scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, September 23, 2007

बागलुङपानी महोत्सवको तयारी

बेसीशहर- दृष्यावलोकनका लागि प्रसिद्ध बागलुङपानीका बासीन्दा यतिबेला बागलुङपानी महोत्सवको तयारीमा लागेका छन् । प्राकृतिक सम्पदा र कला संस्कृति संरक्षण, आन्तरिक र बाहृय पर्यटन पर््रवर्द्धन मूल नाराका साथ मनाउन लागिएको महोत्सवमा स्थानीय कला संस्कृति पर््रदर्शन गर्नुका साथै दोहोरी गीत प्रतियोगिता आयोजना हुनेछ । परम्परागत कला, संस्कृति, हस्तकला प्रस्तुत गर्ने प्राकृतिक दृष्यावलोकन महोत्सवका अरु आकर्षा रहेका बागलुङपानी महोत्सव मूल आयोजक समितिका संयोजक श्रीप्रसाद गुरुङले बताए ।
समद्री सतहबाट १६५० मीटरको उचाइमा रहेको बागलुङपानीबाट अन्नपर्ूण्ा श्रृंखला देखि मनास्लुसम्मका विभिन्न हिमालहरु देख्न सकिन्छ । सुलीकोट डाँडाबाट सूर्योदय र सर्ूयास्तको दृष्य हर्ेन लायक देखिन्छ । सफा मौसममा सोही स्थानबाट पोखराको दृष्यावलोकन गर्न सकिने प्रचार समितिका संयोजक दर्ुगाबहादुर गुरुङले बताए ।
जिल्ला विकास समिति, स्थानीय गाविस, नेपाल पर्यटन बोर्ड र विदेशमा बसेका बागलुङपानीका बासीन्दाको सहयोगमा आयोजना गर्न लागिएको महोत्सवमा ५ हजार आन्तरिक पर्यटक भित्र्याइने आयोजकले बताएका छन् । बेसीशहरबाट मोटरमै पुग्न सकिने भएकाले महोत्सवमा उल्लेख्य आन्तरिक पर्यटकको उपस्थिति हरने आयोजकहरुले विश्वास लिएका छन् ।

No comments:

Post a Comment