बेसीशहर-
...'संविधान बदल्न यै बेलामा पाइन्छ
५० प्रतिशत अबसर हाम्लाई चाहिन्छ'
संविधानसभाको निर्वाचन हाम्रो घर दैलोमा आउँदैछ । जति जति यो नजिकिँदै छ, यसको चर्चा परिचर्चा पनि उत्तिकै बढ्दो छ । राजधानी लगायतका शहरबजारमा मात्रै होइन अब हाम्रा गाउँघरमा पनि संविधानसभा र गणतन्त्रको चर्चा हुन थालेको छ । गाउँलेहरुले थोरै नै भने पनि संविधानसभाको बारेमा बुझन पाएका महशुस अहिलेको तीजले गरायो ।
उहिले उहीले तीजमा भगवानसंग सम्बन्धित गीत गाइन्थे । रामलीला, कृष्णलीलालाई गीती लहरमा ढालेर गीत गाउने चलन थियो त्यतिबेला । तर समयको बहावसंगै तीज गीतमा परि परिमार्जन आयो । अनि माहिलाहरु आफ्ना हक अधिकारका कुरा तीज गीतमार्फ गर्न थाले । अहिलेको तीजमा पनि त्यस्तै देखियो । आसन्न संविधानसभा निर्वाचन सफल पार्न र त्यसबाट नभाग्न महिलाहरुले गीतबाटै आहृवान गरे ।
..संविधान सभाले जनतालाई जिताउँछ
यसबाट कोही भागे सबलाई बिताउँछ' सुन्दरबजारमा शनिबार सेकोड नेपालले आयोजना गरेको तीज गीत प्रतियोगितामा पनि महिलाहरुले आफ्ना हक अधिकारप्रति सचेत रहन र देशमा गणतन्त्र ल्याउन गीतैबाट आहृवान गरे-
..'हामी सबै सचेत भयौं सहन्नौ हैं यातना
गणतन्त्र ल्याउन हामी ल्याउँछौं चेतना'
संविधानसभाको चुनावमा अन्यत्र नजान र महिलाहरु कसैको हेलाँमा बस्न नहुने सन्देश उनीहरुले दिए-
...'चुनावको बेलामा, नहिँड है मेलामा
महिलाहरु नबसौं है कैल्यै हेंलामा'
प्रतियोगितामा नवज्योति आमा समूह तार्कु प्रथम, मिलन आमा समूह द्वितीय,प्रतिक्षा आमा समूह तृतीय र चन्द्रोदय आमा समूह बागेडाँडाले सान्त्वना स्थान पाए । तीजको दिन बेसीशहरमा पनि विशाल जनसमूहबीच तीज गीत प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा सबै गीत संविधानसभा र भावी नेपालका बारेमा गाइएका थिए । लमजुङ मर्स्याङदी युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा मूनलाइट आमा समूह गाउँशहर प्रथम, बालबाटिका समूह द्वितीय, तमु दोहोरी साँझ तृतीय र फूलबारी आमा समूहले सान्त्वना स्थान हात पारे ।
अन्नपर्ूण्ा युवा क्लवले पनि तीज गीत प्रतियोगिता गर्यो । कूल १९ टीमले सहभागिता जनाएका प्रतियोगितामा बालबाटिका समूह गाउँशहर प्रथम, मिलन युवा क्लव दनाई गाउँ द्वितीय र मूनलाइट युवा क्लव रानीकुवा तृतीय तथा कालिका मिलन बाल क्लव र गाउँ जागृति आमा समूह बोहराबेसीले सान्त्वना स्थान हात पारे ।
चर्चित लोक गायक राजु परियारको प्रमुख आतिथ्यतमा सम्पन्न प्रतियोगिताका विजयीहरुलाई क्रमशः ३ हजार, २ हजार १ हजार र पाँचसय पुरस्कार दिइएको क्लवका अध्यक्ष गणेश कँडेलले बताए ।
तीजकै अवसरमा लमजुङ मर्स्याङ्दी युवा क्लवले आयोजना गरेको छेलो प्रतियोगितामा गाउँशहरका जीवन धिताल प्रथम, फलेनीका रणबहादुर गुरुङ द्वितीय, र बेसीशहरका गोविन्द बस्नेत तृतीय भए ।
तीजको अवसरमा जिल्लाका चिती, खुदी दुराडाँडा, कुन्छा, धमिलीकुवा लगायतको स्थानमा पनि संविधानसभा, लोकतान्त्रिक गणतन्त्रमा केन्द्रीत रहेर तीज गीत प्रतियोगिता सञ्चालन गरिएको जानकारी प्राप्त भएको छ । देशको मूलमुद्दा बनेको संविधान सभाका बारेमा गाउँ तथा शहरमा प्रचार प्रसार गर्न तीज गीत सहायक भएको राजनीति कर्मीहरुको भनाई छ ।
No comments:
Post a Comment