काठमाडौं, जमिन र वैकल्पिक रोजगार माग गर्दै आएका पश्चिम नेपालका वादी महिलाले बुधबार सिंहदरबार गेटमा अर्धनग्न विरोध प्रदर्शन गरेका छ
न् । वादी महिलाले राखेका १२ सूत्रीय मागप्रति सरकारले चासो नदेखाएको भन्दै कडा विरोधका कार्यक्रमअनुसार अर्धनग्न प्रदर्शन गरेका हुन् । यसअघि सोमबार वादी पुरुषले माइतीघरमा अर्धनग्न जुलुस गरेका थिए । बस्ने र खान पुग्ने जमिन, वैकल्पिक रोजगारी व्यवस्था, पुनःस्थापना, वादी आरक्षणलगायतका माग उनीहरूको छ । उपत्यका बन्दले वनकालीबाट पैदल आएका ६० प्रदर्शनकारी महिलाले सिंहदरबारको दक्षिण गेटबाट संसद् भवनलगायतका कार्यालय प्रवेश गर्न खोजेका थिए । अर्धनग्न हुनुअघि उनीहरू चार समूहमा विभाजन भएका थिए । एक समूह प्रजिअ कार्यालय अगाडि नाराबाजी गरिरहेको थियो भने अरू समूह अनामनगर, माइतीघर र बबरमहल अदालतमा छरिएर बसेको थियो । उनीहरूलाई निषेधित सिं
हदरबार क्षेत्र प्रवेशमा रोक लगाई प्रहरीले अवरोध गरेको थियो । सिंहदरबार दक्षिण गेटबाट भित्र प्रवेश गर्न खोजेको जुलुसलाई सुरक्षाकर्मीले रोकेपछि धोती फुकालेकी नेतृ उमादेवीले फलामे गेटमा चढी चोलो पनि फालेकी थिइन् । प्रहरीले धरपकड गर्दा गेटमा चढेकी उमा, कल्पना, कलावती, अर्जुन र हरि घाइते भएका छन् । प्रहरीले गिरफ्तार सुरु गर्न थालेपछि आक्रोशित वादी महिलाले एकअर्काको धोती खोलेर पेटिकोटमा नाराबाजी गरेका थिए । नियन्त्रणका क्रममा प्रहरीले आठ महिला र पाँच दलित पुरुषलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई साँझ ४ घन्टापछि मुक्त गरिएको छ । वादी समुदायले माग पूरा नभए पुनः अर्धनग्न हुने र यौन सम्बन्ध राख्ने कैलाली, बर्दियालगायत २३ जिल्लाका सांसद र ठूला ओहदाका कर्मचारीका नाम सार्वजनिक गर्ने, मन्त्रीलाई ुपतिु र वादी पुरुषले महिलामन्त्रीलाई ुपत्नीु सम्बोधन गर्ने घोषणा गरेका छन्-Kantipur+Hamroblog


No comments:
Post a Comment