scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, September 23, 2007

यिनीहरुलाई किन लाज लाग्दैन -


बेसीशहर- बषर्ाद्कै समय भए पनि लमजुङको विद्युत आपर्ूर्तिमा अनियमितता हुन कम भएको छैन जसबाट उपभोक्ताहरु मर्कामा परेका छन् ।
बेला न कुबेला झयापझयाप्ती बत्ती जाने लमजुङको नियति असार साउनमा त्यति भोग्न नपरे पनि भदौ देखि त्यो दोहोरिएको छ । जसबाट उपभोक्ताहरु प्रत्यक्ष वा परोक्ष रुपमा प्रभावित भएका छन् ।
विद्युत आपर्ूर्तिमा गड्बडी कस्का कारणले भइरहेको छ प्राधिकरण, लमजुङ विद्युत उपभोक्ता संस्था या विजुली माफियाको - यो पनि गर्भमै रहेको छ ।
लोडसेडिङ हो वा लहड सेडिङ, बुझन नसकिएको उपभोक्ताहरुको गुनासो छ । 'जब विद्युतीय कामको चापाचाप हुन्छ तब बत्ती गइदिन्छ ।' उपभोक्ताहरु भन्छन्- 'बत्ती जानासाथ संस्थामा फोन गर्दा कहिले रेडिमेड जवाफ पाइन्छ भने कहिले त त्यहाँका कारिन्दा नै अलमलमा पर्ने गरेका हुन्छन् । विद्युत प्रशारण रोक्नु पर्ूव र्सवसाधारणलाई सूचना दिनुपर्नेमा त्यसो नगरी एक्कासि प्रसारण रोक्नु संस्था र प्राधिकरणको लापार्वाही हो कि होइन -'
करीब डेढ बर्षअघि छ महिनाभित्रमा विद्युतको स्तर सुधार गर्ने र गर्न नसके प्राधिकरणलाई जिम्मा दिने प्रतिवद्धता जनाउने उपभोक्ता समिति लाई दर्ुइमध्ये एक काम पनि गर्न नसक्दा किन लाज नलागेको होला - लमजङे उपभोक्ताहरुको यो प्रश्नको जवाफ समितिसंग छ कि छैन -

No comments:

Post a Comment