सुन्दरबजार,लगातार तीन सातादेखि सुन्दबजारमा आयोजित शनिबारे हाटबजारबाट स्थानीय किसानहरु अत्यन्त लाभान्वित भएका छन् । स्थानीय क ृष्ाि र घरेलु उत्पादनलार्इ प्रोत्साहित गरी ग्रामीण्ा जनताको आय आर्जन बढाउने उद्देश्यका साथ साउन २६ देखि शुरु गरिएको शनिवारे हाटबजारमा आफ्ना घरेलु उत्पादन वित्रmी गरी आम्दानी गर्न पाउ"दा स्थानीय किसानहरु निकै खुशी भएका छन् । सेकोड नेपालले वल्र्ड भिजनको सहयोगमा आयोजना गरेको हाटबजारमा राखिएका विभिन्न २२ स्टलमा मुख्य गरी तरकारीको व्यापार हुने गरेको आयोजक संस्थाका अध्यक्ष्ा विष्ण्ाुकुमार श्रेष्ठले बताए । साथै हलो, जुवा, कोदालो, कुटो जस्ता क ृष्ाि सामाग्रीका साथै स्थानीय मह, चुक अमिलो र स्थानीय जातका बीउ विजनको पनि राम्रो बित्रmी वितरण्ा भएको छ । हाटबजारमा खेर जाने वनका सालका पात पनि वित्रmी भएका छन् । शनिबार मात्र भmण्डै ५० हजार बराबरको कारोबार भएको श्रेष्ठले बताए । हाटबजारबाट किसान आैधी हौसिएका छन् । यसबाट उनीहरुलार्इ व्यवसायिक रुपमा तरकारी खेती गर्न प्रेरण्ाा मिलेको छ भने आयोजकहरुलार्इ समेत काम गर्न उर्जा मिलेको छ । संस्थाका अध्यक्ष्ा श्रेष्ठ अब किसानहरुलार्इ सालको पातबाट टपरी लगायतका सामाग्री बनार्इ वित्रmी गरेर आय आर्जन गराउने सोच रहेको बताउँछन् । हाटबजारमा सुन्दरबजार, ताकर्ु, परेवाडाँडा, भोटेओडार, दुराडाँडा तनहूँका रुपाकोटका किसानहरु लाभान्वित भएका छन् ।
No comments:
Post a Comment