scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, October 3, 2007

चुनाव लडेर जित्न प्रचण्डलाई चुनौति


बेसीशहर- पछिल्लो राजनीतिक गतिरोध अन्त्य गर्न सात राजनीतिक दल ले अझै सकेका छैनन् । गतिरोध अन्त्य गर्न बिहीबारदेखि लगातार तीन दिनसम्म बसेको सात दलको बैठकले अझै निकास पहिल्याउन सकेन ।
संसद्बाट गणतन्त्र घोषणा र पर्ूण्ा समानुपातिक निर्वाचन पद्धति लगायतका माग राख्दै माओवादी सरकार छोडेर सडक आन्दोलनमा उत्रेपछि देशमा राजनीतिक गतिरोध छाएको छ । गतिरोधले संविधानसभाको निर्वाचनलाई नराम्ररी प्रभाव पारेको छ । निर्वाचन कार्यक्रम अनुसार आज समानुपातिक तर्फो बन्दसूचि निर्वाचन आयोगमा पेश गर्नुपर्नेमा माओवादीले भने नगर्ने भएको छ ।
सात दलको शनिबार बसेको वैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीको पर्ूण्ा समानुपातिक निर्वाचन प्रणाली र संसदबाटै गणतन्त्र घोषणाको मागलाई ठाडै अस्वीकार गरिदिएका छन् । गणतन्त्र घोषणाको विषयमा भने संसदबाट संकल्प प्रस्ताव पास गरी संविधानसभा निर्वाचनमा जान कोइरालाले माओवादीलाई आग्रह गरेका छन् । कोइरालाको मञ्जुरी नभएपछि माओवादीले शनिबारको वैठकमा यसबारे पार्टर्ीी छलफलका लागि केही दिनको समय माग गरेको छ । यद्यपी चुनाव सकेसम्म मंसिर ६ मा नै गर्ने विषयमा र्सवदलीय समिति बनाउने र निर्धारित समयमा सम्भव नभएमा मिति र्सार्न आयोगलाई आग्रह गर्ने सहमति बनेको छ । वैठक आज पनि बस्नेछ ।
संविधानसभा निर्वाचन मुखैमा आउन लाग्दा हारको पर्ूवाभाष गरी माओवादीले संसदबाट गणतन्त्र घोषणा र पर्ूण्ा समानुपातिकको माग राखेको आरोप विभिन्न राजनीतिक दलका नेताहरुले लगाएका छन् । शनिबार काठमाडौंको एक कार्यक्रममा एकीकृत काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले माओवादीले आफू हार्ने निश्चित भएकाले माओवादीले यस्तो माग राखेर चुनाव भाँड्ने खोजेको आरोप लगाए । उनले माओवादी अध्यक्ष प्रचण्डलाई हिम्मत भए गिरिजाप्रसाद कोइरालासंग चुनाव लडेर जित्न चुनौतिसमेत दिएका छन् ।

No comments:

Post a Comment