scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, September 16, 2007

अब बेसीशहरमा महिला सैलुन खुल्ने

बेसीशहर- अब बेसीशहरमा नमूनाको रुपमा महिलाहरुले २ वटा हेयर कटिङ सैलुन सञ्चालन गर्ने भएका छन् । महिला आपसी सहयोग केन्द्र भारतेको सहयोगमा महिलाहरुले सैलुन र व्युटिपार्लर सञ्चालन गर्न लागेका हुन् । महिलाहरुलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन संस्थाले ल्याएको कार्यक्रम अनुसार ६ महिलालाई उक्त तालिमका लागि पठाइएको र छिट्टै उनीहरुले बेसीशहरमा सैलुन खोल्ने संस्थाका कार्यक्रम संयोजक दानाप्रसाद अधिकारीले बताए । यसका लागि महिलाहरुले थुप्रै चुनौतिको सामना गर्नुपर्ने र त्यसका लागि तयार रहन उनीहरुलाई आग्रह गरिएको समेत उनले बताए । संस्थाकै सहयोगमा १ महिलाले अटोमोवाइल, ४ जनालाई सेक्युरिटी गार्ड, २ जनालाई प्रेस अपरेटर र ३ महिलालाई जनरल मेकानिजम्को तालिम लिँदैछन् ।
संस्थाले जिल्लाका विभिन्न ७ वटा विद्यालयमा बालमैत्री विद्यालय कार्यक्रम सञ्चालन गरेको संयोजक अधिकारीले बताए । बालबालिकालाई दण्डरहित शिक्षा प्रदान गर्ने हेतुले पूरै पारिवारिक वातावरणमा बालबालिकालाई शिक्षा दिन यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । यसो गर्दा साना बालबालिकाले शिक्षकसंग घुलेर पढ्ने गरेको र विद्यालयको सामान्य पढाइ भन्दा प्रभावकारी भएको पाइएको पनि अधिकारीले बताए । संस्थाको सामाजिक र आर्थिक गातिविधिका बारेमा जानकारी दिन शुक्रबार बेसीशहरमा आयोजित पत्रकार सम्मलेनमा यी कुरा बताइएको थियो । संस्थाले जिल्लाका विभिन्न ११ गाविसमा महिला सशक्तिकरण, बाल शिक्षा, विद्यालय सहयोग, महिला अधिकार, महिला सहभागिता लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

No comments:

Post a Comment