scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, September 23, 2007

हरित सडकका लागि दाताको खोजी


बेसीशहर- जिटिजेडले सहयोग नगर्ने जनाएपछि अलपत्र लमजुङका निर्माणाधीन तीन वटा हरित सडकको लागि दाताको खोजी भइरहेको जिल्ला विकास समितिको कार्यालयले जनाएको छ ।
निर्माणधीन तार्कुघाट- मोहोरियाकोट-गौडा-दूधपोखरी र बेसीशहर-भुजुङ र करापुटार-साल्मेभञ्ज्याङ-सिङ्दी हरित सडकमा करौडौंको आर्थिक तथा प्राविधिक सहयोग गरेको जिटिजेडको ग्रामिण कार्यक्रम नेपाल -आरडिपी) र यएस आइडीको आयका लागि पर्ूवाधार कार्यक्रम -इन्प्रिmन)को हालै सम्झौता सकिएपछि ती दुवै हरित सडक निर्माण नसकिँदैै आर्थिक संकटका कारण रोकिएका छन् ।
हर्रर्ााेट- दूधपोखरी हरित सडकमा हालसम्म ६ करोड १६ लाख ५२ हजार २ सय ८५ रुपैयाँ खर्च भएको छ । जसमा आयका लागि पर्ूवाधार कार्यक्रमले ४ करोड ६७ लाख २५ हजार, जिटिजेडले १ करोड ६ लाख ८९ हजार, स्थानीय विकास मन्त्रालयले २ लाख ६६ हजार, जिविसले १६ लाख ९४ हजार र स्थानीय गाविसहरुले १५ लाख ७१ हजार रुपैयाँ लगानी गरेका छन् । कूल ४९ कि.मी लामो सो सडकको 'लेउरेनीबाट दूध पोखरीसम्म अझै २२ किमी हरित सडक बन्न बाँकी छ ।
बेसीशहर- भुजुङ हरित सडकको निर्माण कार्य समेत प्रभावित भएको छ । बेसशहर-भुजुङ हरित सडकको लम्बाई ३० किमी मध्ये बेसीशहर वाग्लुङपानीको कुपुरगाउँसम्म १७ किमीमा मोटर गुडेको छ । सडक निर्माणका लागि ५ करोड ७९ लाख २४ हजार ८ सय ४२ रुपैयाँ खर्च भएको थियो । वातावरण वचाउन तथा गरिवी निवारणका लागि निर्माणाधीन हरित सडकको प्राविधिक काम गर्दै आएको रेक लमजुङका प्रवन्ध निर्देशक इन्जिनियर रामवावु पौंड्यालका अनुसार सम्झौंता डलरमा भएको र पछिल्लो पटक डलरको भाउमा अवमूल्यन भएकोले लक्ष्यमा पुग्न सकिएको छैन ।
उता २३ किलोमिटर दुरीको करापुटार-साल्मेभञ्ज्याङ-सिङदी हरित सडकको गिलुङसम्मको खण्डमा मोटर गुडीरहेको छ । सो हरित सडकको बाँकीको काम पनि आर्थिक अभावका कारण सेलाएको छ ।
दाताले सहयोग छोडेको बारे जिज्ञासा राख्दा जिटिजेड लमजुङका प्रमुख कपिल सिलवालले शुरुमा प्राविधिक सल्लाह र सामाजिक परिचालनको काम गरेको जिटिजेडले बीचमा केही आर्थिक सहयोग गरेको तर पैसा दिने प्रतिवद्धता नभएको बताए ।
स्थानीय विकास अधिकारी दिनानाथ लम्सालले गएको र्सवदलीय वैठकले तीनै हरित सडकका लागि ५/५ लाख छुट्याएको र थप सहयोगका लागि दाताहरुको खोजी भइरहेको बताए । उनले सडक निर्माणको सहयोगका लागि मन्त्रालय र अन्य निकायमा पहल भइरहेका जानकारी दिए ।

No comments:

Post a Comment