करिब ५ शताब्दीअघि हेमलिन सहरवासीलाई मुसाले साह्रै दुःख दिन थालेछ । कुकुरलाई लखेट्ने र बिरालोलाई मार्ने, आइतबार लगाउने टोपीमा गुँड लाउने, कोक्रोमा राखिएका बच्चालाई टोक्ने र महिलाहरूको कुराकानीसमेतलाई बिथोल्नेजस्ता असम्भव कार्यहरू गर्न सक्ने मुसाबाट हेमलिन सहरवासीहरू ज्यादै त्रस्त र पीडित हुन थाले । नगरको यो दयनीय अवस्थाले जनअसन्तोष बढ्दै गएको कारणले नगरपालिकामा विशेष बैठक बसेर यसको निरूपणको उपायबारेमा छलफल भैरहेकै बेला बैठक स्थल बाहिर एक अनौठो भेषभूषाको व्यक्ति आएर आफूले सहरलाई मुसा आतंकबाट मुक्त पार्न सक्ने उद्घोष गरे । मेयरले निजलाई बोलाई सोध्दा एक हजार डिनार पाएमा आफूले सहरलाई मुसा आतंकबाट मुक्त पार्न सक्ने बताए । मुसा आतंकबाट पीडित भई कुनै उपाय अवलम्बन गर्न नसकेका मेयरले उत्साहित भई एक हजार मात्र हैन पचास हजार डिनार दिने वाचा गरे । त्यसपछि त्यस अनौठो भेषभूषाको पाइड पाइपर -बाँसुरी वादक)ले सडकमा ओर्लेर आफ्नो वाद्ययन्त्र फुक्न थालेपछि सहरका सबै खाले मुसाहरू निजको पछि लाग्न थाले र निजले ती मुसाहरूलाई सहर छेउमै बग्ने गहिरो वेसर -ध्भ्क्भ्च्) नदीमा खसालिदिए । फर्केर मेयरसमक्ष उपस्थित भई आफ्नो पारिश्रमिक माग्न जाँदा संकट टरिसकेको अवस्था देखेर मेयरले वाचाअनुसारको पारिश्रमिक दिन इन्कार गरे । वाचाअनुसारको पचास हजार परै जावस्, उसले मागेको एक हजारको सट्टा जम्मा पचास डिनार मात्र दिन सक्ने बताए । त्यसपछि सो अनौठो व्यक्तिले सडकमा आर्लेर पुनः वाद्ययन्त्र फुक्न थाल्यो । यसपटक सहरका सबै बालबालिका निजको पछिपछि लाग्न थाले । सम्पर्ूण्ा बालबालिकासहित बाँसुरीवादक सहर नजिकैको पहाडीतर्फलागे र पहाडमा अचानक देखा परेका गुफाभित्र बिलाए । अभिभावकहरू पछि खोज्न जाँदा पहाडको फेदीमा एउटा लँगडो बालक रोइरहेको भेटियो । निजलाई रुनाको कारण सोध्दा सो बाँसुरीवादकले सबै बालकहरूलाई यस्तो देशमा लाने वाचा गरेको थियो, जहाँका भँगेराहरू यहाँका मयुरभन्दा राम्रा हुन्छन्, कुकुरहरू यहाँका हरिणभन्दा राम्रो र छरितो हुन्छन्, घोडाहरू जन्मँदा नै चिलको प्वाँख लिएर जन्मन्छन्, माहुरीहरू डस्ने क्षमताविहीन हुन्छन् र सबैभन्दा मह त्त् वपर्ूण्ा कुरा मेरो लँगडो गोडा द्रुततर गतिमा निको हुन्छ भनेका थिए; सबै साथीहरू त्यो रमणीय देशमा गए, तर म हिँड्न नसकेका कारणबाट त्यहाँ जानबाट वञ्चित भएँ भनेर आफ्नो दुःखेसो पोख्यो । त्यसपछि मेयरले बालकहरू फकाईदिए बाँसुरीवादकलाई चित्त बुभ्fm्दो गरी सुन र चाँदीहरू दिने वाचासहित चारै दिशातर्फमानिसहरू खटाए, तर त्यो बाँसुरीवादक र बालकहरू कहिल्यै फेला परेनन् ।
यो रोबर्ट ब्राउनिगद्वारा लिखित "द पाइड पाइपर अफ हेमलिन" कवितामा उल्लिखित प्रबल संकेतात्मक सन्देश हो । नेपालको राजनीति यस्तै क्रियाकलापको वरिपरि चलिरहेको देखिन्छ । २००७ सालमा नेपाली जनतालाई दिइएको प्रजातन्त्र प्राप्ति र संविधानसभाको निर्वाचन गराउने आश्वासन राणाशासनको पतन सँगसँगै हरायो । २०१५ सालमा जननिर्वाचित सरकारलाई अपदस्त गरी नेपालीहरूको बृहत्तर हितका लागि भनी पंचायती प्रजातन्त्रको आवरणमा ल्याइएको राजाको प्रत्यक्ष शासन २०४६ सालसम्म कायम रहृयो । २०४६ सालको जनआन्दोलनद्वारा नेपाली जनताको र्सार्वभौमता र बहुदलीय प्रजातन्त्रको स्थापना गरियो । सोहीअनुरूप राजासँगको सम्झौताको आधारमा नयाँ संविधान २०४७ को उद्घोष गरियो । तत्पश्चात बाहृय रूपमा बहुदलीय प्रणालीअनुरूप निर्वाचित प्रतिनिधिहरूद्वारा शासन व्यवस्था संचालन हुन थाल्यो, तर व्यावहारिक रूपमा पुराना शासकहरू र जनप्रतिनिधिहरूको कार्यशैलीमा कुनै परिवर्तन आएन । भ्रष्टाचारको वृद्धि तथा केवल पद प्राप्तिको लागि दलभित्रै आन्तरिक रूपमा र विभिन्न दलहरू एकआपसमा लुछाचुँडीमा तल्लीन रहनाको कारणबाट राजनेताहरूले देश र देशवासीहरूको हित तथा समुन्नतितर्फध्यान दिने फर्ुसद नै पाएनन् । यसबाट नेपाली जनता निरास हुन थाले । यस अवस्थाले गर्दा एकातर्फनेकपा माओवादीले जनयुद्धको उद्घोष गर्यो भने अर्कातर्फसंवैधानिक परिधिभित्र बस्न मञ्जुर राजतन्त्रले पनि शनैःशनै संवैधानिक लक्ष्मणरेखा उल्लंघन गर्ने लक्षणहरू देखाउन थाल्यो । इतिहासकै कहालीलाग्दो घटनाको रूपमा दरबार हत्याकाण्ड घटित हुन गई राजा वीरेन्द्रको वंश विनाश भयो । एक्काइसौं शताब्दीमा पनि यत्रो भीषण र त्रासदीपर्ूण्ा घटनाको सही अनुसन्धान हुन नसक्नु प्रजातान्त्रिक सरकारको लागि ठूलो कलंक हो । राजा ज्ञानेन्द्रको राज्यारोहणपश्चात देशको राजनीति झन्झन् अन्यौलपर्ूण्ा हुँदै गयो । माओवादी जनयुद्धलाई राजनैतिक दृष्टिकोणले सम्बोधन गर्नुको बदला सैन्य बलद्वारा नै दबाउने नीति अख्तियार गरी सेना परिचालन, रेर्डकर्नर नोटिस र माओवादी नेतृत्व वर्गको टाउकोको मूल्य तोक्ने कार्यबाट युद्ध बढी घनीभूत भई आम नेपालीहरूको जनजीवनमा प्रतिकूल प्रभाव बढ्दै गयो । जनमुक्ति सेना र तत्कालीन शाही नेपाली सेना दुवैको बर्बरतापर्ूण्ा कार्यले आम नेपालीहरूको जीवन दिनानुदिन दुष्कर र कठिन बन्दै गयो । आम नागरिकहरूको सुरक्षा तथा शान्तिपर्ूवक जीवनयापन गर्न पाउने अधिकार दिवास्वप्नमा परिणत हुन थाल्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद भंग गरेपछि राज्य संचालनमा रहेसहेको जनसहभागिता पनि गुम्न गयो र राजा ज्ञानेन्द्रको माघ १९ को कदमले त झन् पर्ूण्ा निरंकुशताको प्रादर्ुभावको साथसाथै राज्य संचालनमा जनसहभागिता शून्य नै हुन गयो । माओवादी व्रि्रोही र अन्य दलहरूलाई राज्यले व्यावहारिक रूपमा समान व्यवहार गर्न थाल्यो । आन्दोलनरत राजनीतिक दलका नेताहरूमाथि पनि अमानवीय तवरले चरम दमन गर्न थालियो । माओवादी र सात राजनैतिक दलबीच १२ बुँदे समझदारी कायम गरी सुरु गरिएको जनआन्दोलन र व्यापक आक्रोसपर्ूण्ा जनसहभागिताको परिणामस्वरूप जनआन्दोलन २०६३ सफल भई राजतन्त्रले घुँडा टेकी प्रतिनिधिसभा पुनर्स्थापना भई अन्तरिम सरकार गठन भयो ।
जन आन्दोलनको सफलताबाट उत्साहित नेपालीहरूले निरास हुन धेरै दिन पर्खनुपरेन । आठ दलको संयुक्त प्रयासबाट २०६४ साल जेठमा सम्पन्न हुने भनिएको संविधानसभाको चुनाव सम्पन्न हुन सकेन । शान्ति सुरक्षाको स्थिति दिनानुदिन बिगँ्रदै गयो । पुनर्स्थापित संसदले आफ्नो सर्वोच्चता कायम राख्नुको बदला उही पुरानै शैली अपनाई राजनीतिक दलहरूको कोठे निर्ण्र्ााा लाचार भएर सही थाप्ने संस्थाको रूपमा कार्य गर्न थाल्यो । जेठमा हुने भनिएको संविधानसभाको चुनाव मंसिर ६ गतेलाई सारियो । आजको परिस्थितिलाई मूल्यांकन गर्दा मंसिरमा पनि चुनाव हुने सम्भावना दिनानुदिन क्षीण हुँदै जाँदैछ । आठ दलका राजनेताहरूले पनि हेमलिनका मेयरले गरेझैं आफूमाथि आइपरेको आपतकालमा जनसमक्ष गुहार माग्न जाँदा गरेका वाचाहरूलाई चटक्कै बिर्सर्ीीुनः पुरानो हैकमी प्रवृत्ति देखाउन थालेबाट नै राष्ट्र दिन-प्रतिदिन झन्झन् जटिल समस्यामा फस्दैछ र राजनेताहरूको यस्तै पुरातन दृष्टिकोणबाट समस्या सुल्झेलाजस्तो देखिँदैन । जनआन्दोलनको अपार सफलतापश्चात पनि राजनेताहरू नयाँ नेपाल बनाउनेतर्फअग्रसर हुन नसक्नु र आन्दोलनको तापक्रम हुँदै जाँदाको साथसाथै क्रमशः पुरानै प्रवृत्ति र व्यवहारतर्फढल्कँदै गएको अवस्थाले नयाँ सशक्त जनव्रि्रोहको सम्भावनातर्फइंगित गर्दैछ । अब हुन सक्ने जनव्रि्रोहको नेतृत्व कसले गर्ने भनी भन्न सक्ने अवस्था तत्काल विद्यमान नभए तापनि अब हुने व्रि्रोह अझ सशक्त र बढी क्षतिपर्ूण्ा हुने भने निश्चित छ ।
क-कसले के बिर्सर्ेे
१. २०५२ सालमा जनयुद्ध सुरु गर्दाको अवस्थादेखि आम नेपालीहरूले गरेको बलिदान, जनयुद्ध र जनआन्दोलनको दौरान राज्यबाट भएको घोर अमानवीय दमनलाई राज्य संचालनमा सहभागी भएपश्चात माओवादी तथा सात दलले चटक्कै बिर्सिएका छन् ।
२. राजा ज्ञानेन्द्रको निरंकुश शासनको बेला आन्दोलनरत दलका नेताहरूलाई जनसहभागिता जुटाउन हम्मेहम्मे परेको अवस्था र १२ वर्षो दौरान भएका भूलहरू सुधार गरी यस्तो भूल नदोहोर्याउने भनी जनसमक्ष गरिएको वाचालाई सात दलले पुनः बिर्सिएका छन् ।
"द पाइड पाइपर अफ हेमलिन" कविताको सार निम्नानुसार निकाल्न सकिन्छ ः
मेयर Ö आठ दलका राजनेता वा राज्य ।
जनता Ö जनता ।
बाँसुरीवादक Ö व्रि्रोही दल ।
मेयरले समस्या र्टार्न झूटा आश्वासन दिएर समस्या त टारे तर त्यसको परिणामस्वरूप त्योभन्दा गम्भीर समस्या उत्पन्न भयो । दुवै अवस्थामा पीडा भोग्ने आम हेमलिनवासी नै भए । मुसाको कृयाकलापरूपी सामान्य पीडाबाट उन्मुक्ति पाउने आशा बोकेका नागरिकहरूले केवल मेयर -राजनेतृत्व)को दम्भ र झूटा आश्वासनको फलस्वरूप आफ्ना सन्तानहरू नै गुमाउनुपर्ने जस्तो अपुरणीय क्षति व्यहोर्नुपर्यो । नेपाली जनताले पनि २००७ सालदेखि आजसम्म राजनेताहरूले दिँदै आएका प्रजातन्त्र, जनसहभागिता र नागरिक सर्वोच्चताका झूटा र भ्रामक नाराबाट दिनानुदिन अझ बढी कष्टकर जीवनयापन गर्नुपरेको यथार्थ कसैबाट लुकेको छैन । २००७-२०४६ र २०६३ को जनआन्दोलनहरूलाई राम्ररी नियालेर हेर्यौं भने जनसहभागिता- राज्यले गर्ने शक्तिको प्रयोग, जनआक्रोस र धनजनको क्षति बढ्दै गएको पाइन्छ । सम्भावित जनआक्रोसबाट बच्न दम्भ-लोभ-सत्तामोह-जातीय र क्षेत्रीय स्वार्थलाई त्यागी सम्पर्ूण्ा नेपालीको समुन्नतिको लागि राजनेताहरूले एकजुट भएर भगीरथ प्रयत्न गर्नुको विकल्प नभएको यथार्थलाई सबैले हृदयंगम गर्नु समयको माग हो ।
No comments:
Post a Comment