बेसीशहर,माछापालनका लागि पोखरी खन्दा सातबीसेमा
देउता भेटिएका छन् । स्थानीय वसन्त शर्मा पौडेलको जग्गामा माछा पालनका लागि पोखरी खन्दा शिवलिङ्ग आकारको ढुंगा भेटिएपछि अहिले त्यो ढुंगालार्इ सुरक्ष्ाित राखि पूजा आज गर्न थालिएको छ । जमिनमुनि भेटिएको उत्तm मूर्ति हेर्दा ठ्याक्कै शिवलिङ्ग जस्तो छ । बाटुलो ढुंगाको वीचमा शिवलिङ्गको आकार लिएर अर्को ढुंगो ठडिएको छ । बष्र्ाौसम्म जमीन मुनि रहेका कारण्ा शिवलिङ्ग खिएर स्वरुप केही परिवर्तन भएको हुनसक्ने स्थानीय बासीन्दाको अड्कल छ ।
माछापाल्ने प्रयोजनका लागि पोखरी खनाएका जंगबहादुर गुरुङलगायत पाँचजना साभmेदारहरुले पौडेलको जग्गा भाडामा लिर्इ पोखरी खनाउन थालेका थिए । कामदार
हरुले पोखरी खन्ने त्रmममा करीब ४ फिट जति खनेपछि सो मूर्ति फेला परेको थियो । सबैभन्दा पहिले जंगबहादुर गुरुङले आफ्नो घरमा सजाउनका लागि मूर्तिलार्इ घर लगेर राखे । उनलार्इ मूर्तिबारे विभिन्न कुरा मनमा उठ्दा जानिफकार समक्ष्ा जाने निधो गर्दा मूर्तिमा लागेको माटो लिएर स्थानीय पण्डित घनश्याम सुवेदीकहाँ पुगेपछि देवता नै हो भन्ने प्रमाण्ाित भयो । त्यसपछि भmन् मूर्तिबारे व्यापक चर्चा भयो र
दर्शनार्थीको घुइँचो नै चल्न थाल्यो ।आफ्नो जग्गामा मूर्ति भेटिएको कुरा फैलिएपछि जग्गाधनीले आफू आसौचमा भएको हाललार्इ सुरक्ष्ाित र पवित्र ठाउँमा राखिदिन आग्रह गरेपछि मूर्ति अहिले स्थानीय
कमलादेवी गुरुङकहाँ राखिएको छ । जग्गाधनी पौडेलले आफू असौचबाट मुत्तm भएपछि आफ्नै जग्गामा मन्दिर बनार्इ सो शिवलिङ्गलार्इ प्रतिस्थापन गर्ने बताएका छन् । पोखरी खन्ने कामदार हरुका अनुसार शिवलिङ्ग रहेको ठाउँलार्इ नै घेरेर एउता सर्प पनि बसेको थियो । केही समयपछि हेर्दा सर्प त्यहाँ नभएको हुनाले आफूहरुले उत्तm मूर्तिलार्इ सुरक्ष्ाित स्थानतफ लगेको बताए ।





No comments:
Post a Comment