बेसीशहर- लमजुङमा निर्माणधीन तार्कुघाट- मोहोरियाकोट-गौडा-दूधपोखरी र बेसीशहर-भुजुङ हरित सडकमा करौडौंको आर्थिक तथा प्राविधिक सहयोग गरेको जिटिजेडको ग्रामिण कार्यक्रम नेपाल -आरपियन) र यएस आइडीको आयका लागि पर्ूवाधार कार्यक्रमको हालै सम्झौता सकिएपछि ती दुवै हरित सडक पूरा नहुदै आर्थिक संकटमा परी निर्माण कार्य रोक्किएको छ ।
तार्कुघाटदेखि प्यारजुङ लेउरेनीसम्ममा करीव २१ कि.मी. हरित सडक निर्माण भएको छ । जसमा ६ करोड १३ लाख ५२ हजार २ सय ८५ रुपैयाँ खर्च भएको थियो । हरित सडकका लागि इन्पिmरिनले ७२ प्रतिशत, जिटिजेडले २० प्रतिशत, जिल्ला विकास समितिले ४ प्रतिशत, गा.वि.स. ले ३ प्रतिशत र श्रमदानबाट आर्थिक सहयोग भएको थियो । 'प्यारजुङ लेउरेनीबाट दूध पोखरीसम्म अझै २२ किमी हरित सडक बन्न बाँकी छ । दातृ संस्थाले हात झिक्यो अब कसले सहयोग गर्ला र -'- स्थानीय हरित सडक निर्माण समितिका सदस्य चित्रबहादुर गुरुङले दुखेसो पोखे ।
त्यस्तै बेसीशहर- भुजुङ हरित सडकको निर्माण कार्य समेत दातृ संस्थाले हात झिकेपछि बीचैमा तुहिएको छ । बेसशहर-भुजुङ हरित सडकको लम्बाई ३० किमी मध्ये बेसीशहर वाग्लुङपानी नापूसम्म १७ किमीमा मोटर गुडेको छ । सडक निर्माणका लागि ५ करोड ७९ लाख २४ हजार ८ सय ८२ रुपैयाँ खचै भएको थियो । वातावरण वचाउ तथा गरिवी निवारणका लागि हरित सडक मूलनाराका साथ हरित सडक निर्माणमा जुटेको दातृ संस्था रेक नेपालका कार्यक्रम संयोजक इन्जिनियर रामवावु पौंड्यालका अनुसार सम्झौंता डलरमा भएको र पछिल्लो पटक डलरको भाउमा अवमूल्यन भएकोले लक्ष्यमा पुग्न नसकिएको हो । बेसीशहर-भुजुङ हरित सडक निर्माण समितिका अध्यक्ष प्रेम घलले सडकको निर्माण कार्य जिविस, गाविस र श्रमदानबाट निरन्तरताबाट पूरा गर्ने बताए ।
No comments:
Post a Comment