बेसीशहर- ८० वर्षो उमेर । यो उमेरमा तातो पिरो गर्दै आफ्ना शाखा सन्ततीको आर्जन खाएर राम नाम जप्नुपर्ने हो तर यतै कतैका एक ८० वषीय बृद्ध आफ्ना जीवन चलाउन पत्रिका बोक्ने पेशामा लागेका छन् भन्दा धेरैलाई अनौठो लाग्ला । उनी हातमा लौरो टेकेर, आँखामा चश्मा लगाएर अर्को हातले छाता र पत्रिकाको पोको समाउँदै बस काउण्टरबाट बेसीशहरभरिका पत्रिका पसलपसल धाउँछन् ।
ती बृद्ध हुन् बाँझाखेत-८ का टिकाराम तामाङ । उनी सधैं विहान १० वजे शेरास्थित बसविसौनीमा पत्रिका वोक्न पुग्छन् । जब बसले विभिन्न राष्ट्रिय पत्रिकाहरुको चाङ ओह्राल्छ तब तामाङ नाम्लो लगाएर कुरुप्प हुने गरी पत्रिका बोकेर लौरो टेक्दै पत्रिका पसलहरुमा पुग्छन् । पसलले आफ्ना ग्राहकका घर, अफिसको ठेगना लेखिदिए पछि वयोवृद्ध शरीर लिएर चर्को घाम, झरी, वादल केही नभनी उनी ठेगान-ठेगानमा पत्रिका पुर्याउँछन् । उनको यो दिन चर्या ४ वजेसम्म रहन्छ । यसो गरेको पनि १ वर्षवितिसकेको छ । देख्नेहरु भन्ने गर्छन् यस्तो उमेरमा पनि यस्तो जोश यस्तो जागर आखिर यो रहर कि वाध्यता !
३६ वर्षम्म लमजुङ जिल्ला शिक्षा कार्यालयमा पियन जागिर खाएका पेन्शनर तामाङ कुखुरा पालनका निम्ति बैङ्कबाट लिएको ऋण तिर्नको निम्ति यस्तो दुखेसो गर्नुपरेको बताउँछन् । पारिवारिक आर्थिक अवस्था अत्यन्त नाजुक रहेको पनि उनको आवज छ । उनले हामीसँगको भेटमा भने- 'आफ्नो पेन्शन र पत्रिकाबाट आएको आम्दानीले कुखुरा पालनमा डुवेको ऋण चुक्ता गर्न यस्तो दुःख गरेको हुँ ।'

No comments:
Post a Comment