ईश्वर पाण्डे
बेसीशहर- पेट्रोलियम पदार्थको अभावका कारण देखाई मध्यमर्स्याङदी जलबिद्युत परियोजनाको निर्माण बुधबारदेखि कार्य बन्द भएको छ ।
ठेकेदार कम्पनी डिडिसी जेभीले निर्माण स्थल उदिपुरमा एक सूचना जारी गरी अनिश्चितकालका लागि काम बन्द गरेको जनाएको छ । नेपाल आयल निगमले पर्याप्त पेट्रोलियम पदार्थ उपलब्ध नगराएकोले विगत एक हप्तादेखि मर्स्याङदीमा डिजेलको अभाव भएको डिडिसीले बताएको छ । मर्स्याङ्दीमा दैनिक २० हजार लिटरडिजेल आवश्यक पर्छ । देशको ठूलो निर्माणधीन यस परियोजना यस अघि पनि विभिन्न काराणले बन्द हुँदा नेपाल विद्युत प्राधिकरणलाई ६० करोड भन्दा बढी घाटा भईसकेको छ । यसरी चालु परियोजना पटक पटक बन्द हुनाले देश डुव्ने खतरा बढेको अनुभव गरिएको छ । काम बन्द भएपनि कामदार, ठेकेदार र अन्य प्राविधिक खर्च व्यहोर्नुपर्ने प्राधिकरणलाई पर्न जाने घाटा आम जनतालाई समेत पर्ने हुँदा देश डुवाउन खोज्नेहरुलाई बन्दले फाईदा पुर्याएको छ ।
सरकार मध्यमर्स्याङ्दीको गडवढी वारे वेखवर छ । जल माफियाहरुलाई परियोजना धमिल्याएर माछा मार्ने अवसर मिलिरहेको छ । अर्को शब्दमा भन्दा घुसखोर र भ्रष्टहरुलाई मध्यमर्स्याङ्दी परियोजना एउटा दुहुनो गाई सावित भएको स्थानीय वासिन्दाहरु बताउँछन् । यस्तै जलमाफियाहरुको अप्रत्यक्ष कारण दर्ुइ वर्षअघिनै सकिनु पर्ने परियोजनाको निर्माण अवधि र लागत वढीरहेको पनि उनीहरुको तर्क छ ।
पेट्रोलियम पदार्थ अभावका कारण नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण लगायत सरकारलाई पेट्रोलिय पदार्थ आपर्ूर्ति गर्न माग गरेको थियो सो हुनसकेन त्यसैले पेट्रोलिय पदार्थ आपर्ूर्ति नहुञ्जेलसम्म अनिश्चित कालको लागि परियोजना बन्द गराएका हौं डि.डि.सी. -जेभी) स्रोतले भन्यो । नेपाल आयल निगम पनि निर्माणाधिन परियोजनाको सम्वेदनशीलतालाई वास्ता नगरी बसिरहने हो भने अझै बन्द कति दिन लम्बिन्छ भन्न सक्ने स्थिति छैन ।
परियोजना प्रति चिन्तित र सम्बन्धित सवैले तुरुन्त परियोजना संचालन गर्ने वातावरण बनाउनु पर्ने आवाज स्थानिय स्तरमा उठिरहेको छ । निर्माणाधीन मध्यमर्स्याङ्दी परियोजनाको हालसम्म करिव ९० प्रतिशत काम सम्पन्न भएको छ ।
No comments:
Post a Comment