बेसीशहर, नेपाली कांग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्य तथा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री र्इन्द्रबहादुर गुरुङले कांग्रेस, एमाले र माओवादीका शीर्ष्ा नेताहरुबीचको असमभmदारीका कारण्ा देशमा जल्दा बल्दा समस्या समाधान हुन नसकेका बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिष्ाद लमजुङåारा बेसीशहरमा आयोजित संविधानसभाको निर्वाचन र राज्यको पुनसर्ंरचना विष्ायक गोष्ठीमा बोल्दै राज्यमन्त्री गुरुङले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष्ा प्रचण्ड बीच समभmदारी नबनेसम्म संविधानसभा चुनाव हुन नसक्ने दावी गरे । आदिवासी जनजाति, मधेसी, दलित, महिला लगायतका समस्या समाधान आठ दलको एकताले गर्न सकिने उनले सो अवसरमा बताए । राजनीतिक र शैक्ष्ािक कमजारी नै जनजाति पछि पनर्ुको मूलकारण्ा रहेकाउनले उल्लेख गरे । नेपाल तामाङ घेदुङका महासचिव कुमार योञ्जनले जनजाति र सरकारबीच वार्तामा भएका सहमति लागू नभएमा पुन: आन्दोलनमा उत्रने चेतावनी दिए । कार्यत्रmममा नेपाली कांग्रेसका क ृष्ण्ा कोइराला, ने.का. प्रजातान्त्रिकका तुलसी नारायण्ा श्रेष्ठ, नेकपा एमालेका धनञ्जय दवाडी, नेकपा माओवादीका नन्दलाल लामिछाने, जिल्ला विकास समिति लमजुङका पूर्व सभापति जमीन्द्रमान घले, तमु छोंज धिँका अध्यक्ष्ा प्रेमबहादुर घले, डा. दिपक थापामगर,सानुमाया गुरुङ, वीरेन्द्र तमु, लगायतले आगामी संविधानसभा नेपाल र नेपालीको भाविष्यसंग जोडिएकोले कुनै पनि बहानामा संविधानसभाको निर्वाचन रोक्न नहुने बताएका थिए । आदिवासी जनजाति समन्वय परिष्ाद लमजुङका संयोजक क्या. रण्ाबहादुर गुरुङको अध्यक्ष्ातामा कार्यत्रmम भएको थियो ।
No comments:
Post a Comment