scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, September 13, 2007

निर्वाचनको माहोल नबनेको लमजुङ


बेसीशहर- आगामी मंसिर ६ का लागि घोषित संविधानसभामा निर्वाचनको वातावरण तयार पार्ने प्रमुख जिम्मेवारी राजनीतिक दलको भएपनि जिल्लामा भने वातावरण सुस्ताएको छ । अझै भनौं दललाई मात्रै हर्ेदा राजनीतिक दलको गतिविधिले निर्वाचनको वातावरण नै बनाएको छैन ।
निर्वाचन आयोगका निर्वाचन सम्बन्धी छिटपुट कार्यक्रमवाहेक खासै राजनीतिक सरगगर्मी बढेकै छैन । आयोगले गर्नु पर्ने प्राविधिक पक्षको तयारी भईरहेको छ, तर त्यतिले मात्र नहुने रहेछ मतदाताहरुको निक्यौल छ । निर्वाचनको व्यावहारिक एक्टर नै उदासीन भइदिंदा वातावरण नबनेको बुद्धिजीविहरु बताउँछन् ।
हुनसक्छ काँग्रेसको नीतिगत अन्योल र माओवादीको वर्तमान राजनीतिको वस्तुगत विश्लेषणले उब्जाएका द्धध निर्ण्र्ााे जिल्लालाई पनि असर पारेको छ । त्यसो त नेकपा -एमाले) पनि स्पष्टहरुमा अगाडि बढिसकेको छैन । पार्टर्ीीकट विद्यार्थी संगठनका एक दर्ुइ कार्यक्रमले संविधानसभा निर्वाचनलाई जिल्ला भित्राउने काम गरेको छ ।
राजनीतिक दलहरु आन्तरिक तयारीमा लागेका हुन् वा अन्योलमा छुट्याउनै नसकिएको र्सवसाधारण बताउँछन् । वेलावखत २,४ कार्यकर्ता पार्टर्ीीार्यालयमा धाउने गरेका त देखिन्छन् तर उपयोग के को भन्न भने गाह्रो छ ।
जे होस् अब जिल्लामा क्रियाशिल राजनीतिक दलले निर्वाचनको वातावरणको शुरुवात ढिलो गर्नु हुँदैन । हिजो ०६२/०६३ को जनआन्दोलनमा जुन उत्साह आशा र विश्वास थियो आज त्यसलाई झनै घनीभूत बनाउँदै जनादेशको कार्यान्वनको जिम्मेवारी उनीहरुले निभाइहाल्नु पर्छ ।
संविधानसभाको एजेण्डा विषयमा नीतिगत अलमलमा परेको काँग्रेसले संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षमा निर्ण्र्ाागरेपछि केन्द्रबाट -वांकी ४ पेजमा) निर्वाचनको वातावरण प्रसार हुने अपेक्षा बढेर त आएको छ । यसवारे माओवादी पनि नयाँ प्रतिवद्धता लिएर आउनै पर्छ । निर्वाचनको विषयमा सदावहार प्रतिवद्ध देखिएको एमाले अब सशक्त ढंगले अघि वढे पछि भने वास्तविक वातावरण तयार हने सम्वद्ध शुभ चिन्तक, र्समर्थकहरु वताउँछन् ।
निर्वाचनलाई उम्मेदवारीले पनि प्रभाव पारेको एकाथरीको अड्कल छ । आखिर जो जसलाई पार्टर्ीी पत्याए पनि गाउँगाउँ, वस्तीवस्तीलाई निर्वाचनमय बनाउने, जनतालाई त्यसवारे शिक्षित बनाउने काम त उम्मेदवारी भन्दा पनि वढी महत्वपर्ूण्ा मानिन्छ । जुन निर्वाचनको तिथि धेरै दिन टाढा नहुँदा समेत शुरुवात भएको छैन ।

No comments:

Post a Comment