बेसीशहर- संविधानसभाको निर्वाचनले अबचाहिँ लमजुङलाई पनि तताउन थालेको छ । मंसिर ६ का लागि हुने आसन्न संविधानसभा निर्वाचनको वातावरण निर्माण गर्न यहाँका प्रमुख राजनीतिक दलहरु लागेपछि यहाँको चुनावी माहौल तात्न थालेको अनुभव गरिएको छ । यतिखेर मुख मुख आएका चाडबाड भन्दा पनि संविधानसभा निर्वाचन मुख्य पर्व बनेको छ । भर्खरमात्र जिल्लाको निर्वाचन क्षेत्र नं. १ अर्न्तर्गत केही गाविस हिँडेको एमाले नेतृत्व भ्रमणले शुरु गरेको वातावरणलाई अहिले जिल्लास्थित तीन प्रमुख दल नेपाली कांग्रेस, एमालेे र कांग्रेस प्रजातान्त्रिकले आफ्ना तर्फाट निर्वाचनका लागि आफ्नो उमेदवार सिफारिस गरेपछि निर्वाचनको माहौल औपचारिक रुपमा शुरु भएको छ ।
शनिबारमात्र बसेको दर्ुइ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको वैठकले करीब चार दर्जन उमेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाउने निर्ण्र्ाागरेका छन् ।
एमाले जिल्ला कमिटीको वैठकले बहुमतीय र समानुपातिक प्रणाली अर्न्तर्गत गरी जम्मा १० उमेदवारको नाम सिफारिस गरेको छ । जस अनुसार बहुमतीय प्रणालीमा क्षेत्र नं. १ का लागि मायानाथ अधिकारी, जमिन्द्रमान घले तथा टुका हमाल र क्षेत्र नं. २ का लागि पृथ्वीसुब्बा गुरुङ, फूलबहादुर थापा तथा कमला अधिकारीको नाम सिफारिस गरेको छ । एमालेले समानुपातिक प्रणाली अर्न्तर्गत जनजाति तर्फमहेन्द्रलाल श्रेष्ठ, दलिततर्फमोहन वि.क, महिलातर्फदीपा गुरुङ र अन्यमा बमबहादुर थापालाई सिफारिस गरेको छ ।
त्यसैगरि नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको शनिबारकै वैठकले बहुमतीय प्रणालीमा क्षेत्र नं. १ का लागि शङ्करकान्त जोशी, विष्णु धिताल, डिकेन्द्रराज कँडेल, गोविन्द प्रसाद धिताल तथा डा. टकराज गुरुङको नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नं. २ का लागि दिलबहादुर र्घर्ती, हरिभक्त अधिकारी, कृष्णप्रसाद कोइराला, कृष्णबहादुर धिताल, चन्द्रबहादुर कुँवर र सुशिला घिमिरेलाई सिफारिस गरेको छ । कांग्रेस वैठकले समानुपातीक प्रणालीतर्फभीमबहादुर दुरा, खजिन्द्र गुरुङ, अमृत तामाङ र मिठू तामाङ -जनजाति) ज्ञानु शाह, सीता अधिकारी र इन्दिरा तिवारी-महिला) गोपाल खाती र मनबहादुर वि.क. -दलित) र अन्यमा तारानाथ कोइराला दलहरुद्वारा.....
गणेशप्रसाद न्यौपाने तथा मित्रराज घिमिरेको नाम सिफारिस गरेको छ ।
कांग्रेस प्रजतान्त्रिकले औपचारिक निर्ण्र्ाागरिनसके पनि बहुमतीय प्रणाली अर्न्तर्गत क्षेत्र नं. १ का लागि तुलसीनारायण श्रेष्ठर्,गर्जबहादुर गुरुङ, छुपीमाया गुरुङ, निलकुमार श्रेष्ठ, जनकलाल श्रेष्ठ, हर्रि्रसाद अधिकारी र क्षेत्र नं. २ का लागि डा. पर्ूण्ाकान्त अधिकारी, गमप्रसाद गुरुङ, जीवनकुमार श्रेष्ठ र लेखनाथ अधिकारीलाई सिफारिस गर्ने पक्का भएको छ ।
समानुपातीकका लागि सानुमाया गुरुङ, अम्बिका घिमिरेलाई सिफारिस गरिने बुझिएको छ । यसबारे सोमबार बस्ने वैठकले निर्ण्र्ाागर्ने कांग्रेस प्रजातान्त्रिकका उपसभापति जीवन कुमार श्रेष्ठले बताए ।
उल्लेखित बहुमतीय प्रणालीको उमेदवारहरु प्रत्यक्ष बहुमतकै आधारमा निर्वाचित हुनेछन् भने समानुपातीक तर्फा उमेदावार देशभर आ-आफ्नो दलले प्राप्त गरेको मतको आधारमा चयन हुनेछन् । यसरी जिल्लाका प्रमुख दलहरु संविधानसभा निर्वाचनका लागि वातावरण तयार पार्न व्यस्त रहेका छन् भने अर्को ठूलो दल नेकपा माओवादी आन्दोलनको तयारीमा जुटेको छ । शनिबारै बसेको माओवादी जिल्ला कमिटीको वैठककले संविधानसभा सुनिश्चितताका लागि वातावरण तयार नभएको भन्दै सो गर्न असोज १ गतेदेखि आन्दोलनमा उत्रने निर्ण्र्ाागरेको छ । धमाधम अरु दलले उमेदावर सिफारिस गरेको अवस्थामा माओवादी आफ्नो तर्फाट निर्वाचित हुने उमेदवारहरुको नाम सिफारिस गर्न वातावरण नै तयार नभएको भन्दै उदासिन रहेकोछ ।
विगतमा आफैले उठाउँदै आएको संविधानसभा मुखैमा आउँदा त्यसलार्इ विथोल्न माओवादीले आन्दोलनको घोषणा गरेको राजनीतिक क्षेत्रमा विश्लेषण भइरहेको छ । संसदबाटै गणतन्त्र घोषणाको माग राख्दै आएको माओवादी लाई राजावादीको आरोप खेप्दै आएको नेपाली कांग्रेसले पनि लोकतान्त्रिक गणतन्त्रमा जाने निर्ण्र्ाागरेपछि अप्ठेरो परेको र्सवत्र महशु्स हुन थालेको छ ।
No comments:
Post a Comment