ब्यापारीहरुको अध्ययन भ्रमण
बेसीशहर- उद्योग बाणिज्य संघहरुबीच आपसी सहयोग विस्तार गर्ने, अन्य जिल्लाका उद्योग व्यवसायको अध्ययन गर्ने, अनुभवहरुको आदनप्रदान गर्ने उद्देश्यले लमजुङ उद्योग बाणिज्य संघको एक टोलीले विभिन्न जिल्लाका उद्योग बाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ । लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष रमेशकुमार पियाको नेतृत्वमा गएको टोलीले नारायणगढ, बुटवल, सिर्द्धार्थनगर, नेपालगञ्ज, कैलाली, महेन्द्रनगर र पोखरा उद्योग बाणिज्य संघको अवलोकन भ्रमण गरेको थियो । टोलीले भारतको उत्तराञ्चल प्रदेशको नैनीताल पुगी त्यहाँको पर्यटन व्यवसायकोे समेत अध्ययन गरेको थियो । भ्रमण अत्यन्त उपलब्धीमूलक भएको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कुमार पियाले बताए । भ्रमणबाट उनीहरुको काम गर्ने तरिका, सचिवालय व्यवस्थापन लगायतका विषयमा राम्रो ज्ञान हासिल भएको उपमहासिचव पर्ूण्ालाल श्रेष्ठले बताए ।
No comments:
Post a Comment