनदवाव नभै समयमै सिम वितरण्ा हुने कुरामा सर्वसाधारण्ाले शंका गर्न थालेका छन् ।
No comments:
Post a Comment