scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, September 23, 2007

हात्ती आयो हात्ती आयो फुस्स


बेसीशहर- हात्ती आयो, हात्ती आयो फुस्सा.. यो उखान हामी सबैले सुनेकै हो । अहिले यो उखान लमजुङे जनतामा लागू भएको छ । पहिले मोवाइलको सिमकार्डका लागि आवेदन मागियो । त्यसपछि टावर निर्माणको काम शुरु भयो । अहिले टावरको सबै काम सकिएको छ तर टेलिकमले यसैसाता मोवाइल सञ्चालन गर्ने भने पनि अहिलेसम्म टावरमा लिङ्क नआएपछि यहाँको स्थानीयबासीमा सो उखान मेल खाएको छ । एकसाताभित्रै मोवाइल सञ्चालन गर्ने बताउने नेपाल टेलिकम लमजुङका कार्यालय प्रमुख रुद्रकुमार श्रेष्ठ अहिले सो गर्न नसकेपछि काठमाडौं हान्निएका छन् ।
अघिल्लो शनिबार लमजुङ आवाजसंग कुरा गर्दै श्रेष्ठले असोज ५ सम्ममा टावर सञ्चालनमा आउने र दशैं अघिसम्म सिमकार्ड बाँडिने बताएका थिए । तर उनले भने अनुसार नभएपछि स्थानीयबासी आक्रोशित छन् । सायद स्थानीय बासीको आक्रोशबाट बच्नकै लागि उनी काठमाडौं गएका हुन् । टेलिकम श्रोतले भने उनी तालिम लिनको लागि ै काठमाडौंतिर गएका जनाएको छ ।
बेसीशहर, सुन्दरबजार र अर्चलबोटमा मोवाइल फोनको टावर निर्माण भएको महिनौं वित्दा पनि मोवाइल सेवा भने सञ्चालन हुन सकेको छैन । साउनमा सञ्चालन हुने भनिएको टावर असोज लाग्दा पनि सञ्चालनमा नआउँदा र्सवसाधारणहरु क्रुद्ध छन् । उनीहरुले श्रि्र मोवाइल सञ्चालनका लागि टेलिकमको कार्यालयमा धर्ना दिने लगायतका विरोध कार्यक्रम गर्ने बताएका छन् ।
उता सि फोन -सिडिएमए) का उपभोक्ताहरु पनि हप्तामा ३ दिन टावर नआउने समस्याले ग्रस्त छन् । टावर आए पनि समयमा सम्बन्धित ठाउँमा सर्म्पर्क हुन नसक्ने कारणले सिडिएमए फोनका उपभोक्ताहरु दिक्क भएका छन् । टावर नियमित गर्न टेलिकमले ध्यान नदिएको उनीहरुको गुनासो छ ।

No comments:

Post a Comment