scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, September 23, 2007

रक्सी खान मनलागे पाउँदी झर्नुपर्छ


हर्रर्ााेट- मदिरा सेवन गरी होहल्ला गर्ने, झगडा गर्ने आदि कारणले गाउँमा विकृति र विसंगति बढे पछि स्थानीय महिलाहरुले संगठित भई गाउँमा मदिरा निषेध अभियान थालेपछि हर्रर्ााेटको वातावरण नै अर्को भएको छ । गाउँका पुरुष र विशेष गरी युवाहरु मदिरा सेवन गरी गाउँमा झगडा गर्ने, होहल्ला गर्ने गरेपछि आजित भएका तार्कुघाट गाविसका महिलाहरुले अहिले गाविसको वडा नं २ र ३ हर्रर्ााेट गाउँमा मदिरा निषेधित क्षेत्र घोषणा गरेका छन् । मदिराका कारण गाउँमा विकृति बढेको र बालबालिकाहरुमा पनि त्यसबाट नराम्रो असर परेपछि महिलाहरुले गाउँलाई मदिरा निषेधित क्षेत्र घोषणा गरी गाउँमा मदिरा उत्पादन, विक्री वितरण र सेवन गर्न रोक लगाइएको स्थानीय लक्ष्मी अधिकारीले बताइन् ।
महिलाहरुले मदिरा निषेध गरेपछि अहिले गाउँका पसलहरुमा मदिरा पाइन छोडेको छ । पसलेहरुले पनि मदिरा बेच्न छोडेका छन् । स्थानीय अम्बिका ओलिया भन्छिन् अहिले गाउँका पसलेहरुले पनि मदिरा बेच्न छाडेका छन् ।
गाउँमा मदिरा बेचविखन हुन छाडेपछि सेवन गर्नेहरुको संख्यामा पनि कमी आएको छ । स्थानीय बासीन्दा भन्छन् खान मन त लाग्छ तर गाउँमै नपाइएपछि के खाने - खानै मन लाग्यो भने पाउँदी बजार पुग्नर्ुपर्छ ।
हर्रर्ााेट गाउँका महिलाहरु गाउँमा कसैले अटेर गरी मदिरा सेवन गरी होहल्ला गरेको थाहा पाएपछि नीजलाई समातेर कारबाही गर्न पनि पछि पर्दैनन् । उनीहरुले गाउँका एकाध जनालाई मदिरा सेवन गरी खैलाबैला गरेकामा समातेर प्रहरीमा समेत बुझाइसकेका छन् ।
हर्रर्ााेट गाउँका महिलाहरुको प्रयास सफलोन्मुख भएपछि अहिले जिल्लाका विभिन्न गाउँमा पनि मदिरा निषेधित क्षेत्र घोषणा भएका छन् तर ती ठाउँमा मदिरा नियन्त्रण भने हुन सकेको छैन ।


No comments:

Post a Comment