scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, September 16, 2007

मोबाइल सेवा यसै साता



बेसीशहर- लमजुङेहरुलाई प्रतिक्षाको विषय बनेको मोवाइल सेवा यसैसाताबाट सञ्चालन हुने भएको छ । दूरसञ्चार कार्यालय लमजुङका प्रमुख रुद्रकुमार श्रेष्ठले मोवाइल सेवा हाल परीक्षणमा रहेको र रेडियो लिङ्कको काम भइरहेका बताए । उनका अनुसार ढिलोमा एक साताभित्र लमजुङमा मोवाइल सेवा शुरु हुने छ ।
बेसीशहर, सुन्दरबजार र अर्चलबोटमा गरी तीनवटा मोवाइल टावर निर्माण भैसक्दा पनि मोवाइल सेवा सञ्चालन नभएको गुनासो आइरहेको लमजुङ आवाजको जिज्ञासामा प्रमुख श्रेष्ठले यही साताभित्र सञ्चालन हुने आश्वासन दिएका छन् । उनले बन्दीपुर टावरसम्म रेडियो लिङ्क भए पनि गहतेको टावरबाट सुन्दरबजारमा लिङ्क नभएकाले केही समस्या देखिएको बताए ।

No comments:

Post a Comment