
बेसीशहर- लमजुङमा पहिलो पटक र्सार्वजनिक समारोहमा राष्ट्रिय गान गाईएको छ ।
निजामती कर्मचारी दिवसको अवसरमा जिल्ला विकास समितिको हलमा कर्मचारीहरुले राष्ट्रिय गान गाएका हुन् । कर्मचारीहरुले राष्ट्रियगानको चक्कासँगै आ-आफ्ना स्थानबाट उठेर सयौं थुङ्गा फूलका हामी एउटा माला नेपाली.....गीत गाएका थिए । पहिलो अभ्यास भएकै कारण हुनसक्छ, गाउन तम्सिएका अधिकांश कर्मचारीहरुको आवाज गीतसँग नजिक हुन सकेको भने थिएन । शब्द, सुरताल नजानेर गाउन अप्ठ्यारो भयो । बेलावेलामा अभ्यास भएमा यस्ता र्सार्वजनिक समारोहहरुमा राष्ट्रिय गीत गाउन सजिलैे सकिने अनुभव कर्मचारीहरुले सुनाए ।
राष्ट्रिय गान छनोट भएको पनि महिनौ वितिसक्यो र पनि यस अघि अधिकांश विद्यालय र र्सार्वजनिक समारोहमा राष्ट्रिय गानको अभ्यास गरिएको थिएन ।
No comments:
Post a Comment