प्रथामिक स्वास्थ्य केन्द्र स्थापना भएको भmण्ढै १० पछि पूर्वी लमजुङका बासीन्दाले डाक्टरको सेवा पाउन थालेका छन् । गत साउन २८ गतेबाट पूर्वी लमजुङको गौंडास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा डाक्टरले पहिलो पटक पाइला राखेपछि अब पूर्वी लमजुङबासीमा स्तरीय स्वास्थ्य सेवा पाउने आशा पलाउन थालेको छ । ०५३ सालमा स्थापना भएको उत्तm स्वास्थ्य केन्द्रमा १ जना एमबीबीएस डाक्टरको दरबन्दी रहे पनि अस्पतालमा अहिलेसम्म डाक्टर पुगेका थिएनन् । स्वास्थ्य सेवा विभागले डा. मेख गुरुङलार्इ गौंडा प्राथामिक स्वास्थ्य केन्द्रमा करारमा त्यहाँ पठाएको हो । स्वास्थ्य केन्द्रमा एक स्टाफ नर्स र अनमीको दरबन्दी भने अभmै खाली छ । पूर्वी लमजुङको केन्द्र मानिने गौंडाको गौंडा बजारमा प्राथामिक स्वास्थ्य केन्द्र रहेको छ । सदरमुकामबाट निकै टाढा गौंडाको सो प्राथामिक स्वास्थ्य केन्द्रमा कमै मात्र स्वास्थ्यकर्मी जाने भएकाले स्थानीय बासीले भरपर्दो स्वास्थ्य सेवा पाउन सकिरहेका थिएनन् । केन्द्रका दुर्इ वटा भवन मध्ये एउटामा विरामी वार्ड राखिएको छ । तर वार्ड हेर्दा त्यहाँ बष्र्ाौदेखि कोहीपनि विरामी बसेजस्तो लाग्दैन । वार्डका शैयाहरुमा जताततै धुलो जमेको र नियमित सरसफाइ पनि भएको देखिँदैन । ग्रामीण्ा जनतालार्इ स्वास्थ्य सेवा उपलब्ध गराउन सो प्राथामिक स्वास्थ्य केन्द्रको स्थापना भएको थियो । तर यस अघि सरकारले त्यहाँ डाक्टर खटाउन सकेको थिएन । अहिले गाउँमा डाक्टर आएपछि गौडा लगायत प्यारजुङ, कोल्की, र्इलमपोखरी, विचौर, दूधपोखरी, पाचोक, श्रीमञ्जज्याङ, गाउँ विकास समितिका वासिन्दाहरुमा खुसीयाली छाएको छ । डाक्टरको आगमनमा खुशी हुँदै उनीहरुले स्तरीय स्वास्थ्य सेवा पाउने आशा गरेका छन् ।
No comments:
Post a Comment